स्वास्थ्यकर्मीहरुलाई कोरोना हुँदा आइसोलेसशनमा बस्न नपाउनु दुःखद विषय होः रोल्पा अस्पताल रेउघीकी प्रमुख डाक्टर धनमाया घर्तीमगर

स्वास्थ्यकर्मीहरुलाई कोरोना हुँदा आइसोलेसशनमा बस्न नपाउनु दुःखद विषय होः रोल्पा अस्पताल रेउघीकी प्रमुख डाक्टर धनमाया घर्तीमगर

रोल्पा अस्पताल रेउघामा एक जना डाक्टर सहित स्वास्थ्यकर्मीहरुमा नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितपछि आकस्मिक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द भएको १२ दिनपछि ति सबै सेवाहरु सुचारु भएका छन् । अस्थायी आइसोलेशन केन्द्र सेन्टर हटाएको अवस्थामा कोरोना भाइरस सङ्क्रमित स्वास्थ्यकर्मीहरु होम आइसोलेशनमा बसी भाइरसमुक्त बन्ने क्रम जारी छ । अस्थायी आइसोलेशनको तुलनामा होम आइसोलेशनको बसाई कठिनपूर्ण भएको स्वास्थ्यकर्मीहरुले अनुभव व्यक्त गरेको अवस्था छ । दशैं र तिहार चाड मनाउनका लागि हजारौं संख्यामा घर फर्किएका छन् । कोरोना भाइरस अप्रत्यक्ष रुपमा समुदाय स्तरमा प्रवेश गरेको अनुमान सजिलै गर्न सकिन्छ । यस अस्पतालमा मौसमी परिवर्तनसँगै विरामीहरुको भिडभाड बढेको छ । कोरोना भाइरसको जोखिजमपूर्ण अवस्थामा अस्पतालले सेवा प्रवाह, होम आइसोलेशनको अनुभव, प्रभाव, आगामी योजना लगायतका विषयवस्तुमा रोल्पा अस्पताल रेउघाकी प्रमुख डाक्टर धनमाया घर्तीमगरसँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ । 
 नमस्कार, धन्यवाद ।
 अस्पतालमा एक जना डाक्टर सहित स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टिपछि बन्द सेवाहरु पुनः सुचारु कसरी गर्नुभएको छ ?
सुरुवातमा नोबेल कोरोना भाइरस (कोभिड–१९)ले विश्वभरि महामारीको रुपमा फैलिदै थियो । भाइरसको महामारीलाई अस्पतालमा मध्यनजर गर्दै सचेतपूर्वक सेवा प्रवाह गर्दै आएको थियौं । तर, सचेतापूर्वक सेवा प्रवाह गर्दा गर्दै पनि यस अस्पतालमा कार्यरत एक जना डाक्टरसहित स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरसबाट सङ्क्रमित हुनुभयो । सचेतापूर्वक यस अस्पतालमा कार्यरत कोरोना भाइरस सङ्क्रमित नभएका हामी स्वास्थ्यकर्मीहरुले नियमित सेवाहरु प्रवाह गर्दै आएका छौं । सङ्क्रमित स्वास्थ्यकर्मीहरु होम आइसोलेशनमा बस्नु भएको छ ।
 कोरोना भाइरस सङ्क्रमित स्वास्थ्यकर्मीहरु होम आइसोलेशनमा बसेको अवस्थामा सेवा प्रवाहमा जनशक्तिको दृष्टिकोणले कस्तो समस्या परेको छ ?
यस अस्पतालमा कार्यरत एक जना डाक्टरसहित स्वास्थ्यकर्मीहरुमा होम आइसोलेशनमा बसेपछि जनशक्तिको दृष्टिकोणले सेवा प्रवाहमा धेरै समस्याहरु उत्पन्न भएका छन् । कोरोना भाइरस सङक्रमित नभएका स्वास्थ्यकर्मीहरुले अस्पतालबाट प्रवाह हुने सबै सेवाहरु प्रदानमा कठिन अवस्था सिर्जना भएको छ ।
 सङ्क्रतिमत स्वास्थ्यकर्मीहरुसहित अन्य व्यक्तिहरुको होम आइसोलेशनमा हेरचाहमा कस्तो समस्याहरु भोग्नुभयो ?
