आर्थिक संकलन अभियान वर्षऔं बित्दा पनि भानसिह परियारको घर बनेन

आर्थिक संकलन अभियान वर्षऔं बित्दा पनि भानसिह परियारको घर बनेन

This image has an empty alt attribute; its file name is k2.jpg


चित्र वियोग झाक्री मगर
फगाम–रोल्पा
सुनछहरी गाउँपालिका–६ फगाममा अवस्थित जन एकता युवा क्लवले सोही गाउँका विपन्न परिवार भानसिह परियारको घर निर्माण गर्न आर्थिक सहयोगको लागी बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरेको वर्षौ बित्दा पनि अहिलेसम्म घर निर्माण हुन सकेको छैन ।
क्लवको आयोजना र मुहिम फिल्मस प्रा.लि.को सह–आयोजनामा २०७६ साल कार्तिक १५ गत्तेका दिन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार र स्थानीय कलाकारहरुको सहभागितामा बृहत सांस्कृतिक मेला पनि सानदार रूपमा सम्पन्न भयो, सोही ठाउँमा शुभदिपावलिको अवसरमा ।

This image has an empty alt attribute; its file name is k3.jpg

हरेक वर्ष परम्परादेखि लाग्दै आएको चौथी मेला स्थलमा उक्त बृहत सास्कृतिक मेला आयोजना गरिएको थियोे । सांस्कृतिक प्रस्तुति र क्लवको सामाजिक अभियानप्रति स्थानीयहरू निकै खुसी भएका थिए । स्थानीय र बाहिरबाट आएका दर्शकहरुले चित्त बुझेपछि विपन्न परिवारको घर निर्माणको लागि दिल खोलेर आर्थिक सहयोग गरेका थिए । मेलामा व्यापार गर्ने अन्य पसलेहरुले जन एकता युवा क्लवको अभियानलाई स्याबासी दिँदै सहयोग रसिद समेत कटाएको थिए ।
भानसिह परियारको घर बनाउने आफ्नो व्यक्तिगत जग्गा समेत छैन । क्लवको सहयोगमा घर बन्ने सपना देखाएपछि परियारमा खुसीको सीमा रहेन । तर, अहिलेसम्म घर निर्माणको लागि कसैले सोधपुछ र कुराकानी गरेको छैन । उनका अनुसार घर बन्ने नबन्ने कुनै ठेगान छैन ।
यसरी क्लवको पहलमा विपन्न परिवारको घर बन्ने भएपछि त्यस क्षेत्रका सामुदायिक वनहरुबाट आवश्यक पर्ने काठ सहयोग गर्ने निर्णय भएको सालगारी सामुदायिक बनका अध्यक्ष भुल बहादुर पुनमगरले जानकारी दिनुभयो । क्लवका अध्यक्ष रेशम पुनमगरले कोरोना र केही प्राविधिक कारणले घर निर्माण कार्य ढिलो भएको कुरा स्वीकार गर्नुभएको छ । उहाँका अनुसार गत वर्ष क्लबले आफ्नै भवन निर्माणमा व्यस्त भएको बताउनुभयो । अहिले फिल्मस प्रा.लि. सँग कुनै सम्पर्क छैन । क्लवले एउटा प्रचार प्रसार र समन्वयात्मक भुमिका मात्र खेलेका थियौ । फिल्मस प्रा.लि.कै पहलमा कलाकारहरुको सहभागिता भएको थियोे । सहभागी कलाकारकोव व्यवस्थापन खर्च क्लवले गरेको छ । अब जति सक्दो छिटो फिल्मस प्रा.लि.का साथिहरूसँग सम्पर्क समन्वय गरि घर निर्माण कार्यलाई सुचारु गर्ने कुरा जानकारी दिनुभएको छ । अध्यक्ष पुनले यदि उहाँहरू हाम्रो सम्पर्कमा नआएको खण्डमा क्लवले सरसल्लाह गरि वचन बढ्ताको आधारमा जसरी भएपनि भानसिह परियारको घर निर्माण गर्ने बताउनु भएको छ ।

You may also like