रोल्पाका अथक कम्युनिष्ट नेता पूर्णबहादुर रोका (गोरे) को निधनमा पूर्व सभामुखहरुद्वारा श्रद्धाञ्जली


रोल्पा समाचारदाता
१ असार रोल्पा


नेपाली कम्युनिष्ट आन्दोलनका एक योद्धा रोल्पा थबाङ निवासी पूर्णबहादुर रोका (क.गोरे) को कोरोना संक्रमणको कारणले आज थबाङमै निधन भएको छ । जीवनभरी निरन्तर कम्युनिष्ट विचार र सिद्धान्तमा अडिग रहदै उहारणीय व्यक्ति ७० वर्षिय पूर्णबहादुर रोका (क.गोरे) को आज दिउसो थबाङमै निधन भएको हो ।
कोरोनाको उपचार थबाङ गाउँकै आइशोलेशनमै उपचार गराउँदा गराउँदै खोकी, दमको रोगबाट पीडित भएकै कारणले उहाँलाई थप उपचारका लागि काठमाण्डौँ लग्ने भनेर थबाङबाट हिडाल्न खोज्दा मौसम प्रतिकुलताले पनि ढिलाई भएको थियो ।
२००६ साल भाद्र १२ गते कम्युनिष्टहरुको आधार किल्लाका रुपमा चिनिदै आएको थबाङमा जन्मिएर २०३२ साल नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । उहाँले गरिव वर्गको राज्य सत्ता स्थापना हुनु पर्दछ भन्ने मान्यता राख्दै कम्युनिष्ट विचारमा आस्था राख्न मानिसहरुलाई गोलबन्द गर्दै अउनुभएको थियो । उहाँ जनयुद्ध शुरु भएपछि जनयुद्धमा सहभागी हुनु भयो । वर्गसंघर्षका बेलामै बहिनी लली रोकालाई गुमाउनु भएको थियो । उहाँले लामो समयसम्म समाज सेवा गर्दै विभिन्न सामाजिक कार्य गरीै अगाडि बढ्नुभएको थियो । उहाँलाई एक असल कम्युनिष्ट आदर्श व्यक्तिका रुपमा लिन सकिन्छ । साधा जीवन उच्च विचार, पद र पैसाबाट कुनै पनि प्रवाह नगर्ने रोकाले थबाङको बारेमा धेरै पुस्तकमा लेख्नुभएको छ ।
उहाँको निधनले पूर्व सभामुख कृष्णबहादुर महरा, ओनसरी घर्तीमगर, नेता वर्षमान पुनमगर लगायतले समेत शोक व्यक्त गर्नुभएको छ । रोल्पा राजनीतिक सँगै विभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्नुभएको थियो ।

पूर्व सभामुख कृष्णबहादुर महराले शोक बक्तव्य

पूर्व सभामुख एवं रोल्पाली कम्युनिष्ट सँस्थापक नेता कृष्णबहादुर महराले पूर्णबहादुर रोकामगरको निधनले निकै मर्माहत बनाएको बताउँदै कमरेड पूर्णबहादुर रोका ‘गोरे’प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
सोमबार जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ–‘नेपाली कम्युनिष्ट आन्दोलनको एक महत्वपूर्ण केन्द्र तथा माओवादी जनयुद्धको ऐतिहासिक थलो रोल्पा थबाङका अग्रज कम्युनिष्ट नेता तथा किसान आन्दोलनका अगुवा कमरेड पूर्णबहादुर रोका ‘गोरे’ को मिति २०७८।०३।०१ गते भएको असामयिक एवं दुखद निधनले मलाई अत्यन्तै स्तब्ध बनाएको छ । मेरो राजनीतिक सहकर्मी तथा रोल्पा थबाङ निवासी रोकाको निधनले थबाङ तथा आम रोल्पाली जनतालाई समेत अपूरणीय क्षति पुगेको छ । ’
पूर्व सभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराद्वारा हस्ताक्षर विज्ञप्तीमा भनिएको छ ः–‘यस घडि समाज परिवर्तनको महायात्रा सँगै होमिदा उहाँको अत्यन्तै क्रान्तिकारी चेतना तथा जनताप्रति उत्तरदायी भावनाको म स्मरण गर्न चाहन्छु । परिवर्तनकारी महान जनयुद्धका शहीद कमरेड लली रोकाका दाजु समेत रहनुभएका रोकाको निधनले थवाङका जनताले एक जना नेता मात्र होइन आफ्नो क्षेत्रको एक कुशल अभिभावक गुमाएका छन् । ’
महराको निष्कर्षमा राजनीतिक हिसाबले प्रष्ट तथा दूरदृष्टि भएका नेताको निधनले समग्र नेपाली कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउँदै दुःखको यस घडिमा कमरेड पूर्णबहादुर रोका ‘गोरे’प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजन तथा आम रोल्पाली जनताप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
यस्तै पूर्ण सभामुख ओनसरी घर्तीमगरले सामाजिक सञ्चाल मार्फत पूर्णबहादुर रोकाको निधन मर्माहत बनाएको बताउँदै रोकाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै यस्तै नेताहरुले पनि शोक व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।


पूर्ण बहादुर रोका साधा जीवन उच्च विचारको प्रतिनिधित्व गर्ने, परिवर्तनका लागि सधै निर्भिक भएर लड्ने रोकाको निधनले क्षति पु¥याएको छ नै त्यस प्रकारका सच्चा अभिवाक पाउन निकै कठीन रहेको रोकालाई नजिकबाट संगत गर्नेहरुको बताएका छन् ।

You may also like