नेकपा (माओवादी केन्द्र) रोल्पा मुख्यमन्त्री के.सी.लाई बधाई
२८ साउन, रोल्पा ।
हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य एवम् लुम्विनी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. ज्यू लुम्विनी प्रदेशको मुख्यमन्त्री पदमा बहुमतद्वारा चुनिनु भएकोमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला संगठन कमिटी, रोल्पाको तर्फबाट संस्थागत र व्यक्तिगत रुपमा गर्व र खुशीका साथ बधाई तथा सफल कार्यकालका लागि हार्दिक शुभकामना आज व्यक्त गरेको छ ।
पार्टीको जिल्ला अध्यक्ष सुरेन्द्र थापा (घर्ती) मगरद्वारा जारी विज्ञप्तीमा मार्फत निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले लुम्विनी प्रदेशको विषेश अधिवेशनमा विश्वासको मत लिन नसक्दा हाम्रो पार्टीलाई यो इतिहास रच्ने अवसर जुरेको विज्ञप्तीमा उल्लेख गेको छ । शंकर पोख्रेलेको सत्ताच्युत र कुलप्रपाद के.सी.को गरिमाय मुख्यमन्त्री पदमा नियुक्तिलाई न्यायप्रेमी जनमुदायले प्रतिगमनको पराजय र अग्रगमनको विजयको रुपमा बुझ्न जिल्ला पार्टीले हार्दिक अपिल गरेको छ ।