रोल्पा जिल्लामा सोमबारसम्म ४ हजार ५८० जनाको स्वास्थ्य परीक्षण

१८ गते चैत्र
लिबाङ–रोल्पा


जिल्ला प्रशासन कार्यालय रोल्पाले सोमबार जारी सूचना अनुसार ४ हजार ५८० जनाको स्वास्थ्य परीक्षण गरेको बताइएको छ । जिल्लामा कोरोना भाइरसबाट बच्न र बचाउनको निम्ति सम्बन्धित निकायहरुले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
उक्त सूचना अनुसार जिल्लाको विभिन्न स्थानहरुमा १९९ ओटा क्वारेन्टाइन स्थापना भएको छन् । भने ७ जना पुरुष क्वारेन्टाईनमा बसको बताइएको छ । यसमा बस्ने मानिसहरुलाई जिल्लाका दश ओटा स्थानीयतहहरुले खानापिनको समेत उच्चित व्यवस्था गरेको बताएको छ । त्यसैगरी आइसोलेसन बड १२ ओटा स्थापना भएका छन् । एक जना आइसोलेशसनमा बसेको जारी सूचनामा बताएको छ । पिपिइको संख्या ३७ ओटा रहेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बताउनुभयो । यस जिल्लमा कोरोना भाइरस सम्बन्धि प्रभावकारी सूचना प्रवाहको निम्ति सूचना केन्द्र स्थापना समेत भएको छ ।

जिल्लामा कोरोना भाइरसबाट बच्न र बचाउनको निम्ति स्थानीयतह सहित अन्य विभिन्न सरोकारवाला निकायहरुले जनहितमा सूचना प्रभावह गर्दै आएका छन् ।

You may also like