१७ जना श्रमिक बालबालिकाहरुलाई खाद्यन्न वितरण

१७ जना श्रमिक बालबालिकाहरुलाई खाद्यन्न वितरण
भरत नेपाली
भाद्र २१ गते, घोडागाउँ रोल्पा ।

This image has an empty alt attribute; its file name is b1-1024x749.jpg

श्रमिक बालबालिकाहरुलाई समुदायमा पुर्न स्थापना गर्नको लागि टि.डि.एच नेपालको आर्थिक सहयोग तथा मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको समन्वय र सुनिल स्मृति गाउँपालिका १ नं. वडा कार्यालयको रोहवरमा आज घोडागाउँका १७ जना बालबालिबाहरुलाई खाद्यन्न वितरण गरिएको छ ।
यस वडा घोडागाउँबाट काठमाण्डौ, भक्तपरु, धादिङ र चितवनको विभिन्न इटा भट्टामा काम गर्न गएका १७ जना बालबालिकाहरु नोबेल कोरोना भाइरस (कोभिड–१९) को कारण गत चैत्रदेखि देश लडडान भएपछि उनीहरु घर फर्केका थिए । श्रममाबाट फर्केका बालबालिकाहरु र उनीहरुको परिवारमा अर्थिक अभावका कारण दैनिक खानाको समस्या परेले प्रतिव्यक्ति ५ हजार बराबरको चामल, दाल, तेल, नुन र साबुन वितरण गरिएको हो ।

This image has an empty alt attribute; its file name is b2-1024x576.jpg

श्रमबाट फर्किएर क्वारेन्टाइनमा बसेको समयमा उनीहरुसगैँ छलफल गरी तत्काल के समस्या रहेको छ, कस्तो सहयोग आवश्यक छ भनि स्याहार योजना बनाइएको थियो सोहि अनुसार बालबालिकाहरुको मागको आधारमा १७ जनाबालबालिकाहरुलाई ८५ हजार बराबरको खाद्यन्न सहयोग गरेको हुरेक रोल्पाले बताएको छ ।
त्यस्तै, वडाबाट नेपालका विभिन्न जिल्ला र भारत लगाएत अन्य मुलुकमा धेरै बालबालिकाहरु श्रममा गएको र धेरै बालबालिकाहरु लगडाउनको कारण घर फर्केका छन् । उनीहरुलाई समुदायमा पुर्न स्थापना गरी श्रमबाट मुक्तको लागि गाउँपालिका वडा कार्यालय र गैर सरकारी संस्था सबैको सहकार्य समन्वय गरी लाग्नु पर्ने वडा अध्यक्ष केशवलाल कवरले बताउनुभयो । साथै यस गाउँपालिकाको कार्यपालिकाले बालबालिकाको क्षेत्रमा वजेट विनियोजन गरी विभिन्न कार्यक्रमको र बाल अधिकार समिति कार्यविधि, निर्देशिका समेत गाउँसभाबाट स्वीकृत गरी कार्यन्वयमा रहेकोले बाल विवाह, बालश्रम, हिंसामा कमि आउने कार्यपालिका सदस्य तुल्सी सुनारले बताउनुभयो । कोभिड–१९ को कारण लक डाउनकोले परिवारमा आर्थिक समस्याले खाना लगाएत धेरै समस्या परिरहेको समयमा वडा कार्यालय, हुरेक रोल्पा तथा अन्य संस्थाद्धारा खाद्यन्न पाउँदा आपूmहरु धेरै खुसि भएको रीता बस्नेतले बताउनुभयो । हुरेक नेपाल रोल्पाले रोल्पाको यस गाउँपलिपका र सुनछहरी गाउँपालिकामा विगत एक वर्षदेखि विश्व शिक्षाको अर्थिक सहयोगमा सक्रिय परियोजना अन्र्तगत बालश्रम न्यूनिकरण, बाल संरक्षण लगाएतका कार्यक्रमहरु गर्दै आइरहेको छ । यस कार्यक्रममा वडा सदस्य मोहन विक्रम भण्डारी, वडा सचिव ऋषिकेश के.सी. लगाएत सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like