‘जातीय विभेद अझै कम भएको छैन’

– पूर्व सांसद आचार्य
चैत्र ३ लिबाङ


पूर्व सांसद लेखनाथ आचार्यले जातीय विभेद कानून र संविधानमा उल्लेख भएपनि व्यावहरिक रुपमा कार्यन्वयन नभएको बताउँदै रोल्पा जिल्लाको ग्रामीण इलाकामा अभैm जातीय विभेदका लागि सचेतना पैmलाउन आवश्यक रहेको बताउँदै त्यसका लागि राजनीतिक दल र सामाजिक संघ संस्थाहरुले भूमिका खेल्नु पर्ने बताउनुभयो ।

ग्रामीण दलित जनअधिकार मञ्च रोल्पाको केन्द्रीय कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि लेखनाथ आचार्यले यस्तो विचार बताउनुभएको हो । उहाँले राजनीतिक शसक्तिकरण भएपनि अब सामाजिक सशक्तिकरणलाई अगाडि बढाउँदै लग्नुपर्ने बताउनुभयो । आचार्यले भन्नुभयोः–‘अन्य जिल्लाको तुलनामा रोल्पा जिल्लामा कम छ तै पनि अझै संघर्ष गर्नुपर्नेछ, त्यसका लागि हामीले सबैको सहकार्यमा अगाडि बढाउन जरुरी छ ।’
उहाँले सामाजिक संघ सस्थाहरुले आफ्नो राजनीतिक विचार धारा भएपनि समुदायको हकहितका लागि एकजुत भएर अगाडि बढ्नको लागि अनुरोध गर्नुभयो । उहाँले जातीय विभेदलाई कम गर्नका लागि निरन्तर लागेमा मात्रै सम्भव रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले दलित समुदायको हकहितका लागि सम्पूर्ण समुदायले ध्यान दिएर अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले रोल्पा जिल्लाका दलित समुदायको सशक्तिकरणका लागि एक धिक्का भएर अगाडि बढ्न सबैलाई आह्वान समेत गर्नुभयो ।
कार्यक्रममा दलित अधिकारकर्मी एवं पत्रकार महासंघ रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्माले सामाजिक विभेदीकरणमा पारिएको कारणले नै सामाजिक क्षेत्रको सर्बाङ्गीण विकासका लागि अगाडि बढाउनको लागि राज्यले भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगार लगायतको विषयमा राज्यले पहिलो प्राथमिकता दिनुपर्ने बताउँदै यसको पैरवी गर्नका लागि सँस्था सञ्चालनमा लिएको बताउनुभयो ।
कार्यक्रममा रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसी, जिल्ला समन्वय समिति सदस्य कर्मलाल परियार, सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा, नेकपा रोल्पाका प्रतिनिधि गोरखबहादुर महरा, नेपाली कांग्रेस रोल्पाका सचिव मोहन परियार, रोल्पा नगरपालिका कार्यपालिका सदस्य राजेन्द्र परियार, रोल्पा नगरपालिका वडा सदस्य दिलमायाँ विश्वकर्मा, नेपाल पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष दारासिंङ डाँगी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम ग्रामीण दलित जनअधिकार मञ्च लिबाङ रोल्पाका अध्यक्ष खड्गलाल पाध्यौटीको अध्यक्षमा भएको थियो भने सञ्चालन सचिव अविनास विश्वकर्माले गर्नुभएको थियो । स्वागत मञ्चका सदस्य सनविर परियारले गर्नुभएको थियो । रोल्पा जिल्लामा दलितहरुको अधिकार र दलितहरुलाई सचेतना अभियान सञ्चालन गर्नका लागि सँस्था सञ्चालन गरिएको थियो । रोल्पा नगरपालिका मुख्य कार्यक्षेत्र भएको यस सँस्थाको केन्द्रीय कार्यालय रोल्पा नगरपालिका वडा नं. २ बीच बजारमा रहेको छ ।

You may also like