आयोजना कार्यन्वयको निम्ति चार पक्षय सम्झौता


रोल्पा साचारदाता
लिबाङ–रोल्पा
वैशाख १२ गते
लिबाङ शहरीय खानेपानी तथा सरसफाई आयोजना रोल्पा कार्यन्वयको निम्ति बिहीबार चार पक्षय आयोजना कान्वर्यन सम्बन्धि नगर सहमति र वित्तिय सम्झौता कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । योजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, रोल्पा नगरपालिका र लिबाङ खानेपानी उपभोक्ता तथा सरसफाई समिति बीच सम्झौता भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका रोल्पाको नगर प्रमुख पूर्ण के.सी.ले लिबाङ शहरीय खानेपानी तथा सरसफाई योजनाा कार्यन्वयनको निम्ति जिल्ला समन्वय प्रमुख, जिल्लाका राजनीतिकदल, जनप्रतिनिधि, समाज सेवीहरुको सक्रिय पहलमा आयोजना कार्यन्वयनको अन्तिम चरणमा पुगको बताउनुभयो । उहाँले नगरपालिकाबाट एक अािर्थक वर्षमा विनियोजिट सबै रकमबाट पनि उक्त योजना सम्पन्नको निम्ति अपुरो हुने भएकोले करोडौं बचेतको योजना जसरी भएपनि कार्यन्वयन गर्नुपर्ने जोड दिनुभयो । योजना कार्यन्वयको निम्ति पक्षय बीचको आयोजना कार्यन्वयन सम्बन्धि सहमति र बित्तिय सम्झौताले आयोजना कार्यन्वयनको अन्तिम चरणमा पुगेको छ थप बाँकी कार्यहरुलाई पनि विशेष पहलका साथ केही दिनमै आयोजना कार्यन्वयका कार्य शुरुवात हुने उद्घोष गर्नुभयो । त्यसैगरी कार्यक्रमका अतिथि प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले नगरबासीको निम्ति करोडौं वजेटको आयोजना भएकोले नगरबासीहरुलाई आयोजना कार्यन्वयको निम्ति अनुरोध गर्नुभयो । उहाँले आयोजना कार्यन्वयनको निम्ति जिल्ला प्रशासन कार्यालयकोतर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।


कार्यक्रममा बित्तिय सम्झौता सम्बन्धि नगर विकास कोषका सुवाश पन्तले सजिकरण गर्नुभएको थियो भने आयोजना कार्यन्वयन सम्बन्धि सहरी खानेपानी तथा सरसफाई आयोजना निर्देशक नारायण आचार्यले सहजिकरण गर्नुभएको थियो । सहजिरकणमा आयोजनाको कुल लागत रमकको पाँच प्रतिशत रकम निर्धारित समयमा नै बैंक खातामा जम्मा नभएको अवस्थामा आयोजनाको कार्यन्वयको प्रक्रिया अगाडि बढ्न नसक्ने नगर विकास कोषका सुवाश पन्तले बताउनुभयो । उहाँले उक्त रकम गैर उपभोक्ताबाट जम्मा गरेको अनुगमनको समयमा पाएमा बीचैमा आयोजनाको निर्माण कार्य रोक्न बाध्य हुने आयोजना कार्यन्वयन निर्देशक नारायण आचार्यले बताउनुभयो । कार्यक्रममा रोल्पा नगरपालिका रोल्पाको उपप्रमुख मनकुमारी घर्तीमगर, वडा नं. एक वडा अध्यक्ष राजन कँवर, दुई नम्बर वडा अध्यक्ष खिमबहादुर घर्तीमगर, चार नम्बर वडा अध्यक्ष नवराज आचार्य, लिबाङ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निवर्तमान अध्यक्ष एवं रोल्पा नगरपालका–१० नं वडा अध्यक्ष मानबहादुर खत्र, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाली काँग्रेस रोल्पा जिल्लाको कार्यबाहक सभापति किशोर कुमार आचार्य, रोल्पा नगरपािलका कार्यालय रोल्पाको निमित्त प्रशासकीय अधिकृत महेन्द्र पराजुली, नेपाली काँग्रेस रोल्पा जिल्लाको निवर्तमान सभपाति एवं समाज सेवी कृष्णबहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अन्तिम कार्यकालका अध्यक्ष महेश न्यौपाने, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेमबहादुर बुढामगर लगायतको आतिथ्यता थियो । रोल्पा नगपालिका कार्यालयका रोल्पाको वडा नं १, २, ४ एक हजार घरधुरीका वडाबासीहरु लाभान्वित हुनेभएका छन् । ३७ करोड १९ हजार ६४७.०७ रकममा आयोजनाको लागत रकम अनुमान गरिएको छ भने कुल लागतको पाँच प्रतिशत एक करोड ८१ लाख ४२ हजार ८२४.३९ रकम मध्य हालसम्म एक करोड ५० लाख रकम उपभोक्ता समितिको बैंक खातामा जम्मा भएको छ भने बाँकी रमक केही दिनमा जम्मा गर्न आयोजना व्यवस्थापन कार्यालय अनुरोध समेत गरेको छ । बाँकी रकम नगर विकास कोषबाट २५ प्रतिशत नौ करोड सात लाख १४ हजार १२१.९६ र नेपाल सरकारबाट अनुदानबाट उपलब्ध रकम २५ करोड ३९ लाख ९९ हजार ५४१.४८ रकमबाट आयोजना सम्पन्न हुँदैछ । कार्यक्रममा खानेपानी उपभोक्ताको पदाधिकारी, उपभोक्ता लगायतका सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । अयोजनाको कुल लगातको रमकको पाँच प्रतिशत रमक कार्यक्रम लिबाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्ष लिलाधर आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रोल्पा नगरपालिका रोल्पाको प्रेस संयोजक देवी कुमारी गुरुङले गर्नुभएको थियो ।

You may also like