रोल्पामा राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय कार्यालयको उद्घाटन

रोल्पामा राष्ट्रिय जनगणना २०७८ को जिल्ला स्तरीय कार्यालयको उद्घाटन
चत्रै ३ गते

This image has an empty alt attribute; its file name is v.jpg


राष्ट्रिय जनगणना २०७८ को लागि जिल्ला स्तरीय कार्यालय मंगलबार लिबाङमा जनगणना समन्वय समिति रोल्पाको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानामगरले उद्घाटन गर्नुभएको छ । जिल्लामा गनगणनाको गतिविधिहरु तीव्र रुपमा सञ्चालन हुनेभएका छन् ।
उहाँले राष्ट्रको गौरवको अभियान राष्ट्रिय जनजगणना सम्पन्नको लागि निर्देशिकाले निर्धारण गरेको शैक्षिक योग्यता अनुसार स्थानीय सुपरिवेक्षक र गणकको व्यवस्थापन भएमा तथ्याङ्क आउने बताउनुभयो । रोल्पा जिल्लाको कतिपय स्थानीय तहमा मातृ भाषा प्रयोग गर्ने हुनेभएकोले बाह्य गणक र सुपरिवेक्षकलाई भाषिक समस्या हुने भएकोले निर्देशिकका अनुसार आवश्यक जनशक्ति व्यवस्थापनका लागि अनलाइन फरामको व्यवस्था भएकोले प्रत्येक स्थानीय तहबाट सुपरिवेक्षक र गणकका लागि फराम भर्ने प्रेरित गर्नुपर्ने उहाँले आवश्यक औल्याउनुभयो । उहाँले स्थानीय सुपरिवेक्षक र गणक व्यवस्थानका लागि अनलाइन फारम भर्नका लागि आफ्नो तर्फबाट स्थानीयतहरुसँग आवश्यक पहल गर्ने प्रतिवद्वता समेत व्यक्त गर्नुभएको थियो । जनगणना प्रभावकारी बनाउन स्थानीय सुपरिवेक्षक र गणक व्यवस्थापका लागि स्थानीय सञ्चारमाध्यमहरुबाट सूचना रप्रसारण गर्नुपर्ने सुझाव संयोजक रानामगरले दिनुभएको छ । उहाँले सञ्चारमाध्यमबाट जनगणना समयवधिमा जनगणना सम्बन्धि जनहितमा सूचनाहरु प्रसारण गर्नुपर्ने जोड दिनुएको छ ।
त्यसैगरी कार्यक्रममा तथ्याङ्क अधिकृत डोर बहादुर वस्नेतले जनगणना सम्पन्न गर्न जिल्ला स्तरीय कार्यालय सहित रोल्पा नगरपालिका, सुलिनस्मृति गाउँपालिका, रुन्टीगढी गाउँपालिका र परिवर्तन गाउँपालिका समेत स्थानीय तह स्तरीय कार्यालय स्थापना गरी जनगणना प्रभावकारी बनाउने तयारी गरेको बताउनुभयो । उहाँले जनगणनामा आवश्यक जनशक्ति सुपरिवेक्षक र गणक स्थानीयलाई विशेष प्राथमिकता निर्देशिकाले दिएको हुँदा यस महिनाको ५ गतेदेखि ११ गतेसम्म शैक्षिक योग्यता पुगेका इच्छुक उम्मेदवारहरुलाई कार्यालयमा आएर अनलाइन फारम भर्न अनुरोध गर्नुभयो । उहाँले जिल्लामा जनगणनालाई सफल बनाउन जिल्ला स्थित सरोकारवाला निकायहरुलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकमा जनगणना समन्वय समिति, जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला स्तरीय जनगणना सहजीकरण समिति र वडा अध्यक्षको संयोजकत्वमा जनगणना सहजीकरण समितिको संरचनामा गणक २८४ जना र सुपरीवेक्षक ७५ जना जनशक्ति आवश्यक परेको हुँदा अभियानालाई प्रभावकारी बनाउन शैक्षिक योग्यता पूरा भएका इच्छुक उम्मेदवारहरुलाई अनलाइन फारम भर्न अनुरोध गर्नुभयो ।स्थानीय तहमा स्थापना भएको रुन्टीगढी गाउँपालिकाले त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिका, परिवर्तन कार्यालयले गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका, रोल्पा नगरपालिक कार्यालयले रोल्पा नगरपालिका र माडी गाउँपालिका, सुलिनस्मृति गाउँपालिका कार्यालयले सुनिलस्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका र सुनछहरी गाउँपालिका समावेश गरी कार्य विभाजन समेत भएको बताउनुभयो । जिल्ला स्तरीय कार्यालय र स्थानीय तह स्तरीय कार्यालयहरुलाई आवश्यक पर्ने सामाग्री केही दिनमै आउने समेत उहाँले बताउनुभयो । तथ्याङ्क अधिकृत डोर बहादुर बस्नेतको सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा सरोकारवाला निकायहरुको उपस्थिति भएको थियो ।

You may also like