गाउँपालिकाले अनियमितता गरेकाे छैन । नन्दबहादुर पुनमगर अध्यक्ष माडी गा‍पा‍

साउन ५ गते
लिबाङ–रोल्पा ।


माडी गाउँपालिका कार्यालय रोल्पाले कोभिड–१९ विशेष कृषि कार्यक्रममा बाहिर प्रचार भएको जस्तो अनिमतता नभएको भन्दै हिजो पत्रकार सम्मेलनबाट एक प्रेस विज्ञप्ती जारी भएको । कृषि कार्यक्रम गाउँपालिकाबाट प्रभावकारी कार्यन्वयन नभएको भन्दै वेरोजगार युवा समूह र नेपाली काँग्रेस पार्टी माडी गाउँपालिका रोल्पाले विरोध गर्दै आएका छन् ।


माडि गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले  विज्ञप्ती प्रस्तुत गर्दै भन्नुभयो,‘५ नं. प्रदेश सरकार नेपालको कोभिड–१९ विशेष कृषि कार्यक्रममा गाउँपालिकाबाट बाहिर प्रचार भए जस्तो अनिमितता भएको छैन । गाउँपालिकाले कार्यक्रम कार्यन्वयनको निर्देशिको आधारमा रही यस कार्यक्रम कार्यन्वयन भएको छ । कार्यालयबाट जारी सूचनाको समयवधिमा आएका ६८ ओटा आवेदनहरुलाई छनौट गरी ६७ ओटा आवेदन स्वीकृत भएका छन् । संकलित आवेदनको अनुगमन समेत वेरोजगार युवा समूहहरुको पदाधिकारीहरुलाई समेत अनुगमन गाउँपालिकाले दिएको छ । तर, कार्यालयबाट नै समस्याको समाधानको अन्तिम चरणमा पुगेको अवस्थामा ति असन्तुष्ट युवाहरुको मागलाई प्रतिपक्ष राजनीतिकदल नेपाली काँग्रेस माडी गाउँपालिका रोल्पाले राजनीतिकरणको नाममा सडकमा जानु आफैमा दुःखत कुरा हो ।’ ‘यो कार्यक्रम कार्यन्वयनको चरणमा गाउँपालिकाले अनिमितता नै गरेको छ भने आवश्यक प्रमाण जुटाएर अख्तियारीमा उजुरी गर्नुहोस् । होइन भने निर्देशिका अनुसार कार्यन्वयन भएको कार्यक्रममाथि प्रश्न उठाउ व्यवहारिक छैन ।

