रोल्पाको दश स्थानीयतहरुले विशेष प्राथमिकता सहित शैक्षिक सत्र २०७६ को परीक्षा नतिजा प्रकाशनको तयारी

रोल्पाको स्थानीयतहरुले विशेष प्राथमिकता सहित शैक्षिक सत्र २०७६ को परीक्षा नतिजा प्रकाशनको तयारी
१४ वैशाख, लिबाङ–रोल्पा

नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित नियन्त्रणको लागि संघीय सरकारले २०७६ साल चैत्र ११ गतेदेखि हालसम्मको लक डाउनको कारण शैक्षिक शैत्र २०७६ परीक्षा नतिजा प्रभावित भएको छ । तर, अवस्था अनुसार जिल्लाका स्थानीयतहरुले नतिजा प्रकाशनको तयारी गरिरहेका छन् ।
हालसम्म यस जिल्लामा कोरोना भाइरसको संक्रमित भेटिएका छैनन् । तर, जिल्ला बाहिरबाट हजारौं मानिसहरु भित्रिएकाहरु क्वारेन्टाइनमा राखिएका छन् भने केही मानिसहरु होम क्वारेन्टाइनमा बसेका छन् । अब ति मानिसहरुको ¥यापिड परीक्षणबाट संक्रमित भएको वा नभएको निर्धारण हुनेछ । यो समयमा सजक बन्न त आफ्नो ठाउँबाट सबै सक्रिय बन्नु पर्छ । लक डाउन कार्यन्वयनसँग कर्मचारीहरु घरमै बसेका छन् । विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्दा नतिजा सहित अन्य शैक्षिक गतिविधिहरु प्रभावित भएका छन् । लक डाउनको समयमा धेरै कर्मचारीहरु सम्बन्धित स्थानीयतहमा दैनिक उपस्थिति भएका छन् भने केही कर्मचारी घर बसिरहेका छन् । परीक्षाको नतिजा निर्धारित समयमा प्रकाशन नहुँदा परीक्षार्थीहरुमा मानसिक तनाब ग्रष्ट छन् । परीक्षार्थीहरुको मानसिक तनाब ग्रष्ट अवस्था अन्त्यको निम्ति पनि नतिजा प्रकाशन गर्नुको कुनै विकल्प छैन । नतिजा प्रशाशनको कहिलेसम्म तयारी भएका छन् । यस जिल्लाका ९ ओटै स्थानीयतहका शिक्षा शाखा प्रमुखसँग सम्पर्क गरी समाचार तयार गरिएको छ ।
शिक्षा विकाश तथा समन्वय इकाई रोल्पा
दुर्गाबहादुर खड्का
शिक्षा विकास तथा समन्वय इकाई रोल्पा प्रमुख
नोबेल कोरोना भाइरस (कोभिड–१९) को कारण शैक्षिक सत्र २०७६ परीक्षा र परीक्षा नतिजा प्रकाशन प्रभावित परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दुर्गाबहादुर खड्काले बताउनुभयो । ‘शैक्षिक सत्र परीक्षामा सहभागि भएका विद्यार्थीहरुले नतिजा कस्तो आउँछ भन्ने चिन्तित बन्नेको अवस्थामा भाइरसको अवस्था अनुसार सामाजिक दुरी कायम गरी नतिजा प्रकाशन गर्न सकिने भएको अब केही दिनमा नतिजाहरु प्रशासन भई सक्ने छन्, नतिजा प्रकाशनको समयमा विद्यालयहरुले फेस बुक, स्थानीय रेडियो, भिडिमाड नहुने नगरी विद्यालयको सूचना पार्टी, फोन सम्पर्क, अनलाइन, पत्रिका माध्यमहरुको प्रयोग गर्दै परीक्षाको रिजल्ट प्रकाशित गर्न सकिन्छ,’उहाँले भन्नुभयो ‘शिक्षा विकास तथा समन्वय इकाइ संघीय सरकारको निकाय भएको हुँदा संघीय सरकारको परिपत्रको आधारमा अगाडि बढ्न हो ।’ उहाँले भन्नुभयो,‘डाउनको समयवधि थप हुँदै गएको सन्दर्भमा विद्यालयहरु सञ्चालन गर्न सकिएन भने विभिन्न प्रविधिको माध्यमबाट विद्यालय सञ्चालन गर्न सकिने कार्यालयलाई संघीय सरकारबाट परिपत्र भएको छ । सोही परिपत्र अनुसार यस जिल्लाको प्रत्येक स्थानीयतहमा कुन–कुन प्रविधिको प्रयोगको पहुँच छ भनेर स्थानीयतहहरुसँग समन्वय गरी भोलिसम्म शिक्षा तथा मानव स्रोत केन्द्रमा पठाउने तय गरेको छ ।’ यस जिल्लामा एसइइ परीक्षार्थीहरुलाई सामाजिक अभियान्ताहरुले मध्यनजर गरी दुर शिक्षा कार्यक्रम सञ्चालन गर्नु यस जिल्लाको गौरवको विषय हो । सरकारी निकायबाट नै दुर शिक्षा कार्यक्रम सञ्चालन नहुँदा सामाजिक अभियान्ताबाट दुर शिक्षा कार्यक्रमले परीक्षार्थीहरुलाई लक डाउनको समयमा परीक्षाको तयारीमा थप सहयोग पुग्ने इकाइ प्रमुख खड्काले बताउनुभयो । संविधानले स्थानीयतहलाई आधारभूत तथा माध्यमिकतहसम्मको अधिकार प्रत्याजन गरेको हुँदा यि दुई तहको शिक्षाको सम्बन्धि कार्य सम्पादन स्थानीयतहहरुकै जिम्मेवारी हो भने शिक्षा विकास तथा समन्वय इकाई रोल्पाले स्थानीयतहहरुसँग थप समन्वय गर्दै आएको उहाँले बताउनुभयो । लक डाउनको अवस्था अनुसार शैक्षिक सत्र २०७६ परीक्षाको नतिजा प्रशासनमा यस कर्यालयले समन्वय गर्दै आएको छ, सोही अनुसार स्थानीयतहरुले नतिजा प्रकाशनको तयारी गरिरहेको हुँदा अब केही दिनभित्रै नतिजा प्रशासन भई सक्ने समेत इकाइ प्रमुख खड्काले बताउनुभयो ।
रोल्पा नगरपालिका कार्यालय रोल्पा
उप सचिव महेन्द्र पराजुली
शिक्षा शाखा प्रमुख
नगर शिक्षा शाखा प्रमुख उप सचिव महेन्द्र पराजुलीले भन्नुभयो,‘नगर शिक्षा शाखा कार्यालयले नगर स्तरीय परीक्षा कक्षा ५ र कक्षा ८ को परीक्षा नतिजा प्रकाशनको तयारी तीव्र तयारीमा भएको छ । केन्द्रीय नीति अनुसार लक डाउन खुलेको एक हप्ताभित्र नगर स्तरीय परीक्षा र विद्यालय स्तरको परीक्षा नतिजा एक दिन प्रकाशसन गर्ने तयारी भएको छ ।’ नगर शिक्षा समिति शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशनको निम्ति लक डाउनमा पनि नियमित कार्य भइरहेको छ । तयारी पूरा भएको खण्डमा सा दुरी कायम गर्दै विभिन्न प्रविधिको प्रयोगबाट नतिजा प्रकाशन गर्ने उहाँले बताउनुभयो । भाइरसको संकटको समयमा सुरक्षितपूर्वक घर बस्नका लागि अभिभावक र विद्यार्थीहरुल सहित नगरबासीहरुलाई हार्दिक अनुरोध गर्नुभयो ।
थबाङ गाउँपालिका कार्यालय शिक्षा शाखा कार्यालय, रोल्पा
धनबहादुर वली
शिक्षा शाखा प्रमुख
थबाङ गाउँपालिका कार्यालय शिक्षा शाखा कार्यालयले गाउँपालिकाका स्तरीय कक्षा ८ को नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको शिक्षा शाखा प्रमुख धनबहादुरले वली बताउनुभयो । उहाँले यस गाउँपालिकाका केही विद्यालयहरुले नतिजा प्रकाशन गरी सकेका छन् भने केही विद्यालयहरुले नतिजा प्रकाशन बाँकी भएको हुँदा सामाजिक दुरी कायम गर्दै नतिजा प्रकाशनका लागि शिक्षा शाखाले निर्देशन गरी सकेको उहाँले जानकारी दिनुभयो । शैक्षिक सत्र २०७७ को भर्ना सहित शैक्षिक गतिवधिहरु सञ्चालनको निम्ति संघीय सरकारको निर्देशनको पर्खामा रहेको बताउनुभयो । शिक्षा शाखा प्रमुख वलीले गाउँपालिका सबै विद्यालयका शिक्षकहरुलाई यो लक डाउनको समयमा विद्यार्थीहरुको आत्म बल वृद्धिको लागि नियमित विद्यार्थीको सम्पर्कका रहन समेत निर्देशन गरेको जानकारी दिनुभयो ।
परिवर्तन गाउँपालिका शिक्षा शाखा कार्यालय, रोल्पा
लोक कुमार श्रेष्ठ
