नव निर्मित वडा कार्यालयको भवन अन्नतद्वारा उद्घाटन

रेशम विश्वकर्मा
माघ ६ रोल्पा
रोल्पा नगरपालिका–४ वडा कार्यालयको नव निर्मित वडा कार्यालयको उद्घाटन प्रमुख अतिथि एवं प्रतिनिधि सभाका सदस्य तथा वर्षमान पुनमगर ‘अनन्त’ ले शुक्रबार गर्नुभएको हो ।
उहाँले नव निर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैै भन्नुभयो–“संविधानको भावना अनुसार सिंहदरबारमा सीमित अधिकारलाई गाउँ–गाउँसम्म पु¥याउने मुख्य आधार भौतिक स्ांंरचना एक आधार हो ।” भौतिक संरचना विना सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म प्रभावकारी रुपमा पु¥याउन सम्भव नभएको प्रमुख अतिथि पुनमगरले बताउनुभयो । भौतिक संरचना फरक–फरक ठाउँमा निर्माण गर्नुभन्दा एउटै ठाउँबाट नै जनतालाई सेवा प्रवाहमा जनप्रतिनिधिले ध्यान पु¥याउन पर्ने उहाँले बताउनुभयो ।
स्थानीयतहका कार्यालय आर्थिक केन्द्रको भएकोले सोही अनुसार कार्यालयको विकास गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । वर्तमान सरकारले सात प्रदेशको अस्थायी राजधानी निर्धारण गर्दा ३ नं र ५ प्रदेशको राजधानी भौगोलिक सन्तुलन नभएकोले सो निर्णायप्रति सरकारले पुर्नर विचार गर्न सरकारको ध्यान आर्कषण गराउनुभयो । जसरी राजधनीको विषयमा आन्दोलित जनताको माग सरकारले समयमा नै पूरा नभएमा आन्दोलनले उग्र रुपले लिने उहाँको धारणा थियो । भौगोलिक सन्तुलनको आधारमा सेवा केन्द्र निर्धारण गर्दा नेपाली जनतालाई सिंह दरबारको अधिकार गाउँ–गाउँसम्म पुगेको अनुभुति गर्ने समेत संसद पुनमगरले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि एवम् निवर्तमान सभामुख ओनसरी घर्तीमगर, प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुनमगर ‘सिजल’, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, जिल्ला प्रमुख अधिकार डा. डिजन भट्टराई, स्थानीय विकास अधिकार शुसील बैद्य, रोल्पा नगरपालिका–२ खिम बहादुर घर्तीमगर, ५ नं वडा अध्यक्ष टोपबहादुर बि.क, नेपाली कांग्रेस रोल्पाका प्रतिनिधि किशोर कुमार आचार्य, नेकपा (माओवादी केन्द्र) रोल्पाका प्रतिनिधि सीता आचार्य, नेपाल टेलिकम रोल्पाका कार्यालय प्रमुख कैलाश आचार्य, रोल्पा नगरपालिका उद्योग विकास शाखा कार्यालय रोल्पाका प्रमुख बालकृष्ण आचार्य, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष मानसिंह बि.क लगायत सरोकारवाला निकायको आतिथ्यता थियो ।
नव निर्मात भवन रु ६५ लाख ३० हजार ८२८ कुल लागतमा सम्पन्न भएको रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत कमानसिंह थापामगरले प्रस्तुत गर्नुभयो । कुल लागतको १४.५७ प्रतिशतको रकम रु ९ लाख ५१ हजार ७५२ रुपैया उपभोक्ता समितिको योग्दान रहेको छ । भने कुल लागतको ५८.४३ प्रतिशतको रकम रु ५५ लाख ७९ हजार ७६ रुपैया नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत नरगरपालिकाको लगानीमा भवन निर्माण भएकोम हो । रोल्पा नगरपालिका अन्य नौ ओटा वडा कार्यालयको भवन समेत निर्माधिन अवस्थामा रहेको कार्यक्रममा बताउनुभयो । रोल्पा नगरपालिका वि.स २०६७ फाल्गुन ११ गते घोषणा भएको हो । यस नगरपालिकाको जनसङ्ख्या वि.स. २०६८ सालको जनगणना अनुसार ३२ हजार ७ ५९ जना रहेको छ । रोल्पा नगरपालिकाका प्रमुख पुर्ण के.सी.को अध्यक्षतामा सञ्चालन भएको भवन उद्घाटन कार्यक्रमको सञ्चालन देवी कुमारी गुरुङले गर्नुभएको थियो भने सहभागिलाई स्वागत ४ नं वडा अध्यक्ष नवराज आचार्यले गनुर्भएको थियो ।

You may also like