१२ आंै राष्ट्रिय जनगणनामा नेपाल मगर संघको समुदायप्रति उत्तरदायित्व विषय अन्तरक्रिया तथा प्रशिक्षण

१२ आंै राष्ट्रिय जनगणनामा नेपाल मगर संघको समुदायप्रति उत्तरदायित्व विषय अन्तरक्रिया तथा प्रशिक्षण

This image has an empty alt attribute; its file name is m3-1024x768.jpg


९ कार्तिक, लिबाङ ।
नेपाल मगर संघ सुन्छहरी गाउँपालिकाद्वारा १२ औं राष्ट्रिय जनगणनाको पुर्व सन्ध्यामा ‘१२ औं राष्ट्रिय जनगणनामा नेपाल मगर संघको समुदायिप्रति उत्तरदायित्व’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम अन्तर्गत आज सुन्छहरी गाउँपालिका–५ जैमाकसला रोल्पामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि सुनछहरी गाउँपालिका रोल्पाका गाउँपालिका अध्यक्ष आश बहादुर पुन, प्रमुख प्रशिक्षक नेपाल मगर संघ केन्द्रीय सदस् एमव् नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिको इञ्चार्ज धन बहादुर पुन, नेपाली कांग्रेस सुन्छहरी गाउँपालिका–५ वडा रोल्पाको वडा सभापति शोभ बहादुर पुन नेकपा (माओवादी केन्द्र) सुन्छहरी गाउँपालिका–५ जैमाकसाल रोल्पाको वडा कमिटी सचि झमे घर्तीमगर, गैर सरकारी संस्था महासंघ रोल्पा जिल्ला उपाध्यक्ष रेग बहादुर पुनमगर लगायत सरोकारवाला निकायहरुको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is m2-1024x576.jpg

नेपाल सरकारको तथ्याङ्कमा मगर समुदायको संख्या करीव १८ लाख छ भने नेपाल मगर संघको तथ्याङ्कमा मगर समुदायको तथ्याङ्क करीव २५ लाखभन्दा बढी भएको हुँदा वास्तविक मगर समुदायको तथ्याङ्क संकलनका लागि संघले सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
१२ औं जनगनणाको पुर्व सन्ध्यामा फारमको तीन महलमा मगर जातिको संकेत गरेको हुँदा मगर समुदायलाई सोही महलमा संकेत गर्नका लागि गणकलाई विवरण दिनका लागि संघको अगुवाईमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

त्यसैगरी विगतमा गणकहरुको मनोमानीको कारण मगर समुदायहरुको वास्तविक धर्म फारममा संकत नहुँदा प्रकृति वा वुद्ध धर्मवालम्बीहरुको संख्या रहेकोले राष्ट्रिय जनगणना २०७८ मा सम्पूर्ण मगरहरुले थरको महलमा मगर, भाषाको महलमा मगर खाम/मगर ढुट/मगर काईके मध्य आफुले बोल्ने गरेको कुनै एक भाषा, धर्मको महलमा सिमे भुमे पुज्ने मगरले प्रकृति धर्म (३० नं. महल) वौद्ध संस्कार मान्ने मगरहरुले बौद्ध धर्म विवरण गणलाई दिनका लागि संघले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्दै आएको छ । कार्यक्रममा मगर समुदायको अगुवाई लगायत सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । नेपाल मगर संघ सुन्छहरी गाउँपालिका–५ वडा जैमाकसला रोल्पाको वडा अध्यक्ष जंग बहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रेशम पुनमगरले गर्नुभएको थियो ।

You may also like