अलोकतान्त्रिक, असंवैधानिक काम वर्तमान प्रदेश सरकारले गर्दैनः पर्यटन, ग्रामीण तथा शहरी मन्त्री चौधरी

अलोकतान्त्रिक, असंवैधानिक काम वर्तमान प्रदेश सरकारले गर्दैनः पर्यटन, ग्रामीण तथा शहरी मन्त्री चौधरी

This image has an empty alt attribute; its file name is d6-1024x576.jpg


७ असोज, लिबाङ ।
लुम्बिनी प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी मन्त्रालयका मन्त्री डिल्ली बहादुर चौधरीले संघीयताको भावना अनुसार लोकतन्त्रिक विधि पद्वतिलाई आत्मसाथ गर्दै सरकार अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is d2.jpg

उहाँले यस्तो धारणा बिहीबार लिबाङमा नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘जनताले पाँच वर्षका लागि सरकारको नेतृत्व गरे भनेर नेपाल कम्युनिष्ट पार्टीलाई जिम्मा दिएका थिए । तर, प्रधानमन्त्री खड्क प्रसाद शर्मा ओलीले अलोकतान्त्रिक, असंवैधानिक कार्यकै कारण आज संघीय सरकार र प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी बन्नुपर्ने अवस्था सिर्जना भएको हो । वर्तमान सरकारले ओलीको नेतृत्वले गरेको नराम्रा कामहरुलाई नदोहो¥याउने प्रतिवद्वता सहित संघीय सरकार र प्रदेश सरकार अगाडि बढेका छन् ।’

This image has an empty alt attribute; its file name is d2.jpg

शंङकर पोख्रेलको नेतृत्वको प्रदेश सरकारले अलोकतान्त्रिक विधेयक सञ्चार विधेयकलाई वर्तमान सरकारले फिर्ता गरिसकेको हँुदा सरकार सञ्चारमैत्रीलाई प्राथमिकता दिएर अगाडि बढ्ने उहाँले बताउनुभयो । सरकार संघीयताको भावना अनुसार नै जनतालाई सेवा प्रवाहको विषयमा अध्ययन अुनसन्धानको चरणमा रहेकोले सरकारको कार्य सम्पादनको परिणाम आउन नसकेको भन्दै उहाँले निकट भविष्यमा प्रदेशबासीहरुले प्रत्यक्ष अनुभूति गर्ने सहित प्रदेश सरकारको परिणाम आउने उद्घोष गर्नुभयो । विगतदेखि धेरै योजना छनोट गरी वजेटको अभावमा योजना सम्पन्न समस्या भएकोले वर्तमान सरकारले योजना कम तर, प्रयाप्त वजेटको व्यवस्था गरी प्रदेशमा विकास गर्ने तयारी सरकारले गरेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is d2.jpg

उहाँले भन्नुभयो,‘छिमेकी मुलक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथको दर्शन पश्चात् पछिल्लो समयमा बाह्य पर्यटकहरुको आगमन बढेको हुँदा प्रदेशमा पनि सोही वातावरण सिर्जनामा भारतको उत्तर प्रदेश मुख्यमन्त्रीलाई स्वर्गद्वारी लगायतका पर्यटकीय क्षेत्रमा आमन्त्रण गरी सकेको छु । म रोल्पा जिल्लाको पर्यटन लगायतका अन्य क्षेत्रको विकासहरुलाई विशेष प्राथमिकता दिएको छु ।’ प्रदेशको पर्यटन क्षेत्रको पहिचान सहित प्याकेजमा नै पर्यटन विकासलाई सरकारले प्राथमिकता दिएको उहाँले बताउनुभयो । सरकारको मुख्यमन्त्रीको आधा÷आधा कार्यकाल विषयमा पत्रकारहरुले सोधेकेको प्रश्नको जवाफमा नेपाली कांग्रेस पार्टी र नेकपा (माओवादी केन्द्र)को उच्च स्तरीय नेताहरुको छलफलको विषय भएको उहाँको धारणा थियो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा नेपाली कांग्रेस पार्टी संघीय सरकार र प्रदेश सरकारमा सहभागी असर हुन्छ कि ? भन्ने प्रश्नको जवाफ खड्क प्रसाद शार्मा ओलीको सरकार जस्तो अलोकतान्त्रिक, कमिसन र भ्रष्टचारबाट मुक्त हुन सकिए जनमत स्वतः पार्टीको पक्षयमा आउने उहाँले दाबी गर्नुभयो ।

This image has an empty alt attribute; its file name is d2.jpg

नेपाली कांग्रेस पार्टीको महान चाड १४ औं महाधिवेशनबाट संघीय लोकतान्त्रिक संविधान अनुसारको पार्टी बन्ने समेत मन्त्री चौधरीले बताउनुभयो । महाधिवेशनको पूर्व सन्ध्यामा विभिन्न प्राविधिक कुराहरुको समस्याको कारण निर्धारित समयमा हुँदैन कि ? भन्ने शंकाहरू उत्पन्न भएको छन् । तर, पार्टीको महाधिवेशन निर्धारित समयमा सम्पन्न हुने उहाँले उद्घोष गर्नुभयो ।

This image has an empty alt attribute; its file name is d3.jpg

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर, निवर्तमान अध्यक्ष महेश न्यौपाने लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागीता थियो । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष टेक बहादुर विश्वकर्माले गर्नुभएको थियो ।

You may also like