सरीकोट पोलिटेक्निकल इन्टिच्युटद्वारा विजया दशमी तथा शुभ तिहारको अवसरमा शुभ कामना

सरीकोट पोलिटेक्निकल इन्टिच्युटद्वारा विजया दशमी तथा शुभ तिहारको अवसरमा शुभ कामना आदान प्रदान


This image has an empty alt attribute; its file name is s1-1.jpg

२२ असोज लिबाङ, रोल्पा ।
रोल्पा नगरपापलिका २ नं. वडा लिबाङ रोल्पा स्थित सरीकोट पोलिटेक्निकल इन्स्टिच्युटले विजया दशमी तथा शुभ तिहारको अवसरमा शुक्रबार शुभ कामना आदान प्रदान कार्यक्रम लिबाङमा सम्पन्न गरेको छ ।
कार्र्यक्रममा सरीकोट पोलिटेक्निकल इन्स्टिच्युटले विजया दशमी तथा शुभ तिहारको अवसर विदेश तथा देशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्ध, सुस्वास्थ्य, दीर्घायु, उत्तर–उत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो । २०७५ सालबाट सञ्चालनमा आएको इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषद्को सम्बन्धनमा कम्प्युटर अपरेटर र उद्यम विकास सहजकर्ता विषयमा कक्षा सञ्चालन गर्दै आइरहेको इन्स्टिच्युटका कार्यकारी निर्देशक योगेन्द्र अनुपम जि.सी.ले बताउनुभयो ।

यस शैक्षिक सत्रमा उद्यम विकास सहजकर्ता अध्ययन गर्ने विद्यार्थीहरूका लागि निःशुलक कम्प्युटर अपरेटर अध्ययन गर्ने सुअवसर समेत इन्स्टिच्युटले प्रदान गरेकोले समयमै भर्ना भई लाभ लिन हुन कार्यकारी निर्देशक जि.सी.ले सबैमा अनुरोध गर्नुभएको छ । इन्स्टिच्युटले थप सुधार र व्यवस्थित गर्न विद्यार्थी, अभिभावक र शिक्षक शिक्षिकाहरुको संलग्नतामा सुधार योजना बनाएर अगाडी बढ्ने योजना तय गरेको छ । कार्यक्रममा इन्स्टिच्युटमा अध्ययरत विद्यार्थी लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । इन्स्टिच्युटका कार्यकारी निर्देशक योगेन्द्र अनुपम जि.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता प्रेमबहादुर विष्टले गर्नुभएको थियो भने स्वागत उद्यम विकास सहजकर्ता सविना के.सी.ले गर्नुभएको थियो ।

You may also like