गुल्मीमा एकै घरका ३ जनाको मृत्युभएमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा शोक विज्ञप्ती जारी

This image has an empty alt attribute; its file name is sok-baigti.jpg-gulmi-851x1024.jpg


असोज ७ बुटवल
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले गुल्मीको रेसुंगा नगरपालिका ८ थुम्कामा प्राकृतिक विपत्तिमा परेर जीवन गुमाउनु भएका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश सरकारले राहत प्रदान गरिने बताउनुभयो ।
विहीबार शोक वक्तव्य जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राकृतिक विपत्तीले लुम्बिनी प्रदेशलाई निकै क्षति पु¥याएको अबगत गराउँदै त्यसको विरुद्धमा एक भएर लड्नका लागि अनुरोध गर्नुभएको छ ।
विहीबार जारी विज्ञप्तीमा भनिएको छः–“२०७८ साल असोज ५ गते परेको अविरल बर्षाका कारणले गुल्मीको रेसुङ्गा नगरपालिका थुम्का ८ टोलमा गएको पहिरोबाट नगरपालिका ८ थुम्का टोल निवासी तिलक परियारको २१ वर्षीय छोरी भावना परियार, १४ वर्षिया जुम्ल्याह छोरी गंगा र जमुना परियारको ५ गते राती ११ः४० बजे मृत्यु भएको छ । प्राकृतिक विपत्तिबाट भएको निज एकै घरका ३ जनाको निधनले प्रदेश सरकारलाई स्तब्ध एवं मर्माहत बनाएको छ । दुखदको यस घडीमा मृतकआत्माहरुको चीर शान्तिका कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसनप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”
मुख्यमन्त्री कुलप्रसाद केसीद्वारा जारी विज्ञप्तीमा अबिरल वर्षाका कारणले भएको आकस्मिक घटनालाई छिटो, छरिटो तरिकाले उद्धार गर्ने, सुरक्षा निकाय, स्थानीयतहका सरकारकार, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै सरोकारवाला निकायलाई धन्यवाद व्यक्त गर्नुभएको छ । साथै सो शोक विज्ञप्तीमा भनिएको छ–“ प्रदेश सरकारले यो दुखद घटनामामा परि जीवन गुमाएका मृतक, भएको क्षतिपुत्तिपुर्तिको विषयमा सम्बन्धित निकायको राय परामर्श गरी राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा हुने प्राकृतिक विपत्तिहरुलाई पनि सामूहिक रुपमा सहकार्य गरी सामाना गर्नका लागि अपिल गर्दछु । अन्तमा पुनः प्राकृतिक विपत्तिमा जीवन गुमाउनु हुने सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”
प्राकृतिक विपत्तीमा प्रदेश सरकारले स्थानीयतहसंग सहकार्य गरी अगाडि बढ्ेर जनतालाई छिटो राहत दिने तयारीमा रहेको मुख्त्रमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो ।

You may also like