नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु रोल्पाद्वारा शुभकामना तथा चियापान

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु रोल्पाद्वारा शुभकामना तथा चियापान


This image has an empty alt attribute; its file name is चियापान-क.jpg

२० असोज, लिबाङ ।
नेकपा एकीकृत समाजवादी निकटको भातृ विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रोल्पा जिल्लाले दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is चियापान-ग.jpg

कार्यक्रमको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला अध्यक्ष हरि प्रसाद घर्तीमगरले नेपालीहरुको महान चडपर्व दशै, तिहार र छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा सुस्वास्थ्य, दीर्घयु, शान्ति, समृद्धि, उत्तर–उत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो । कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन र राजावादी र प्रजातान्त्रिक पार्टी निकटका विद्यार्थी संगठन बिच एजेण्डा धेरै फरक भएको भन्दै उहाँले कम्युनिष्ट पार्टी निकटका विद्यार्थी संगठनहरुले वैज्ञानिक, व्यवहारिक, रोजगारी सिर्जना गर्ने शिक्षा पक्षमा आवाज उठाउँदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल कम्युनिष्ट पार्टीको भावना अनुसार पार्टीको अध्यक्ष एवम् प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओली पार्टीको र सरकारको भावना अनुसार अगाडि नबढ्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुनः पहिलेकै फर्किनु पर्ने अवस्था भयो । अध्यक्ष ओली एमाले पार्टीको विधान विपरित अगाडि बढ्दा हामीले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हौं ।’ जनताको बहुदलीय जनवाद राजतन्त्रको अन्त्यसँगै अन्त्य भएकोले पार्टीको एजेण्ड जनताको बहुदलीय समाजवादी तय गरेर अगाडि बढ्ने उद्घोष उहाँले गर्नुभयो । पार्टीमा संख्याले अर्थ राख्दैन एजेण्डले अर्थ राख्ने उहाँको भनाइ छ ।

This image has an empty alt attribute; its file name is चियापान-ख.jpg

कार्यक्रमको विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय स्थायी कमिटी सदस्य, रोल्पा जिल्ला इञ्चार्ज एमव् नेकपा एकीकृत समाजवादी रोल्पा जिल्लाका पार्टी प्रवक्ता किरण बुढा, नेकपा एकीकृत समाजवादी रोल्पा जिल्ला सदस्य, कार्यालय सचिव एवम् रोल्पा नगरपालिका इञ्चार्ज टंक बुढा, नगर कमिटी अध्यक्ष गोरख महरा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका पूर्व अध्यक्ष खमे बुढा लगायतका अतिथिहरुले शुभ कामना मनतव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी रोल्पा जिल्ला अध्यक्ष हरि प्रसाद घर्तीमगर केन्द्रीय सदस्यमा चयन हुुनुभएको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठनले अविर, खादा, पूmलको माला लगाएर सम्मान तथा बधाई समेत गरेको थियो । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन रोल्पा जिल्ला अध्यक्ष प्रताप घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाल युवा संघ रोल्पा जिल्लाका सचिव प्रसान्त बुढामगरले गर्नुभएको थियो भने स्वागत अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रोल्पा जिल्लाको उपाध्यक्ष धनराज विश्वकर्माले गर्नुभएको थियो ।

You may also like