अब माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लुम्बिनी प्रदेशको मुख्य मन्त्री बन्ने पक्का


मानसिंह विश्वकर्मा
साउन १३ रोल्पा

This image has an empty alt attribute; its file name is 2-1.jpg


संघीय सरकार नेपाली कांग्रसका नेता शेरबहादुर देउवाको नेतृत्वमा बने लगत्तै लुम्बिनी प्रदेशमा पनि माओवादी केन्द्रका नेता एवं माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) मुख्यमन्त्री बन्ने पक्का भएको छ । कुलप्रुसाद केसीले आफ्नो पक्षमा बहुमत भएको दावीसहित प्रदेश सभामा पेश गर्दा पनि वर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले आफू नै बहुमतमा रहेको दावी गर्दै आएका थिए । तर पछिल्लो चरणमा भएको राष्ट्रियमा राजनीतिमा आएको फेरवदलले अब रोल्पा निर्वाचन क्षेत्र (क) बाट निर्वाचिन एवं माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चिता बनेको छ ।

This image has an empty alt attribute; its file name is 4.jpg


लुम्बनी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राजमोका प्रदेशसभा सदस्यहरुले समेत समर्थन गरेका छन् । साउन १३ गते साझा करिव ९ बजे रोल्पा समाचार साप्ताहिकसँग गरिएको कुराकानीमा उहाँले प्रगिगामी शक्तिको विरुद्धमा गठबन्धन गरी साझा रुपमा आफूलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दा पनि मुख्यमन्त्री र प्रदेश प्रमुखले टेवुल हुन नदिएको बताउनुभयो । उहाँले भन्नुभयोः–“हाल गठबन्धनको मात्रै ४२ जना सांसद रहेको मुख्यमन्त्रीको पक्षमा ३७ जना मात्रै हुनुहुन्छ अब अंक गणितमा शंकर पोख्रेल कसरी बहुमतमा हुनु भयो, यो त प्रक्रियामा नलगेर आफ्नो सत्ता बचाउनको लागि गरिएको परिपञ्च मात्रै हो, टेवुल र पक्रियामा लगेर प्रदेश सभा सदस्यहको निर्वाचनबाटै हाम्रो सरकार बनाउन सक्छाँै छिटो प्रक्रिमा लगियोस ।”
उहाँले विगतमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायत परिवर्तनका लागि गरिएको सम्पूर्ण आन्दोलनको उपलब्धीको रक्षार्थ आफ्नो उमेद्वार भएको र गठबन्धले पार्टीले आफूलाई उमेदवार बनाएको बताउनुभो । उहाँले आफू मुख्मन्त्री भएमा सबै दलको सहमति र सहकार्यमा लुम्बनी प्रदेशलाई अझै नयाँ उचाई उठाएर जनतालाई प्रदेश सरकारको अनुभूति गराउने अभियानमा लागेको बताउनुभयो ।
राष्ट्रिय राजनीतिमा सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउने पर्ने आदेश दिए लगत्तै नेपालको राजनीतिमा केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार ओरालो लागेको हो । संघीय साँसदहरुलाई पार्टीको ह्वीप नलाग्ने र पछिल्ला पटक निर्वाचन आयोगले उपेन्द्र यावपको नेतृत्वमा रहेको समूहलाई आधिकारिकता प्रदान गरेपछि केसीलाई सहज भएको हो । साथै प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्ति गरेपछि अब केसीको मुख्यमन्त्री बन्ने पक्का भएको हो ।
रोल्पा नगरपालिका ६ कोटगाउँ जिबाङमा जन्मिनुभएका नेता केसी, विद्यार्थी राजनीति देखि वर्ग संघर्ष, महान जनयुद्ध, जनआन्दोलनमा पनि महत्पूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । सरल स्वभाव, प्रतिपक्ष र दुश्मनसँग नझुक्ने स्वभाव रहेका केसी माओवादी जनयुद्धकालमा नेता मोहन बैद्यसँग भारतमा जेल जीवन विताउनुभएको थियो । सत्ता भन्दा बाहिर रही पार्टी राजनीतिमा काम गर्नुभएका केसी हाल माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदीय दलको नेता समेत हुनुहुन्छ । यस भन्दा अगाडि सरकारकामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी समेत सम्मालिसक्नुभएको छ ।

You may also like