अज्ञात रोगबाट बाख्रा मरेपछि कृषक चिन्तित

अज्ञात रोगबाट बाख्रा मरेपछि कृषक चिन्तित
चित्र वियोग झाँक्री मगर
असाेज ३ गते (फगाम) रोल्पा


This image has an empty alt attribute; its file name is g2.jpg

रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम रोल्पामा अज्ञात रोगले बाख्रा मरेपछि कृषकहरु चिन्तित बन्नेका हुन् । बाख्रा कुन रोगबाट मरेको भन्ने कुराको अझैसम्म पहिचान हुन सकेको छैन ।
यस वडामा गत असारदेखि बाख्राहरु धमाधम मर्न सुरु गरेपछि बाख्रा व्यवसायीहरु निकै चिन्तित भएका हुन् । कृषकहरुको आम्दानीको मुख्य स्रोतमध्ये पशुपालन पनि एक मुख्य स्रोतको रुपमा लिइन्छ । यस ठाउँका कृषकहरुले अन्य पशुभन्दा बाख्रा पालन गर्दै आएका छन् । तर, दुःखको कुरा आजभोलि अज्ञात रोगले बाख्राहरु मर्न थालेपछि बाख्राको खोर रित्तो भएको छन् । मरेका ब्राखाहरु २ दिनदेखि १ हप्तासम्म विरामी हुने, टाउको सुनिने, पखाला लाग्ने आदि लक्षण देखिएपछि मर्ने गरेका छन् ।

This image has an empty alt attribute; its file name is g1-1.jpg

स्थानीय कृषक चुडामणी पुनमगरले भन्नुभयो,‘मेरो १५ ओटा बाख्रा मरेका छन् । ति बाख्रा मर्दा झण्डै रु ९० हजारदेखि रु १ लाखसम्मको नोक्सान भयो । विगतको वर्षहरुमा प्रत्येक वर्ष रु ४०÷५० हजारको बोका बेचेर आम्दानी हुन्थ्यो । यस बर्ष कमाई केहि छैन लकडाउन छ चाडपर्व आयो खर्च जुटाउनु अप्ठेरो भयो ।’ यस वडाकै भोविन्द्र पुनको पनि दिनमा ओटा बाख्रा मरेको बताउनुभयो ।
त्यस्तै सुनिता बि.क.को श्रीमानले विदेशमा पसिना बगाएर कमाएको पैसाले ५ ओटा उन्नत जातको बाख्र खरिद गरि बाख्रा पालन गर्नुभएको थियो । तर, पहिलो वर्षमै ति बाख्रा गरेका बाख्राहरु मरेको भन्दै गुनासो गर्नुभयो । यस वडामा अहिलेसम्म करीव १६० ओटाभन्दा बढी बाख्रा मरेका छन् । यसबाट कृषकहरु बाख्रा पालनप्रति निकै निराशा उत्पन्न कृषि सुनिता बि.क.ले बताउनुभयो । विरामी बाख्राको उपचारको लागि एग्रोभेतबाट औषधि समेत किनेर प्रयोग गरिसकेको त्यसको प्रभाव भने केहि नभएको बि.क.को भनाई छ । यस्तो समस्यामाथि सम्बन्धि निकायको ध्यान नपुगेको गुनासो स्थानीयहरुले गर्न थालेकाछन् ।
यस गाउँपालिका पशु शाखा पशु सुन बहादुर पुनमगरले वर्षाको कारणले बाख्राहरुको स्वास्थ्य अवस्था कम्जोर हुने भएकोले विभिन्न रोगले सजिलै आक्रमण गर्न सक्छ । त्यसैले उनीहरुलाई उचित खानपिन बस्ने खोर आदिको राम्रो व्यवस्थापन गर्दा केही हद्सम्म सुरक्षित हुने बताउनुभयो । लक्षणको आधारमा पशु कार्यालय पोबाङबाट निःशुल्क औषधि वितरण भइरहेकोले सेवाग्राहीलाई कार्यालयमा सम्पर्क गर्न उहाँले भनुरोध गर्नुभयो । तर, कुनै पनि पशुको रोग पहिचानको लागि स्याम्पल परीक्षण गर्नुपर्ने भएमा बाहिर पठाउन सकिने अधिकृत पुनमगरको भनाई छ । यस गाउँपालिकाको पशु कार्यालयमा पाँच जना कर्मचारीको दरबन्दी भए पनि चार जना कर्मचारी खाली रहेको उहाँले बताउनुभयो । आफू फिल्ड जादा कार्यालय बन्द गरि जानुपर्ने बाध्यता भएको पुनमगरको भनाई छ । यस गाउँपालिकाको पशु कार्यालयमा पाँच जना कर्मचारीको दरबन्दी भए पनि चार जना कर्मचारी खाली रहेको उहाँले बताउनुभयो । आफू फिल्ड जादा कार्यालय बन्द गरि जानुपर्ने बाध्यता भएको पुनमगरको भनाई छ । कार्यालयबाट सेवा प्रबाह गर्न खोज्दा फिल्डको कार्यक्रम गर्न नसक्दा सेवाग्राहीको सेवामा प्रभाव परेको उहाँले बताउनुभयो ।

You may also like