रोल्पा नगरपालिका–२ काभ्रेखर्क स्थित जलजला बहुमुखी क्याम्पसमा जिल्ला स्तरीय अस्थायी आइसोलेशन केन्द्र सञ्चालन हुँदा कोरोना भाइरस सङ्क्रमितहरुहरुलाई डाक्टरसहित स्वास्थ्यकर्मीको निगरानीमा हेरचाह तथा उपचारमा सहज भएको थियो । तर, अहिले उक्त आइसोलेशन केन्द्र हटाएपछि कोरोना भाइरस सङ्क्रमित स्वास्थ्यकर्मी र अन्य व्यक्तिहरु होम आइसोलेशनमा बस्नुको विकल्प भएन भने उहाँहरुलाई चाहेर पनि आइसोलेशन केन्द्रमा राख्न सकेनौं । जलजला बहुमुखी क्याम्पसमा सञ्चालित आइसोलेशन केन्द्रलाई गुरुङमा सञ्चालनका लागि तयारी नभएकोले व्यवस्थापन गर्दा गर्दै सङ्क्रमित स्वास्थ्यकर्मीहरुको समयवधि नै पूरा हुने अवस्था हुँदा होम आइसोलेशनमा उहाँहरु बस्नुभयो । उहाँहरुलाई होम आइसोलेशनमा राख्न धेरै कठिनाईहरु भए । सीमित जनशक्तिहरुको कारण उहाँहरुलाई हेरचाहमा कठिन भएको थियो ।
 अस्थायी आइसोलेशन केन्द्र नहुँदा सङ्क्रमित स्वास्थ्यकर्मीहरुले कस्तो समस्या भाग्नु परेको थियो ?
कोरोना भाइरस विश्वभरि महामारीको रुप लिदै गदौ यस जिल्लामा पनि भाइरसबाट बच्नका लागि अस्थायी आइसोलेशन केन्द्र सञ्चालनका लागि रगत र पसिना बगाएका थियौं । तर, सञ्चालनमा रहेको अस्थायी आइसोलेशन केन्द्र हटाउँदा हामीलाई दुःखको महशुस भएको छ । यस जिल्लामा कोरोना भाइरसको सङ्क्रमितहरुको संख्या बढ्दै जाँदा हामी स्वास्थ्यकर्मीहरुले जोखिमलाई वेवास्ता गरी सङ्क्रमितहरुको उपचारमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थियौं । तर, आज हामी स्वास्थ्यकर्मी कोरोना भाइरस सङ्क्रमित हुँदा आइसोलेशनमा बस्न नपाउनु आफैमा दुःखको कुरा हो ।
 होम आइसोलेशनको अवधारणाले कोरोना भाइरस फैलिन सहयोग पुगेको हो ?
कोरोना भाइरस सङ्क्रमितहरु होम आइसोलेशनमा बस्दा आफ्नो परिवार र छिमेकीमा भाइरस फैलिन सक्ने सम्भावना धेरै रहन्छ । अहिले पनि धेरै परिवारमा कोठा–कोठाको घर बनाएको अवस्था छैन भने कोठा भाडामा बसेका परिवारहरुलाई त होम आइसोलेशनमा बस्ने कठिनपूर्ण अवस्था छ । विश्व स्वास्थ्य संगठनको अनुसार संक्रमित व्यक्तिले छुट्टै कोठा, चर्पि, बाथरुमको व्यवस्था गर्नुपर्छ । तर, यो अवस्था सबै परिवारमा छैन । त्यसैले यि समस्याहरुको कारण पनि कोरोना भाइरसको लक्षण भएका धेरै व्यक्तिहरुले पिसिआर परीक्षण गर्न नचाहेको अवस्था छ । होम आइसोलेशनमा बस्ने समस्याकै कारण पिसिआर परीक्षण नगर्दा स्वयम व्यक्ति, परिवार र समाज कोरोना भाइरसको उच्च जोखिममा छन् । सङ्क्रमित व्यक्तिको वेवास्थाकै कारण पनि परिवार र समाजका व्यक्तिहरुलाई सहजै फैलिन सक्छ । त्यसैले कोरोना भाइरस नियन्त्रणका लागि जिल्लामा अस्थायी आइसोलेशनको अपरिहार्यता छ । यस जिल्लामा पनि कोरोना भाइरसको नियन्त्रणका लागि उपयुक्त कदम नचाल्ने हो भने पक्कै पनि भयावह स्थिति सिर्जना हुन सक्छ ।
 जिल्लाको कुन–कुन ठाउँमा स्वाव निकाल्ने व्यवस्था छ ?
