सहुलियतमा गुणस्तरीय चामल वितरण गरेपछि खाद्य सँस्थानकाे जनताकाे माग बढ्याे


रोल्पा समाचारदाता
असार २ लिबाङ

सहुलियतमा गुणस्तरीय चामल वितरण गरेपछि खाद्य सँस्थानकाे जनताकाे माग बढ्याे
कोरोना महामारीको संकटको बेला नेपाल खाद्य सँस्थान रोल्पाले सहुलियमा चामल वितरण गरेपछि सेवाग्राहीको नजरमा खाद्य सँस्था परेको छ । ३१ गतेसम्म नेपाल खाद्य सँस्थान रोल्पाले वितरण गरेपछि सेवाग्रहीको भिड लागेको हो ।
बजारमा महंगोमा पाइने स्क्रीन जिरा मसिनो चामललाई १६०० खरिद मूल्य पर्दछ । खरिद मूल्यमा २० प्रतिशत ३२० रुपैया छुट दिएर मा १२८० मा प्रदान गरेपछि सेवाग्रहीको भिड बढेको थियो । सरकारले पठाएको चामल सबैले मन पराएर भिड बढेको, जनताको माग अनुसार प्रदान गर्न कठिन भएको खाद्य कार्यालय रोल्पाले बताएको छ । लक दाउनको अबधीमा २ हजार ९ सय २४ घर परिवारलाई ७६०.३० क्वीन्टल चामल वितरण गरेको खाद्य सँस्थान रोल्पाका प्रमुख बुद्धिराम चौधरीले बताउनुभयो । जनताको अत्याधिक माग रहेकोले थप पठाउनको लागि सरकारसँग आग्रह गरेको बताउनुभयो ।
चामलसहुलियतमा पाएपछि रोल्पा नगरपालिका वडा नं.४, २, ७, ९, १०, लगायतका स्थानीय जनताहरु दिनभरी लाईन लागेर पनि चामल लगेका थिए । सेवाग्रहीले बजारमा महगो भएकोले आर्थिक रुपमा पनि ठीक भएको बताउँदै आफूहरु लिन आएको बताएका थिए ।
खाद्य सँस्थाले रोल्पाले वितरण गरेको खाद्य चामल गुणस्तरीय र मूल्यमा सहुलियत भएकोले गर्दा सेवाग्रहीलले मन पराएकोले आवश्यकता आधारमा प्रदान गरेमा जनतालाई सहुलियत हुनेछ भने पहुचवालाहरुले एउटै व्यक्तिले धेरै जनाको नागरिकता लगेर धेरै कठ्ठा लिने भन्दा पनि आवश्यकताका आधारमा नागरिकतासहित स्वयम व्यक्ति नै उपस्थित भएमा दिने व्यवस्थापन गरेमा अझै राम्रो हुने सेवाग्रहीको भनाई छ ।
नेपाल सरकारले जनतालाई राहत नै दिने हो भने सधै यसरी लाग्ने मूल्य लिएर जनतालाई प्रदान गरेमा जनताले राहत पाउँने थिए की ?

You may also like