रोल्पामा कोरोनाबाट १ को मृत्यु ६९ जना संक्रमित


रोल्पा समाचारदाता
बैशाख १८ रोल्पा

This image has an empty alt attribute; its file name is korna-1.jpg

कोरोना भाइरसको दोस्रो चरणबाट विश्व फेरी आक्रान्त भएको छ । कोरोना भाइरसबाट विश्व र नेपालमा पनि धमाधम मानिसहरुको मृत्य हुँदैछ । रोल्पामा पनि शनिबारसम्म १ जनाको मृत्युसहित ६९ जना संक्रमित रहेका छन् ।
रोल्पा जिल्लाका विभिन्न गाउँपालिका पनि संक्रमितहरु देखा परिरहेका छन् । रोल्पामा स्थानीयतहहरुले खास विगतको झै ध्यान दिएपनि यस पटक ध्यान नदिदा भित्र–भित्रै फुसको आगो झै सल्किरहेको छ । रोल्पामा बाहिरबाट आउने मानिसलाई क्वारिन्टीनमा राख्ने ता निगरानी गर्ने कुनै सयन्त्रको विकास नहुँदा कोरोनाले महामारी लिन सक्ने प्राय निश्चित छ । कोरोनाको कारणले गंगादेव गाउँपालिका ३ जिनाबाङका ४८ वर्षिय एक महिलाको शनिबार नै मृत्यु भएको छ  । स्वास्थ्य कार्यालय रोल्पाका कोरोना फोकल पर्सन अरुणभितुका अनुसार ति महिलाको स्वास्थ्य परिक्षण सल्यानमा उपचार गएको बेला गरिएको र सल्यानमै निधन भएको बताउनुभयो । उहाँका अनुसार रोल्पा जिल्लामा शनिबार साँझसम्म ६९ जना सक्रिय संक्रमित रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले रोल्पा जिल्लामा पनि विरामीको संख्या दिन प्रतिदिन बढिरहेकोले रोल्पा जिल्लाका नागरिकको सुरक्षाका लागि लागि रहेको बताउनुभयो । उहाँल दाङ, प्यूठान, सल्यान जिल्लामा कर्फु जारी रहेकाले रोल्पा त्यसै बन्द झै भएको बताउँदै त्यसले नपुगेमा जिल्लाको आन्तरिक रुट पनि बन्द गर्ने बताउनुभयो ।

You may also like