यस अस्पतालसहित जिल्लाको दश वटा स्थानीय तहहरुमा पनि पिसिआर परीक्षणका लागि स्वाव निकाल्ने व्यवस्था छ । त्यसैले कोरोना भाइरसको सम्भावित लक्षण भएका व्यक्तिहरुलाई पायक पर्ने नजिकको स्वास्थ्य निकायमा सम्पर्क गरी समयमा स्वाव निकालेर पिसिआर परीक्षणका लागि म अनुरोध गर्दछु ।
 जिल्लामा स्वाव संकलन गरी पिसिआर भएको जिल्लासम्म पु¥याउन आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?
यस अस्पतालमा कोरोना भाइरसको लक्षण लिएर विरामी आउनुभएको छ भने समय–समयमा स्वाव संकलन गरी पिसिआर परीक्षणको व्यवस्था भएका जिल्लाहरुमा अस्पतालले पठाउँदै आएको छ । दुःखत कुरा पिसिआर परीक्षणको व्यवस्था भएको अस्पतालमा स्वाव सहजै नलिने भएको हुँदा हामीलाई स्वाव पठाउन समस्या छ । अर्काे कुरा स्वाव संकलन गरी पिसिआर परीक्षणको व्यवस्था भएको जिल्लासम्म स्वाव पठाउनका लागि आवश्यक आर्थिक प्रदेश सरकारबाट उपलब्ध नहुँदा अस्पताललाई स्वाव सम्बन्धित निकायसम्म पु¥याउन समस्या भएको छ । तर, अस्पतालको समितिबाट यातायात खर्च सहित अन्य खर्चको व्यवस्थापन गरी स्वाव संकलन गरी पठाउँदै आएको छ । कोरोना भाइरसको उच्च जोखिममा रहेका विरामीहरुको स्वाव दैनिक पिसिआर परीक्षणका लागि सम्बन्धित ठाउँमा पु¥याउने व्यवस्था भएमा राम्रो हुन्थ्यो । तर, त्यसो हुन सकेको छैन ।
 समयमै पिसिआर परीक्षण नहुँदाको असर के–के हुन् ?
कोरोना भाइरसको लक्षणसँग मिल्ने लक्षणहरु भएका विरामीहरुको स्वाव निकालेर समयमा नै पिसिआर गर्दा भाइरस फैलनबाट बच्न सकिन्छ । तर, विभिन्न कारणले स्वाव निकालेर समयमा नै पिसिआर परीक्षण हुन सकेको छैन । कोरोना भाइरसको सम्भावित सङ्क्रमितहरुको स्वाव समयमै पिसिआर परीक्षण नहुँदा पहिलो कुरा भाइरस एकबाट अर्काे व्यक्तिमा फैलिन सक्छ भने दोस्रो कुरा पिसिआर परीक्षणको रिर्पोट पोजेटिभ आएमा सङ्क्रमित व्यक्तिको स्वास्थ्यमा समस्या आउन सक्छ । पिसिआर परीक्षण निःशुल्क पनि हुँदैन । जहाँ पायो त्यही पनि परीक्षण हुँदैन । विशेष अनुरोधबाट मात्र पिसिआर परीक्षणको लागि स्वाव पठाउनु पर्ने कठिन अवस्था छ । स्वाव पठाउनका लागि समितिले आवश्यक खर्चको व्यवस्थापन गर्दै आएको छ । यो प्रक्रिय धेरै समयसम्म कायम रह्यो भने अस्पतालबाट स्वाव संकलन गरी सम्बन्धित निकायमा स्ववा पठाउन सक्ने अवस्था रहँदैन ।
 कोरोना भाइरस समुदाय स्तरम प्रवेश गरेको छ कि भनेर नमूना पिसिआर परीक्षण गर्नुभएको छ ?
