सुनिलस्मृति गाउँपालिका ५ नंं वडामा जातिय छुवाछुत सम्बन्धि जनचेतनामुलक कार्यक्रम

सुनिलस्मृति गाउँपालिका ५ नंं वडामा जातिय छुवाछुत सम्बन्धि जनचेतनामुलक कार्यक्रम
भरत नेपाली
घोडागाउँ–रोल्पा

This image has an empty alt attribute; its file name is 0-1024x576.jpg


असार २० गते, सुनिलस्मृति गाउँपालिका ५ नंं वडामा समाजमा कायम रहेको जातिय विभेद अन्त्य गरि छुवाछुतमुक्त वडा घोषणा गर्नको लागि चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि सुनलिस्मृति गाउँपालिका कार्यपालिका सदस्य तुल्सि सुनारले जन्मदैमा कोहि पनि दलित वा क्षेत्री भएर नजन्मिने जातीय प्रथा समाजले बनाएकोले हुँदा यसलाई सदाको लागि अन्त्य गर्न दलित समुदाय नै सबै भन्दा पहिले सचेत हुनुपर्ने बताउनुभयो ।
त्यसैगरी वडा अध्यक्ष नवराज थापाले सदयौदेखि नेपाली समाजमा जातको आधारमा गरिदै आएको विभेदलाई सदाको लागि अन्त्य गरि समान र समतामुलक समाज निमार्ण गर्न वडा कार्यालय आयोजनामा दलित र गैर दलितहरु बीच चेतनामा वृद्धिगर्नको लागि उक्त कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले वडाको केहि बस्तीहरुमा दलित–दलित बीचमा पनि विभेद कायमै रहेकाले विभेद अन्त्य गर्नको लागि सर्वोप्रथम आफुबाट नै परिवर्तन गर्नुपर्ने र एक्काइ सौं शताब्दीमा पनि मान्छे–मान्छे बीच विभेद हुनु लज्जास्पद भएकोले अब जातको आधारमा नभै चेतना र सरसफाइको आधारमा मानिसको वर्गीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अन्य वडाभन्दा यस वडामा जातिय विभेद कम रहेकोले निकट भविष्यमै यस वडालाई छुवाछुतमुक्त वडा घोषणा गरि विभेद अन्त्य गर्न यस वडाले नेतृत्व गर्ने वडा कार्यालयले बताएको छ । यस कार्यक्रममा दलित र गैर दलितको सहभागिता रहेको थियो । गाउँपालिका र जिल्ला मै जातिय विभेद अन्त्यको सन्देश दिनको लागि सहभोज समेत गरिएको थियो ।

You may also like