राजतन्त्रको अन्त्य भई सकेकोले समृद्ध देश निर्माणमा अगाडि बढ्न ऊर्जा मन्त्रीको अपिल

मानसिंह विश्वकर्मा
फागुन १३ गते
घर्तीगाउँ रोल्पा


ऊर्जा, जलस्रोत एवं सिचाई मन्त्री वर्षमान पुनमगरले नेपालको राजनीतिक आन्दोनलको ७० वर्षसम्म एकात्का राज्यसत्ताको विरुद्धमा नेपालीजनताले आन्दोलन गरेको बताउँदै अब एकात्मक राज्य व्यवस्थापनको अन्त्य भइ सकेकोले समृद्धीको दिशामा अघि बढ्नु पर्ने बताउनुभयो ।


उहाँले यस्तो विचार माडी गाउँपालिका प्रथम अध्यक्ष कप एवं शैक्षिक मेला २०७६ को उद्घाटन गर्दै रोल्पाको घर्तीगाउँमा मंगलबार बताउनुभएको हो ।
मन्त्री पुनगरले एकात्मक राज्यव्यवस्थाले उत्पीडन पारेको बताउँदै त्यसको विकल्पमा संघीय, समावेशी, समानुपातिक, सहभागीतात्मक व्यवस्था प्रणालीको सँस्थागत गरिएको बताउँदै अब त्यसबाट सबैको अधिकार प्रत्याभूति हुने बताउनुभयो । मन्त्री पुनमगरले भन्नुभयो–‘संघीय, प्रदेश र स्थानीयतहको सहकार्यमा देश विकासका तीव्र रुपमा भइरहेको, अझै देशको विकास र समृद्धीलाई पहिलो प्राथमिकता राखेर काम गर्नेछौँ ।’
सबै नेपाली शिक्षा, स्वास्थ्य आधार भूत आवश्यकताहरु पूरा गर्ने गरी काम गरिरहेको बताउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को आभियानलाई सञ्चालनलाई गरिएकोले यही सरकारकै पालामा सबल नागरिक बनाउने लागि परेको दावी गर्नुभयो ।
रोल्पा जिल्लाबाट निर्वार्चिच हुनुभएका मन्त्री पुनमगरले रोल्पा विकास विगतभन्दा निकै कायपलट नै भएको दावी गर्नुभयो । अझै जनताको चाहना र आफ्नो सोच अनुसार गर्न वाँकी रहेको बताउनुभयो । मन्त्री पुनमगरले भन्नुभयो–‘रोल्पा शिक्षा, स्वास्थ्य, यातायात, हवाई मार्गको विकास भएको छ, रोल्पा जिल्ला सवै घर परिवारमा विद्युत बल्दैछन्, माडी जलसाययुक्त आयोजना शुरु भएकोछ, शहीदमार्ग होलेरीदेखि दार्वाेट सम्म कालोपत्रे हुँदैछ, मदन भण्डारी राजमार्ग रोल्पाको सदरमुकाम हुदै घर्तीगाउँ सल्यानबाट पास भइसको छ, पर्यटन, सञ्चार क्षेत्र निकै विकास भएको छ ।” रोल्पा जिल्लाको विकासमा सधै लागि परेको र आगामी दिनमा पनि निरन्तर लाग्ने बताउनुभयो ।
‘राजाको छोरामात्रै राजा हुने दिन गए’
–पूर्व सभामुख ओनसरी घर्तीमगर


यसैगरी कार्यक्रमा विशिष्ट अतिथि पूर्व सभामुख ओनसरी घर्तीमगरले विगतको राज्य व्यस्थाले राजाको छोरा बाहेक अरु कसैलाई पनि राज्यको अभिभावक स्वीकार्न नसक्ने केन्द्रीकृत राज्य व्यवस्थाले नेपाललाई पहाडी बनाएको बताउँदै त्यसका विरुद्धमा विगतको जनयुद्ध र जनआन्दोलनका लडिएको स्पष्ट पार्नुभयो । उहाँले उहाँले विगतको जनयुद्ध र जनआन्दोलनमा वर्गिय, जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनको विरुद्धमा लडिएको स्मरण गराउँदै अब समानुपातिक, समावेशी, गणतन्त्र निर्माण भएकोले सँस्थागत गर्ने बताउनुभयो ।
उहाँले विगतमा नागरिकको कुनै पनि राज्यसत्तामा पहँुच नभएको भन्दै भन्नुभयो–‘विगतको जनयुद्ध र जनआन्दोलनका कारणबाट आज एउटा नेपाली नागरिकको छोरा छोरीले पनि देशको राज्यसत्ताको नेतृत्व गर्न सक्छ, त्यस प्रकारको राज्य प्रणालीको विकास गरेको छ । अब सबै प्रकारका विभेद अन्यका लागि निरन्तर लागेका छौँ, विगत भन्दा सकरात्मक बन्दै गएको छ ।’
पूर्व सभामुख घर्तीमगरले सबै नेपाली जनताको राज्यसत्तामा पहँुच पु¥याउनको लागि गरिएको राज्यव्यवस्था परिवर्तनको आन्दोलन सफल भएको बताउँदै भन्नुभयो–‘आज रोल्पाबाट पनि देशको नेतृत्व गर्न सक्छ, दलित, जनजाती, महिलाहरु पनि कर्मचारी क्षेत्रमा नाम निकाल्न सक्छ त्यसैले गर्दा अब त्यता ध्यान दिनु पर्दछ । ’
‘शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्दछ’

