गंगादेवमा आगामी बजेटका लागि पार्टी कमिटीसँग छलफल


रोल्पा समाचारदाता
जेठ २८ जिनाबाङ

This image has an empty alt attribute; its file name is gandadep.jpg


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँ कमिटी रोल्पाको बैठक सानडाँडा रोल्पामा सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष प्रेम बहादुर वलीको अध्यक्षतामा शनिबार सम्पन्न भएको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेकोे थियो । बैठकमा रोल्पा जिल्ला सदस्य एवम् गंगादेव इन्चार्ज नरसिंह राणा, जिल्ला सदस्य एवम् गंगादेव सह-इन्चार्ज भक्त बहादुर वली, जिल्ला सदस्य राम बहादुर वली, जिल्ला समन्वय समिति रोल्पाका सदस्य लोकमान वली, जिल्ला सदस्य गाउँपालिका उपाध्यक्ष रिता घर्ती, जिल्ला सदस्यहरु रेशम राज डागी, टंक बहादुर वली, वडा नम्बर २ का अध्यक्ष भुपाल दमाई, ३ नम्बर वडा अध्यक्ष जलेश कुमार केसी, ५ नम्बर वडा अध्यक्ष मान बहादुर डाँगी, एकीकृत अखिल नेपाल शिक्षक सङगठनका केन्द्रीय सदस्य लाल बहादुर डाँगी, अखिल क्रान्तिकारी रोल्पाका जिल्ला सचिव अशोक वली परिवर्तन, एकीकृत अखिल नेपाल शिक्षक सङगठन गंगादेव अध्यक्ष शेर बहादुर वली, गाउँ कमिटी सदस्यहरुको उपस्थिति रहेकोे थियो ।
बैठकले स्थानीय सरकारले ४ बर्ष सम्म गरेका बिकास निर्माणको समिक्षा, नयाँ आर्थिक बर्षका लागि योजनाहरु पेश गर्ने, पार्टी सङगठन बिस्तार तथा सुदृढीकरण गर्ने निणर्य गरेको छ । बैठकको सन्चालन माओवादी केन्द्र गंगादेव गाउकमिटी सचिव बिजय घर्ती मगरले गर्नुभएको थियो ।

You may also like