रोल्पामा डेड रोपनीको अफिम खेती नस्त

रोल्पा साचारदाता
लिबाङ– बैशाख ११ गते


रोल्पामा प्रहरीले अफिम खेती नष्ट गर्ने अभियानलाई तिव्रता बनाएको छ । बुधबार रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नं. ५ रांकोट लामडाँडा बनभित्र अबैध रुपमा गरिएको अफिम खेती नस्त गरेको हो ।
इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाले विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक शंकर खड्कासहितको टोलीले रांकोट लामिडाँडाको भित्र रहेको डेड रोपनीमा अबैध रुपमा लगाइएको अफिम खेती पूर्ण रुपमा नस्त गरिएको थियो । रोल्पा जिल्लामा अत्याधिक खेती गरिरहेको भन्दै अरु स्थानमा पनि सूचनाको आधारमा फाड्ने जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख चित्रबहादुर गुरुङले बताउनुभयो । प्रहरी कार्यालय घर्तीगाउँ रोल्पाका प्रहरी निरीक्षक शंकर खड्काले त्यो जंगलमा कस्तो हो, कहिलदेखि गरिएको खेती हो भन्ने कुरा पत्ता लगाउन गह्रो भएको र आफूहरुले नस्त गर्न सफल भएको बताउनुभयो ।

You may also like