आर्थिक वर्षको चापसँग यो कार्यक्रम सहित अन्य कार्यक्रमहरु पनि समयमा सम्पन्न गर्नुपर्ने गाउँपालिकालाई बाध्यता थियो । यो वजेट कार्यन्वयन नभएको भए फ्रिज हुन्थ्यो । कम्तिमा पनि छोटो समयमा नै यो वजट फ्रिज हुनबाट त गाउँपालिकाले रोकेयो’उहाँले भन्नुभयो‘यो कार्यक्रममा माग गरेको कृषकहरुले पहिले नै प्राप्त रकम बराबरको लागनी गरी सोही अनुसारको विल भरपाई पेश गरेको खण्डमा मात्र उक्त रकम उपलब्ध छ । सम्बन्धित निवेदकले आवश्कय काजजात पेश नगर्दासम्म खाता पनि खुला हुँदैन । यो रकमको रकम हामी सबै जनाले आ–आफ्नो ठाउँबाट अनुगमन गरी प्रभावकारी बनाउन आवश्यक छ । यस्ता कार्यक्रम आगामी आर्थिक वर्षमा प्राप्त हुने भएका हुँदा नदोहोरिने गरी व्यवसायीक कृषकहरुलाई रकम उपलब्ध गाउँपालिकाबाट हुन्छ । गाउँपालिका सधै तपाईको साथ रही रहनेछ । गाउँपालिकामा प्रभावकारी कार्यक्रम सञ्चालनका लागि सरात्मक सल्लाह सुझावलाई आन्मसात गर्दै अगाडि बढ्ने छ ।’
गाउँपालिका अध्यक्ष नन्दबहादुर पुन मगरद्वारा जारी प्रेस विज्ञप्तीमा यस गाउँपालिकाबाट आर्थिक वर्ष २०७६÷२०७७ मा प्रदेश सरकारको कोभिड–१९ विशेष कृष कार्यक्रम अन्तर्गत हस्तान्तरित वजेट बमोजिम कार्यक्रम सञ्चालन भएको गाउँपालिकाबासीबाट गुनाँसो भएको र सोही विषय लिएर विरोध प्रदर्शन समेत भएको सम्बन्धमा यस गाउँपालिकाबाट सो विषय बारे सरोकारवालाहरुलाई स्पष्ट बनाउनु आवश्यक देखिएको छ, मिति २०७७ साल जेठ महिनाको १७ मा ५ नंं. प्रदेश सरकार नेपालबाट कोभिड–१९ विशेष कृषि कार्यक्रम सञ्चालनका लागि पत्र भएको मिति २०७७ साल जेठ महिनाको १८ गतेमा गाउँपालिका कार्यालयको बैठकबाट कार्यक्रम कार्यन्वयन गर्ने निर्णय भएको, कृषि समूह सहकारी, व्यक्तिगत कृषि फर्म, विदेशबाट फर्किएको र कृषि कार्यमा संलग्न भएकाहरुले आवदेन दिने गरी मिति २०७७ साल जेठ महिनाको २२ गतेमा १५ दिने सूचना प्रकाशन भएको मिति २०७७ असार ५ गतेसम्म जम्मा ६८ ओटा आवेदन परेकोमध्ये ६७ ओटा प्रस्ताव स्वीकृत भएको, मिति २०७७ साल असार महिनाको १५ गतेसम्म सम्झौता गर्ने समय दिइएको थियो भने २०७७ साल असार महिनाको १८ गतेसम्म भुक्तानिका लागि बिल, भरपाई सहितका अन्य काजता पेश गर्ने समय सीमा तोकिएको, मिति २०७७ साल असार महिनाको २६ गते भुपेन्द्र बुढा मगर सहितका ६९ जनाको समूहको जानकारी पाउँ भन्ने विषयको निवेदन प्राप्त भएको थियो । सोही दिन अन्य व्यक्तिहरु समेत गाउँ कार्यपालिकाको कार्यालयमा भेला भई विरोध प्रदर्शन गरेकोमा वार्ता भई कार्यक्रम कार्यन्वयनको प्रतिवद्वता र प्रक्रिया बारेमा जानकारी गराइएको थियो । सो समूहका केही व्यक्तिहरुले प्राप्त आवेदन फाइलहरु अध्ययन गरी प्रक्रिया र छनौट भएका व्यक्ति, समूह र फर्मका बारेमा कुनै गुनासो नहरेको भनि चित्ता बझाइर गएको, मिति २०७७ साल असार महिना ३१ गते मा राजैनीतिकदलहरुको प्रतिनिधि, कार्यपालिका सदस्यहरु, सुरक्षा निकाय तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा यही विषयमा छलफल भएको भोलि पल्ट असन्तुष्ट पक्षको उपस्थितिमा बैठक बसी कोभिड १९ विषेश कृषि कार्यक्रम बारे स्पष्ट गराउने सहमति भएको, मिति २०७७ साल साउन महिनाको १ गतेमा कुनै पनि पक्ष छलफलका लागि आएको तथा मिति २०७७ साउन महिनाको २ गते प्रतिपक्ष दल नेपाली काँग्रेस पार्टीको नेतृत्वमा तथा संयोजनमा यस कार्यालय अगाडि विरोध प्रदर्शन आयोजना भएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै यस विषयमा विधि प्रक्रिया पु¥याई मापदण्डमा परेका आवेदन कर्तालाई तटस्थ रुपमा छनौट गरिएकोमा अनावश्यक रुपमा जनता भड्काई लडाउनको समय अवधिमा हुल हुज्जत, प्रदर्शन गरी अनावश्यक राजनीतिकरण गरिएकोमा गाउँपालिकाबाट खेद प्रकट गर्दै विधि प्रक्रिया पु¥याएर सञ्चालन भएको कार्यक्रम अनावश्यक विवाद सृजना गरी विरोध गर्न, नगराउने, सम्वाद र छलफलको माध्यमबाट असन्तुष्टि सम्बोधन हुने मार्ग खुलै भएकाले कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको अवस्थामा जमघट, हुल हुज्जत तथा प्रदर्शन नगर्न समेत गाउँपालिकाले प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ । यस कार्यक्रममा गाउँ कार्यापालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरु सहित अन्य सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like