ड्वाक नेपाल र समता फाउण्डेशनद्वारा विपन्नलाई


रोल्पा समाचारदाता
जेठ ३०


दलित महिला सचेतन केन्द्र ड्वाक नेपाल र समता फाउण्डेशनको आर्थिक सहयोगमा रोल्पा नगरपालिका वडा नं. १ र ४ का विपन्न वर्गलाई राहत वितरण गरेको छ । कोरोना महामारी एवं संक्रमणको संकटको बेलामा विपन्न तथा लक्षित वर्गलाई राहत वितण गरेको हो ।
रोल्पा नगरपालिका वडा नं. १ र ४ वडा पालिकाको समन्वयमा रोल्पा नगरपालिका आर्थिक रुपमा विपन्न वर्ग अन्तर्गतका रोल्पा नगरपालिका वडा नं. १ का चन्द्रबहादुर वि.क., जनकी वि.क., निशा सार्की, रोल्पा नगरपालिका वडा नं. ४ का श्यामलाल वि.क., रामसरी परियार, सवरे वि.क., रोल्पा न.पा २ का सितली बि.कलाई प्रतिव्यक्ति २ नं. चामल, दाल २ के.जी, नुन १ पोका, तेल १ पोका वितरण गरिएको ड्वाक नेपालका अध्यक्ष रेखा सुनारले बताउनुभयो । राहत वितरण कार्य समय सान्दर्भिक रुपमा रहेको वडा कार्यालयले नै सिफारिस गरेका समुदायलाई नै वितरण गरेको रोल्पा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नबराज आचार्यले बताउनुभयो । यस्तै रोल्पा नगरपालिका वडा नं. १ का वडा अध्यक्षले जसको घरमा चुलो बल्ल कठीन भएको छ तीनै नागरिकलाई दिएको धन्यवाद सहित आगामी दिनमा पनि राहत कार्यक्रम लिनका लागि अनुरोध गर्नुभएको छ ।
यस्तै आगामी दिनमा पनि यस्तै विपन्न वर्गहरुलाई नै छनौट गरी राहत प्रदान गर्नका लागि पुनः वडा सचिव धर्मराज डाँगीले बताउनुभयो । यस्तै राहत पाएपछि रोल्पा नगरपालिका ४ का श्यामलाल बि.क.ले यसैले भए पनि केही दिन खान पाउने उनको भनाई छ ।

You may also like