सुनिल स्मृति गाउँपालिका–३ मा एक जनाले गरे आत्महत्या

सुनिल स्मृति गाउँपालिका– मा एक जनाले गरे आत्महत्या
असोस २७ गते
चन्द्र रोकामगर (सुलिचौर) रोल्पा


This image has an empty alt attribute; its file name is बज्ञ.jpg

रोल्पा, सुनिल स्मृति गाउँपालिका–३ केराबारी निबासी २२ वर्षका अविराम बिष्ट ‘सुमन’ले आज आत्म हत्या गरेको इलाका प्रहरी कार्यालयले बताएको छ । पछिल्लो समयमा यस जिल्लामा आत्महत्या संख्या बढिरहेको छ ।
केराबारीदेखि करीव १२० मिटर टाढाको एक सल्लाको रुखमा प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा दिउँसो ४ः०० बजे भेटिएको प्रहरी कार्यालय इलाका सुुलिचौर रोल्पाका इञ्चार्ज प्रहरी निरीक्षक सहदेव डाँगीले बताउनुभयो । मृतक विष्टले सुलिचौर बजारमा ज्यालीदारीबाट जीविकोपार्जन गर्दै आउनुभएको थियो । शव पोस्टमातमको लागि रोल्पा अस्पताल रेउघा पु¥याएको उहाँले बताउनुभयो ।

You may also like