यस अस्पतालमा कार्यरत एक जना डाक्टर सहित स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरस पुष्टिपछि भाइरस समुदाय स्तरमा नफैलियोस् भनेर विशेष सर्तकतासहित केही दिन अस्पतालको सेवाहरु बन्द भएको थियो । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण गरेका थियौं । रिर्पोेट अनुसार सामान्य अवस्था सिर्जना भएपछि बन्द सेवाहरु अस्पताले सुचारु गरेको छ । केही स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षणका लागि स्वाव संकलनको क्रममा कोरोना भाइरसको सम्भावित लक्षण भएका विरामीहरुको स्वाव पनि अस्पताले पठाएको छ । अहिलेसम्मको रिर्पाेट अनुसार यस अस्पतालबाट कोरोना भाइरस समुदायमा प्रवेश गरेको अवस्था छैन ।
 अहिले अस्पतालमा विरामीको चापको बोरमा बताइदिनुहोस्, न ?
कोरोना भाइरस अस्पतालमा एक जना डाक्टरसहित स्वास्थ्यकर्मीहरुलाई पुष्टिपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु बन्द भएको थियो । तर, करीव दुई हप्तापछि अस्पतालले सबै सेवाहरु सुचारु गरेको छ । मौसमी परिवर्तनसँगै दैनिक विरामीको चाप पनि बढेदो क्रममा छ । कोरोना भाइरसको लक्षण भएका केही व्यक्तिहरुको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि अस्पतालले सम्बन्धित ठाउँमा पठाएको छ ।
 जिल्लामा पुनः आइसोलेशन सञ्चालनका लागि नागरिक समाजसहित सरोकारवाला निकायहरुको भूमिका कसरी नियाल्नु भएको छ ?
कोरोना भाइरस जटिल समस्याको रुप लिदै गर्दा जिल्लामा अस्थायी आइसोलेशन केन्द्रहरु थप गर्दै जानुपर्ने अवस्थामा एक अस्थायी आइसोलेशन केन्द्र पनि हटाएको छ । यो आफैमा जिल्लाबासीहरुको लागि दुःखत कुरा हो । होम आइसोलेशनमा बस्नुपर्ने अवधारणाले भाइरस फैलिने माध्यम जस्तो बनेको छ । त्यसैले जिल्लामा अस्थायी आइसोलेशन केन्द्र सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकायहरुको ध्यान नपुगेकै हो कि भन्ने मलाई महशुस भएको छ । आज अन्य परिवारका सदस्यहरु कोरोना भाइरस सङ्क्रमित भएका छन् । तर, निकट भविष्यमा हामी पनि सङ्क्रमित हुन सक्छौं । त्यसैले यस जिल्लामा न्युनतम ५० वेडको आइसोलेशन केन्द्र सञ्चालन गर्नुपर्ने अपरिहार्यता छ । यातायात, खानेपानी, औषधी, खाद्यन्नको व्यवस्था भएको ठाउँमा आइसोलेशन केन्द्र सञ्चालन गर्नु पर्दछ ।
 होम आइसोलेशनको कुन–कुन समस्या छन् ?