जयपुरी घर्तीमगर
सभापति
स्वास्थ्य तथा शिक्षा समिति

यसैगरी विशिष्ट अतिथि स्वास्थ्य तथा शिक्षा समितिका सभापति जयपुरी घर्तीमगरले नेपाली हरके नागरिकलाई शिक्षा र स्वास्थ्यको अधिकार ग्यारेण्टी गर्नु पर्ने बताउनुभयो । नेपाल सरकारले सबै नेपालीलाई शिक्षा र स्वास्थ्यको अधिकार व्यावहारिक रुपमा कार्यन्वय गर्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार लगायतको सहकार्यमा हुने भएको बताउनुभयो ।
‘नमूना प्रदेश बनाउँछाँै’


–कुलप्रसाद केसी
मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्री प्रदेश नं. ५
कार्यक्रमका विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ले नेपालको नमूना प्रदेशका निर्र्माणका लागि निरन्तर लागेको बताउँदै सम्बृद्ध प्रदेश खुसी प्रदेशबासीको नारालाई सार्थक बनाउनको लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम गरि अगाडि बढिरहेको बताउनुभयो ।
उहाँले यस वर्ष स्वाथ्यलाई आम नागरिकको जीवनस्तरसम्म पु¥याउनको लागि लुम्वनीलाई अस्पताललाई ६ अर्वको गौरवको आयोजनामामा राखेको बताउनुभयो । साथै ७३ वटा गाउँपालिकालाई शिक्षा क्षेत्रमा प्राथमिकता दिएको बताउनुभयो । साथै शिक्षा, स्वास्थ्यको विषयलाई प्राथमिकता दिएपछि मात्रै सबल नागरिक बन्न सक्ने बताउनुभयो ।
उहाँले प्रदेश एक्पोबाट प्रदेश सरकारबाट गरेको काममालाई पहिलो प्राथमिकता दिने बताउनुभयो । उहाँले माडी गाउँपालिकाले शैक्षिकहवको रुपमा विकास गर्नका अनुरोध गर्नुभयो । उहाँले शैक्षिक र स्वास्थ्यको विकासका लागि प्रदेश सरकार लागि रहेको बताउनुभयो ।

‘ कृषि र पशुपालनमा ध्यान दिनुपर्दछ’

– दिपेन्द्र पुनमगर
प्रदेशसभा सदस्य प्रदेश नं. ५
प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगरले रोल्पा जिल्लाको समग्र विकासका लागि आफूहरुले योजना निर्माण गरिरहेको बताउनुभयो । साथै सबै गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाईं नै पहिलो प्रामिकता दिएर अगाडि बढ्नु पर्ने बताउँदै गाउँपालिकाहरुले त्यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो । साथै उहाँले माडी गाउँपालिकामा कृषि र पशु पालन क्षेत्रमा लगानी गर्दै किसानको जीवनस्तर बढल्नु पर्ने बताभयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीमगर, परिवर्तन गाउँपालिकाका अध्यक्ष हितकुमारी बुढामगर, प्रमुख जिल्ला अधिकारी लक्ष्मण चौधरी, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, सचिव हरी प्रसाद घर्तीमगर, नेपाली कांग्रेसका टेकबहादुर विक लगायत सरकारी तथा गैर सकारी कार्यालयका प्रमुख एवं प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।


कार्यक्रम माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरको अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष घनीकला बुढामगरले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन विरसिंह वलीले गर्नुभएको थियो ।

कार्यक्रममा माडी २ का आमा समूहले स्वागत गीत गाउँनुभएको थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले साँस्कृति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिका विभिन्न वडाबाट झाँकीका साथ सहभागी भएको थिए । शैक्षिक मेलामा गाउँपालिका भित्र रहेका विद्यालयले शैक्षिक सामग्री प्रर्दशनी गरिएको थियो । आयोजकका अनुसार करिव ५ दिनसम्म सञ्चालन हुने बताएको छ ।

You may also like