दलित समुदायको अगुवाहरुद्वारा नव आगन्तुक प्र.जि.अ. रानामगरलाई स्वागत

दलित समुदायको अगुवाहरुद्वारा नव आगन्तुक प्र.जि.अ. रानामगरलाई स्वागत
जेठ, २७ गते
लिबाङ–रोल्पा


रोल्पा जिल्लाको दलित समुदायहरुको अगुवाईहरुले नव आगन्तुक नरेन्द्र कुमार रानामगरलाई आज खादा ओढाएर स्वागत गरेका छन् । स्वागतमा यस जिल्लाका दलित समुदायहरुको अवस्थाको बारेमा जानकारी गराएको थियो ।
दलित समुदायको अग्रज व्यक्ति एवं जिल्ला समन्वय समिति रोल्पाको सदस्य कर्मलाल परियारले प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरलाई खादा ओढाएर स्वागत गर्नुभएको थियो । परियारले यर जिल्लाका दलित समुदायहरुको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी रानामगरलाई जानकारी दिनुभएको थियो । पछिल्लो समयमा जिल्लामा दलित समुदायहरु जतिय छुवाछुतको बढिरहेको जिल्ला समन्वय समिति एवं दलित समुदायको अग्रज व्यक्ति परियारले बताउनुभयो । यस जिल्लाको पूर्वी गाउँपालिका लुुङ्ग्री गाउँपालिका–१मा गैर दलित समुदायबाट दलित समुदाय एक परिवारलाई जातिय छुवाछुत भएको थियो ।

उहाँले ति पीडित परिवारलाई कानुन बमोजिम न्यायाको व्यवस्था गरी पीडकलाई कानुन बमोजिम कानुनी दायरामा ल्याउनुपर्ने जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले त्यो घटनाको सत्य तथ्य अनुसन्धान गरी कानुन बमोजिम अगाडि बढ्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । उहाँको स्वागत कार्यक्रममा यस जिल्लाका दलित समुदायको अग्रज व्यक्तिहरुको सहभागिता रहेको थियो ।

You may also like