विगतको अनुभवबाट पनि होम आइसोलेशनभन्दा अस्थायी आइसोलेशन नै कोरोना भाइरसको नियन्त्रणको उपयुक्त माध्यमको रुपमा पुष्टि भएको छ । त्यसैले होम आइसोलेशनमा सङ्क्रमित बस्दै गर्दा सबै विरामीको नजिकमा स्वास्थ्यकर्मी, औषधी, यातायात सजहज वातावरण नहुँदा सङ्क्रमितको स्वास्थ्यमा समस्या आउन सक्छ । घर भाडा र कोठा–कोठाको घर नभएका र कोठा भाडामा बस्ने सङ्क्रमितहरुलाई होम आइसोलेशनमा बस्ने आफैमा कठिन छ । सङ्क्रमित व्यक्तिहरुको वेवास्ताको कारण कोरोना भाइरस फैलिन सक्ने सम्भावना उच्च देखिन्छ । होम आइसोलेशनकोे विकल्पको रुपमा सम्बन्धित निकायहरुको समन्वयमा अस्थायी आइसोलेशन केन्द्र सञ्चालननै कोरोना भाइरसको नियन्त्रणको उपयुक्त विकल्प हुन सक्छ । त्यसैले जिल्ला स्तरीय अस्थायी आइसोलेशन सञ्चालनका लागि म सरोकारवाला निकायहरुलाई अनुरोध गर्दछु ।
 अस्पतालको आगामी योजना के तय गर्नुभएको छ ?
जिल्ला स्तरीय आइसोलेशन केन्द्र हटाएपछि कोरोना भाइरस सङ्क्रमितहरु होम आइसोलेशनमा बस्नुपर्ने अवस्थामा विशेष गरी अस्पतालमा कार्यरत स्वास्थयकर्मीहरुको लागि करीव १० वेडको आइसोलेशनको निर्माण कार्यलाई प्राथमिकता दिएका छौं । अस्पतालमा विरामी जाँचमा विशेष सचेता अपनाएर सेवा प्रवाहको तयारी गरेका छौं । अस्पतालबाट स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि सम्बन्धित जिल्लामा पठाउँदा आवश्यक आर्थिक व्यवस्थापनका लागि प्रदेश सरकार, स्थानीय तहसहित अन्य सरोकारवाला निकायहरुसँग समन्वय सहकार्य गर्दै आएको अवस्था छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमितहरु होम आइसोलेशनमा बस्नुपर्ने व्यवस्थाले भाइरस फैलिन सक्ने सम्भावनालाई अस्पतालले मध्यनजर गर्दै सम्बन्धित निकायहरुसँग पुनः आइसोलेशन केन्द्र सञ्चालनका लागि समन्वय सहकार्य गर्दै आएका छौं ।
विभिन्न ठाउँबाट घर फर्किएका व्यक्तिहरुलाई के भन्न हुन्छ ?
दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्व मनाउन घर फर्किएका व्यक्तिहरुलाई विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार होम क्वारेन्टिन बस्न, स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न, घर परिवारसँग घुलमेल नगर्न, छिमेकीहरुमा पनि घुलमेल नगर्न, स्यानिटाइजर, मास्क र साबुन पानीले पटक–पटक हात सफा गर्नका लागि म घर फर्किएका व्यक्तिहरुलाई अनुरोध गर्दछु ।
 अन्तिममा महत्वपूर्ण कुरा छुटेको छन् ?
सर्व प्रथम त मेरो भनाइ आम पाठक वर्गसम्म पु¥याउने अवसर दिनुभएकोमा यस पत्रिकाको सम्पूर्ण परिवारलाई धन्यवाद व्यक्त गर्दछु । समय बित्दै जाँदा कोरोना भाइरसले समाजलाई अप्ठ्यारोमा पारेको छ । यो कठिनपूर्ण अवस्थामा सङ्क्रमितहरुका लागि जिल्ला स्तरीय अस्थायी आइसोलेशन केन्द्र सञ्चालनका लागि सम्पूर्ण सरोकारवाला निकायहरुलाई म पुनः अनुरोध गर्दछु । साथै कोरोना भाइरसबाट बच्नका लागि अनिवार्य रुपमा मास्कको प्रयोग, स्यानिटाइजर, साबुन पानीले हात धुने, समाजिक दुरी कायम, स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सम्पर्क होम क्वारेन्टाइन स्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्नका लागि सबैमा अनुरोध गर्दछु ।

You may also like