सडक विस्तारमा सिंचाई कुलोमा क्षतिपछि बाजबाङका १७ घरधुरी वर्षे धान लगाउन नपाइने हो कि भन्ने चिन्ता

सडक विस्तारमा सिंचाई कुलोमा क्षतिपछि बाजबाङका १७ घरधुरी वर्षे धान लगाउन नपाइने हो कि भन्ने चिन्ता

रोल्पा समाचारदाता

लिबाङ–रोल्पा

रोल्पा, रोल्पा नगरपालिका ५ नं. वडा बाजबाङमा सडक विस्तारपछि १७ घरधुरी नयाँ सडक खन्ने क्रममा सिँचाइ कुलोमा क्षति पु¥याएपछि सोही ठाउँका १७ घरधुरीे वर्षे धान लाउन नपाइने हो कि भन्ने चिन्तामा छन् ।

सोही ठाउँका १७ घरधुरीबाट रु १० देखि रु २५ हजारसम्म पैसा उठाएर स्काभेटर लगाउँदा पनि कुलोमा पानी नआएपछि अहिले स्थानीय आफै कुलो मर्मत कार्यमा जुटेका छन् । वर्षे धान लगाउने समय नजिकिदै गर्दा कुलोमा पानी नआएपछि यस वर्ष पनि खेत बाँझै हुने कृषक टेक बहादुर महराले बताउनुभयो । किमीचौर–माडिचौर सडकको ट्रयाक खोल्ने क्रममा माडीखोलाबाट बाजबाङ गाउँमा जाने ३ वटा सिंचाई कुलोमा क्षति पुगेको छ । सडक विस्तार क्रममा ओडार्ने सिंचाइ कुलो, सेसिघाट सिंचाई कुलो र धाङकुना सिंचाई कुलो समयमै मर्मत हुन नसक्दा एक वर्षेदेखि यहाँको ५ सय रोपनी खेत बाँझै रहेको कृषक सुवाष घर्तीले चिन्ता व्यक्त गर्नुभयो । खेतको मोहीवालाले पैसा उठाएर स्काभेटर लगाउँदा पनि कुलोमा पानी नआएको उहाँले बताउनुभयो । उहाँले यस वर्ष पनि हामीले धान लगाउन पाएनौं भने त के खाने, बालबच्चा कसरी पाल्ने भन्दै गुनासो व्यक्त गर्नुभयो । सडक निर्माण गर्दा भएको क्षतिका विषयमा वडा कार्यालय, नगरपालिका र सिंचाई डिभिजन कार्यालयमा पटक–पटक जानकारी गराउँदा पनि कतैबाट सुनुवाई नभएको कृषक आइतराम घर्तीको गुनासो व्यक्त गर्नुभयो ।

You may also like