शिक्षा शाखा प्रमुख
शिक्षा शाखा प्रमुख लोक कुमार श्रेष्ठले भन्नुभयो,‘यस गाउँपालिकामा सञ्चालित गाउँपालिका स्तरीय कक्षा ५ र कक्षा ८ को उत्तर पुस्तिका चेक जाँच भइसकेक छन् । अब मार्कसिट तयारी गरी परीक्षा समितिको बैठकबाट पारित निर्णय अनुसार नतिजा प्रकाशन तयारी भएको छ । यस गाउँपालिकाका विद्यालयहरुले पनि नतिजा प्रकाशन गरेको छैनन । तर, प्ररम्भिक कार्यहरुलाई तीव्रता दिएका छन् ।’ अब लक डाउन खुलेको एक हप्ताभित्र शैक्षिक शत्र २०७६ परीक्षाको नतिजा प्रशाशन हुने उहाँले बताउनुभयो ।

त्रिवेणी गाउँपालिका शिक्षा शाखा कार्यालय रोल्पा
अमृता बुढाथोकी
शिक्षा शाखा प्रमुख
‘नोबोल कोरोना भाइरस (कोभिड–१९) को कारण नयाँ शैक्षिक सत्र २०७७ ढिलो भइसकेको छ, शिक्षा शाखाले सोही कुरालाई मध्यनजर गर्दै गाउँपालिका स्तरीय कक्षा ८ को नतिजा अलनाइन माध्यमबाट प्रकाशनको तयारी गरेको छ । गाउँपालिकाका विद्यालयहरुलाई पनि शैक्षिक सत्र २०७६ को नतिजा प्रशासनका लागि शिक्षा शाखा कार्यालयले आवश्यक समन्वय गरिरहेको छ,’ शिक्षा शाखा प्रमख अमृता बुढाथोकीले भन्नुभयो । उहाँले गाउँपालिकाका विद्यालयहरुले नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा गरी सकेका छन् भने केही विद्यालयहरु क्वारेन्टाइनको रुपमा प्रयोग गरिदा नतिजा तयारमा प्रभाव परेको बताउनुभयो । परीक्षाको नतिजा लामो समयसम्म प्रकाशन नहँुदा विद्यार्थीहरुमा पनि चिन्ता वा भय उत्पन्न हुने भएको हुँदा जटि सकिन्छ, त्यति चाडो प्रविधिको माध्यमबाट नतिजा प्रकाशनका लागि शिक्षा शाखा प्रत्यन रहेको बताउनुभयो । नतिजा प्रकाशनको सन्दर्भमा संघीय सरकार र प्रदेश सरकारबाट शिक्षा शाखा कार्यालयलाई कुनै निर्देशन त आएको छैन । तर, शिक्षा शाखाले नतिजा प्रकाशानको तयारी जुटेको उहाँले जानकारी दिनुभयो ।
रुन्टीगढी गाउँपालिका शिक्षा शाखा कार्यालय, रोल्पा
अञ्जु शर्मा
शिक्षा शाखा प्रमुख
‘यो गाउँपालिकामा हालसम्म गाउँपालिका स्तरीय परीक्षा कक्षा ८ को उत्तर पुस्तिका जाँच गरी नतिजा प्रकाशनको अन्तिम चरणमा शिक्षा शाखा पुगको छ । केही दिनमै शिक्षा शाखाले प्रविधिको प्रयोग गरी कक्षा ८ को नतिजा प्रकाशन गर्छ,’ शिक्षा शाखा प्रमुख अञ्जु शर्माले भन्नुभयो,‘गाउँपालिकाका विद्यालयहरुले पनि नतिजाको प्रकाशनको तयारीमा जुटेका छन् । तर, घर फर्किएकाहरुलाई राख्नका लागि क्वारेन्टाइन विद्यालयमा बनाउँदा नतिजा प्रकाशनको तयारीमा प्रभाव परेको छ ।’ नतिजाको विषयमा ति विद्यालयहरुहरुमा फोनबाट सम्पर्क गरी बुझ्न खोज्दा फोन सम्पर्कमा नेटवर्कको कारण सम्पर्क हुन नसकेको गुनासो उहाँले व्यक्त गर्नुभयो । समयमा नै नतिजा प्रकाशित नहुँदा विद्याथीहरुको मानसिक रुपमा समस्या उत्पन्न भएकोले नतिजा प्रकाशनको निम्ति शिक्षा शाखाले पहल र समन्वय गर्दै आएको बताउनुभयो । लक डाउन धेरै लामो समयसम्म लागू हुँदै गयो भने प्रविधिको प्रयोग गरी सबै विद्यालयको नतिजाहरु प्रकाशन गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
सुनिल स्मृति गाउँपालिका शिक्षा शाखा कार्यालय, रोल्पा
यादव के.सी.
