रोल्पाका क्वारेन्टाइनमा बसेकाहरुहरुको आर. डि.टी. चेक नै नगरी धमाधम घर । जुन सुकै बेलामा पनि बोलाएर गर्न सकिने ।

रोल्पा समाचारदाता
रोल्पा, २२ बैशाख ।


विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्नका लागि रोल्पा नगरपालिका वडा नं. ४ लिबाङले क्वारेन्टाइनमा राखेका नागरिकहरुलाई आज विदाई गरेको छ । विभिन्न आत्म अनुशासनका बारेमा कुरा सिकाउँदै स्वास्थ्य परिक्षण गरी घर पठाएको छ । यस्तै अन्य स्थानीयतहहरुले पनि १४ दिन पुगेपनि स्वास्थ्य परिक्षण गर्ने किटको अभावमा ७ दिन अझै होम क्वारेन्टाइनमा रहन निर्देशन गर्दै किटका व्यवस्था भएमा आर.डी.टी. परिक्षण गर्ने प्रतिवद्धता सहित घर पठाएका छन् ।


श्रम गर्न गएका काठमाण्डौको इट्टाभत्ता लगायतकाट उद्धार गरी रोल्पा लिने क्रममा रोल्पा नगरपालिकाले बाल मन्दिर आधारभूत विद्यालय लिबाङमा राखिएको थियो । रोल्पा नगरपालिका वडा नं. ४ र अन्य वडाका तथा जिल्लाका विभिन्न स्थानबाट बजारमा बस्दै आएका १८ जना नागरिकहरुलाई १४ दिन पुगेपछि आज विदाई गरिएको छ । संक्षिप्त विदाई कार्यक्रमको क्रममा रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण के.सी.ले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिद १९) को रोकथामका लागि सबैभन्दा सामाजिक दुरी कायम गर्ने र भिडभाडमा नजाने भएकोले गर्दा यी विधिलाई पालना गर्नका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयोः–‘नेपालमा लक डाउन एवं सामाजिक दुरी कायम गर्नाले भयावह नभएता पनि हाल पछिल्लो चरणमा फैलिएको छ । त्यसलाई मानिसहरुले कुनै पनि हालत तपाईहरु घर गए पनि सामाजिक दुरी कायम गरी अगाडि बढ्नु होला । किन की यो भाइरस १४ दिनभन्दा पछि पनि फेला परेको छ तपाइहरु सुरक्षित बस्नुहोला ।’


उहाँले सबै साधन श्रोतमात्रै भएर पनि नहुने बताउँदै भन्नुभयाः–‘अम्रेरीकासँग पैसा, डाक्टर, सुविधा, सबै छ तर पनि बढी प्रभावित भएको छ । त्यसैले हामीले ख्यालको विषय होइन, तपाईहरु पनि जिम्मेवार बन्नु होला । हाल स्वास्थ्य परिक्षण गर्ने सामग्रीको अभावमा आर.डी.टी. टेष्ट गर्न नसकिएको बोलाएर गराउने बतानुभयो ।
यसैगरी रोल्पा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नबराज आचार्यले सबै अनुशासित पूर्वक बसेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यो अवधिमा वडा सरकारले सकेजति व्यवस्थापन गर्न खोजेको बताउँदै सबैको सहयोगबाट सम्भव भएको बताउनुभयो । उहाँले क्वारेन्टाइन बनाउनको लागि सहयोग गर्ने बालमन्दिर आधारभूत विद्यालय, १४ दिनसम्म तरकारी व्यवस्थापन गरी दिने तरकारी व्यावसायी भक्तिराम रिजाल, क्वारेन्टाइनमा बसेकाले कुटेको गिट्टी खरि गरी नागरिकलाई नगद प्रदान गरि दिने ओम शान्ति परिवार, विभिन्न सरोकार राख्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
साथै उहाँलेअ आगामी दिनमा पनि यसरी नै सबैले सहयोग गर्नका लागि अनुरोध गर्दै सबैको हातेमालोले मात्रै कोरोना नियन्त्रण हुने बताउँदै सहयोगका लागि सबैपक्षसंग निरन्तरताको कामना गर्नुभयो ।
कार्यक्रममा नेपाल वडा सदस्य हरीजंग गुरुङ, चित्रबहादुर सेन, दिलमाया विक, वडा सचिव धर्मराज डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, लिबाङ स्वास्थ्य चौकीका इन्चार्ज सुमन आचार्य, बाल मन्दिर आधारभूत विद्यालयका प्र.अ. विना मल्ल, ओम शान्तिका निमबहादुर सिंह लगायतको समेत सहभागीता थियो ।
साथै यसैगरी रोल्पा नगरपालिका वडा नं. ६ ले पनि क्वारेन्टाइनमा बसेका ५५ जना नागरिकहरुलाई पनि घर विदाई गरेको वडा अध्यक्ष तुलबहादुर घर्तीमगरले बताउनुभयो । यस्तै रोल्पा नगरपालिका वडा नं. १० मा पनि करिव १२५ क्वारेटाइनमा रहेकाहरुलाई घर पठाइएको वडा अध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो ।
यसैगरी रोल्पा नगरपालिका वडा नं. ७ ले भोली विहान अर्थात २३ गते रोल्पा नगरपालिका वडा नं. ७ को बाल उदय मा.वि. मा रहेका ८ जना, जन किरण आधारभूत विद्यालयमा रहेका १५ जना र बालहित आधारभूत विद्यालयमा रहेका ६५ जनालाई विदाई गर्ने भएको वडा अध्यक्ष गणसिंह पुनमगरले बताउनुभयो । साथै तिनीको चेक जाच गरी घर पठाइने बताएको छ ।
यसैगरी रोल्पा जिल्लामा आजसम्स विभिन्न स्थानीयतहमा ८११ जनालाईं क्वारेन्टाइनबाट विदाई गरिएको छ भने ३ हजार ९६३ जना अझै क्वारेन्टाइनमै रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । यसैगरी रोल्पा जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई सामान्य स्वास्थ्य परिक्षण गरेर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुण भितुले बताउनुभयो । रोल्पा जिल्लामा ३०० जनामा आर.डी.टी. गरीएकोमा सबैको रिपोर्ट सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्माले बताउनुभयो ।
रोल्पा जिल्लामा आर.डी.टी. किटको अभावमा अब क्वारेन्टाइनबाट घर गएर पनि ढुक्क हुने अबस्थामा छैन । आर.डी.टी. किटको अभावमा रहेकाले पनि केही कोरोनाको लक्षणसँग मिल्डो जुल्दोलाई आर. डी.टी. चेक गरेर मात्रै पठाइएको छ । तर पनि किटको अभावमा घरमा गएर पनि थप ७ दिन होम क्वारेन्टाइनै बस्न अनुरोध गर्दै जुन सुकै बेलामा पनि बोलाएर आर.डी.टी. टेष्ट गरिने भएको छ । त्यसैले स्थानीयतहरुले विभिन्न निकायको सहयोगमा भए पनि अभावको पूर्ती गरेर भएपनि चेक गराउन तिर ध्यान दिन आवश्यक छ ।

You may also like