सुनछहरी गाउँपालिका–७ नं. वडाको विभिन्न ठाउँका बजारहरुको अनुगमन

सुनछहरी गाउँपालिका–७ नं. वडाको विभिन्न ठाउँका बजारहरुको अनुगमन
कार्तिक–४ गते
पोबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is j5.jpg

रोल्पाको सुनछहरी गाउँपालिका बजार अनुगमन समितिले वडा नं. ७ जेल्बाङको विभिन्न बजारहरुको अनुगमन गरेको छ । बजार अनुगमनले व्यवसायिहरुलाई सचेत बनाएको छ ।

This image has an empty alt attribute; its file name is j5.jpg

यस बजार अनुगमन समिति संयोजक रमेश गिरी, इलाका प्रहरी कार्यालय पोबाङका इञ्चार्ज मोहम्मद सफिक अन्सारी, वडा सचिव छबिलाल महरा, जेल्बाङ स्वास्थ्य चौकीका अहेव नेम बहादुर शाही, पत्रकार जुनिश कुमार विष्ट, जेलबाङ प्रहरी चौकी कार्यालयका इञ्चार्ज सुरेन्द्र बलामी सहितको एक टोलिले बजार अनुगमन गरेको हो ।

This image has an empty alt attribute; its file name is j1-1.jpg

बजार अनुगमनमा मुल्य सूची, साइन बोर्ड, व्यवसाय दर्ता गरेको नगरेको, स्थायी पाना नम्बर भए नभएको, बिक्री बिल दिने प्रक्रिया भए नभएको बारेमा टोलीले अनुगमन गरेको थियो । अनुगमनमा साइन बोर्ड, मुल्य सूची, पाना नम्बर, व्यवसाय दर्ता, बिक्री बिल दिने प्रक्रिया बारेमा नियम अनुसार नगरेकाले तत्काल नियम अनुसार पसल तथा होटेल सञ्चालन गर्न बजार अनुगमन टोलिले व्यवसायिहरुलाई सुझाव दिएको छ । साथै बजार तथा होटेल वरिपरि सरसफाइ राख्न अनुरोध समेत गरिएको छ । बजार अनुगमनमा यस वडा स्थित विभिन्न टोलहरु स्थित १८ वटा किराना पसल तथा होटेलहरुमा अनुगमन गरेको थियो । दशै तिहारलाई लक्षित गरि बजार अनुगमन कार्यलाई निरन्तरता दिने बजार अनुगमन समितीका संयोजक रमेश गिरीले बताउनु भयो ।

You may also like