कोरोनाबाट बच्न हामी सबै जिम्मेवार बनौँ ।

 


विश्वभरि (kovid -19 ) कोरोना भाइरसले महामारी रुपमा फैलिएको अवस्थामा संघीय सरकारले संक्रमितको संख्या शुन्यता बनाउने उद्वेश्य सहित लकडाउन लागू गरेको छ । नेपालमा लक डाउनभन्दा अर्काे कुनै उत्तम र अचुक उपाय छैन । त्यसैले लक डाउनलाई नै परिचालन गरौँ । यदी अहिले नै जिम्मेवार बन्न सकेनौँ भने भविस्यमा पश्चताप गर्नु बाहेक अरु केही हुन सक्दैन ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा लकडाउन कार्यन्वयनको चरणमा छन् । सोही कुरालाई मध्यनजर गर्दै संघीय सरकारले लक डाउन म्याद थप गरेको छ । पछिल्लो समयमा संक्रमित व्यक्तिहरुको संख्या बढ्दो क्रममा नै छ । रोल्पा जिल्लामा पनि यस भाइरसबाट संक्रमितको जिल्ला रहेको हुँदा स्थानीयतहरु सहित अन्य सरोकारवाला निकायहरुले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । जिल्लामा स्वास्थ्य सामाग्रीहरु प्रर्याप्त व्यवस्था नहुँदा स्वास्थ्यकर्मीहरु असुरक्षित सेवा प्रवाह गर्दै आएको अवस्थामा संघीय सरकार उर्जा, जलजस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको व्यक्तिगत पहलमा १० ओटा स्थानीयतहहरुलाई स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुभएको छ । साथै संघीय सरकारबाट उपलब्ध स्वास्थ्य सामाग्रीको व्यवस्थापनले यस जिल्लाका स्वास्थ्यकर्मीहरुको आत्मबल वृद्धिमा थप प्रोत्साहन गरेको छ । यस जिल्लाका स्थानीयतहरुको पहिलमा पनि आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थान गरेका छन् । माडी गाउँपालिका लगायत कतिपय स्थानीयतहले रोल्पामा विभिन्न स्थानबाट आएका क्यारेन्टाइन बस्नको लागि आवश्यक खानाको समेत व्यवस्था गरेको छ । यस जिल्लाका वडा कार्यालयहरुबाट साबुन र माक्स जस्ता आधारभूत आवश्यकताहरु सामाग्रीको व्यवस्थ सँगसँगै भाइरसबाट बच्न जनतहितमा प्रचार प्रसार सूचना प्रवाह गर्दै आएका छन् । जिल्लाका केही युवा क्लवहरुको पहलमा समेत साबुन र माक्स समेत वितरणसँगै जनचेतनाको लागि सूचना प्रवाह गर्दै आएको छन् ।

अहिलेसम्म यस जिल्लामा कोरोना भाइरसबाट संक्रमित भेटिएका छैनन् । पछिल्लो समयमा भाइरसबाट बच्नको निम्ति जनचेतनामूलक सन्देश प्रवाह गर्दै आएका छन् । तर पनि सरकारले गरेकोलाई अटेरी गरिरहेका छन् । यस अभियानमा सबै लागेका छन् । व्यक्तिगत सरसफाई गरौँ, लक डाउनलाई पालना गरौँ, भिडभाड कम गरौँ । यही मौकामा कालो बजारी नगरौँ, अन्तर्राष्ट्रिय उडानहरु बन्द गरी नेपाललाई सुरक्षित बनाऔँ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नै नदिनु बुद्धिमानी हो । वर्तमानको होसियारले भविस्य निर्माण हुन्छ । सरकारको निर्णयलाई सहयोग र समर्थन गर्ने हाम्रो दायित्व पनि हो । यस कार्यमा सरकारी निकाय सहित अन्य सरकोरोवाला र जनताले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरी देशलाई कोरोनामुक्त नेपाल बनाऔँ । द्वोषभरी अरुलाई दिएर मात्रै केही हुँदै रोगले हामीसबैलाई चिन्दैन त्यसैले जिम्मेवार बनाँै ।

You may also like