रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित २ जना प्रहरी नियन्त्रमा


रोल्पा समाचारदाता
साउन १३ रोल्पा

This image has an empty alt attribute; its file name is boksiko-aarap.jpg


रोल्पामा बोक्सीको आरोप लगाउने धामीसहित २ जना प्रहरी नियन्त्रणले नियन्त्रणमा लिएको छ । आफूलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको भन्दै एक युवतिले जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन दिएपछि प्रहरीले सुनिलस्मृति गाउँपालिका वडा नं. ६ का २६ वर्षिय धामी राहुल सुनार, रोल्पा नगरपालिका वडा नं. ४ का चुना कुमारी सेन र सिता सेनलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
रोल्पा नगरपालिका १० धबाङ निवासी रोल्पाको सदरमुकाम लिबाङमा डेरा गरी बसकी २६ वर्षिय महिलाले आफूलाई वोक्सी भन्दै साउन ६ गते करिव ६ बजेतिर कोठामा आई कुटपिट गरेको भन्दै ११ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडित महिलाले आफूलाई धामी राहुलले फोनबाट पनि धम्काएको र पछि चुना, सीता सेनसहितको टोलीले कोठामा आई कुटपिट गरेको बताउनुभएको छ । आफूलाई अन्याय परेको बताउँदै न्याय प्रदान गरि दिनका लाग सबैमा अपिल गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले २१ आँै शताब्दीमा पनि बोक्सीको आरोप लगाएर कोठामै धामीसहित लगरेर गइ कुटपिट गरे उजुरी आएपछि ति प्रतिवादीहरुलाई लिएर अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले अपराध पुष्टि भएमा ५ देखि ७ वर्षसम्म जेल सजाय हुने व्यवस्था रहेको बताउँदै अनुसन्धान भइरहेको बताउनुभयो ।
२१ आँै शताब्दीमा पनि धामी बोक्सीको आरोपमा कुटपिट गर्ने काम जघन्य अपराध मानिएको छ । त्यसैले यस्तो सामाजिक विसंगतीको अन्यका लागि सबै जागरुक हुन पर्ने देखिन्छ ।

You may also like