कमर्सियल आर्टिस्ट संघ रोल्पाको संयोजकमा गञ्जबहादुर पुन (अमर) चयन

रोल्पा समाचारदाता
पौष ९ गते, लिबाङ

This image has an empty alt attribute; its file name is amar-daju.jpg

चित्रकार र आर्टिष्टहरु पहिलो पटक रोल्पामा संगठिन भएका छन् । केन्द्रमा विगतदेखि नै सञ्चालन तथा क्रियाशील भएपनि रोल्पामा रोल्पामा पहिलो पटक २०८० साल पौष ७ गते शनिवारका दिन नेपाल कमर्शियल आर्टिस्ट संघ जिल्ला शाखा रोल्पाको पहिलो बैठक वरिष्ठ आर्टिष्ट चित्रकार तथा लोगो डिजाइनर रामचन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको भेलाले रोल्पामा प्रख्यात त्रिवेणी आर्टका प्रोपराइटर गञ्जबहादुर पुनमगर (अमर) संयोजकत्वमा नेपाल कमर्शियल आर्टिष्ट संघ रोल्पा शाखा गठन गरेको छ ।
भेलाले उप संयोजक भिमराशी गुरुङ र सचिव देउमन रोकाक्षेत्री कोषाअधयक्षमा यामबहादुर बुढामगर सदस्यमा दलबहादुर रोकामग, सुनिल बुढामगर, श्री नारायण चौधरी, महेन्द्र पुनमगर, विकल गुरुङ, इच्छा बुढामगर, विजय थाामगर, नरेन्द्र विक, कमल घर्तीमगर रहनुभएको छ ।
प्रथम भेलाले बरिष्ठ सल्लाहकारमा रामचन्द्र श्रेष्ठ, कानूनी सल्लाहकारमा दामु मर्सि फूल (दामोदर सुवेदी), प्रेस सल्लाहकारमा मानसिंह विश्वकर्मा, विशेष सल्लाहकार परशुराम घर्तीमगरलाई नियुक्त गरेको छ । बैठकले आगामी करिव ३ महिनामा प्रथम साधारण सभा गर्ने, जिल्लाभरीका आर्टिष्टहरुलाई केन्द्रीत गर्ने, मूल्य सूची कायम गर्ने लगायतको निर्णय गरेको संयोजक अमरबहादुर पुनमगरले बताउनुभयो । यस कार्यले जिल्लाभरीका आर्टिष्टहरुको एकता र काम कार्यमा दक्षता समेत लिने विश्वास गरिएको छ ।

You may also like