भाइरल ज्वरोको कारण नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्द

भाइरल ज्वरोको कारण नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बन्द


This image has an empty alt attribute; its file name is c1.jpg

चित्रवियोग झाँक्री मगर
१३ फगाम–रोल्पा
सुनछहरी गाउँपालिका–६ नं. वडा स्थिति नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोको विरामी बढेपछि विद्यालय बन्द भएको छ ।
उक्त विद्यालयमा अध्ययनरत ६० प्रतिशतभन्दा बढी विद्यार्थीहरू र शिक्षकहरू एक्कासी बिरामी भएपति विद्यालय बन्द भएको छ । यस्तो बाध्यात्मक अवस्थामा विद्यालय सञ्चालन गरी पठनपाठन गर्न नसकिने र थप अवस्था विकराल हुने सम्भावना भएकोले आकस्मिक छलफल गरि मंगलबारदेखि सुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक धन बहादुर पुनले बताउनुभयो । विद्यार्थीहरुमा एक्कासी ज्वरो आउने, चिसो महशुस हुने, घाँटी दुख्ने, नाखबाट पानी आउने, टाउको तथा शरीर दुख्ने, बान्ता हुने जस्तो हुने, खोकी लाग्ने, हातखुट्टा सिल्का हान्ने र कमजोरी महशुसआदि जस्ता विभिन्न लक्षण देखापरेको छन् ।

This image has an empty alt attribute; its file name is c1.jpg

विरामीहरुले नियमित औषधी खाइरहेको छन् । तर, कुनै काम नगरेको शिक्षक जसविर पुन बताउनुभयो । स्वास्थ्य चौकी फगामका प्रमुख रञ्जित कुमार यादवका अनुसार आजभोलि पहिले भन्दा पाँच गुणा बढी विरामी स्वास्थ्य चौकीमा उपचारको लागी आएको बताउनु भयो । उहाँले भाइरल ज्वरो एक सरुवा र मौसमी रोग भएकोले यसबाट सुरक्षित रहन सबैलाई अनुरोध गर्नु भएको छ । घरमा प्रशस्त मात्रामा मन तातो पानी खाने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने,अ दुवा बेसार टिमुर पानी र नुन पानी खाने तातोपानीको बाफ लिने जस्ता घरायसी उपचारले पनि यसलाई कम गर्न सकिने उहाँले सुझाव समेत दिनुभयो ।

This image has an empty alt attribute; its file name is c1.jpg

कोरोना भाइरसको महामारिको कारण लकडाउन समयमा सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थिको सिकाई सहजीकरणको लागि अनलाइन कक्षा सञ्चालन गर्न सकिने निर्देशन गरेपनि सरकारी विद्यालयको आवश्यक पुर्वाधार सेविधा नभएका गाउले तथा निम्न वर्गीय पृष्ठभुमि भएकाहरूले अनलाइन कक्षाको पहुँच भएको थिएन । अहिले शैक्षिक सत्र सुरु भएको झन्डै ५÷६ महिनापछि मात्र विद्यालय सञ्चालन भएकोमा फेरि बन्द गर्ने बाध्यता सृजना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमलाल पुनले दुःख व्यक्त गर्नु भएको भयो । वातावरण सहज भएपछि विद्यार्थिको शैक्षिक स्तरलाई परिवर्तनका लागि प्रयत्न गर्ने अध्यक्ष पुनले भनाइ छ । चेक जाँच नभएपछि यो मौसमी बिरामी मात्र नभई लक्षणको आधारमा कतै कोरोना पो हो की ? भन्ने त्रास समेत बढेको छ ।

You may also like