शिक्षा शाखा प्रमुख
‘गाउँपालिका स्तरी परीक्षाको नतिजा र विद्यालयको नतिजा प्रकाशन विषयमा भोली प्र.अ. सँग छलफल कार्यक्रम तय भएको छ । त्यो छलफलबाट नै नतिजा प्रकाशनको अन्तिम निर्णय हुन्छ,’ शिक्षा शाखा प्रमुख यादव के.सी. भन्नुभयो । गाउँपालिकाका स्तरीय परीक्षाको नतिजा प्रकाशनको लागि शिक्षा शाखा अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । भोलि आयोजित प्र.अ.हरुसँगको छलफबाट शैक्षिक सत्र २०७६ परीक्षाको नतिजा कुन माध्यमबाट प्रकाशन गर्दा उपयुक्त हुन्छ भन्ने कुरा भोलि टुङ्गो लाग्ने शिक्षा शाखा प्रमुख के.सी.ले बताउनुभयो ।

सुनछहरी गाउँपालिका शिक्षा शाखा कार्यालय रोल्पा
सरस्वती भण्डारी
शिक्षा शाखा प्रमुख
‘हालसम्म नोबेल कोरोना भाइरस नियन्त्रणको लागि संघीय सरकारले लागू गरेको लक डाउनको कार्यरन्वयन छौं । अन्तिम पटक थप भएको लक डाउनको समयवधि के हुन्छ । सोही अनुसार शिक्षा शाखा कार्यालय क्रियाकलपा अगाडि बढाउँछ,’ उहाँले भन्नुभयो । गाउँपालिका स्तरीय कक्षा ८ को उत्तर पुस्तिका चेक जाँच गरी सम्बन्धित विद्यालयमा नतिजा तयारको लागि उत्तर पुस्तक पठाई सकेको छ । तर, लक डाउनको कारण नतिजा शिक्षा शाखासम्म उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । लक डाउन कसरी लागू हुन्छ सोही अनुसार शिक्षा शाखाको कार्य तीव्र रुपमा अगाडि बढाएर लक ढाउन खुलेको एक हप्ताभित्र गाउँपालिका स्तरीय र विद्यालयहरुको नतिजा प्रकाशन गर्ने शिक्षा शाखा प्रमुख भण्डारीले बताउनुभयो ।
गंगादेव गाउँपालिका कार्यालय
शिक्षा शाखा कार्यालय रोल्पा
लक डाउनको कारण शैक्षिक सत्रको परीक्षा नतिजा निर्धारत समयमा हुन सकेन । तर, लक डाउनको समयवधि थप हुँदै गएको सन्दर्भमा शिक्षा शाखा कार्यालय रोल्पाले प्रविधिको विभिन्न माध्यहरुको प्रयोग गरी नतिजा प्रकाशनको तयारी गरेको शिक्षा शाखा कार्यालयले बताएको छ । गाउँपालिका स्तरी कक्षा ८ को उत्तर पुस्तिका चेक गरी सम्बन्धित विद्यालयमा नतिजा तयारीको लागि पठाएको छ । तर, लक डाउनको कारण सम्बन्धित विद्यालयबाट नतिजा तयारी भई शिक्षा शाखामा आएको छैन । लक डाउनको म्याद थप पुनः भए नतिजा प्रकाशन कार्यलाई विशेष प्राथमिकता दिएर अगाडि बढ्ने शिक्षा शाखाको योजना छ । साथै गाउँपालिकाका सबै विद्यालयमा नतिजा प्रकाशनका लागि समेत कार्यालयबाट थप समन्वय गर्ने बताएको छ । पछिल्लो समयमा सयौं जना मानिसहरु घर फर्किएकालाई राख्न विद्यालयमा क्वारेन्टाइन बनाउँदा नतिजा प्रकाशनको कार्यमा प्रभाव परेको गाउँपालिका गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले बताउनुभयो ।
लुङ्ग्री गाउँपालिका कार्यालय, रोल्पा
शिक्षा शाखा कार्यालय, रोल्पा

गाउँपालिका स्तरीय कक्षा ८ र विद्यालयको नतिजा प्रकाशनको लागि गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले शिक्षा शाखालाई निर्देशन दिएको बताउनुभयो । उहाँको अनुसार नतिजा प्रकाशनको लागि आवश्यक तयारी तीव्र रुपमा अगाडि बढाएको जानकारी दिनुभयो । केही दिनमै शैक्षिक सत्र २०७६ को परीक्षा नतिजा प्रकाशित हुने गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो ।

You may also like