विद्यार्थीहरुसँग गाउँपालिका अध्यक्ष कार्यक्रमकाे अनुमगन

पुष १ गते
सुलिचौर रोल्पा ।


सुनिल स्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तिले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम प्रभावकारी कार्यन्वयनका लागि आज गाउँपालिकाको दुई ओटा विद्यालयका विद्यार्थीहरुको कक्षा शिक्षण अनुगमन गर्नु भएको छ ।
विद्यार्थीसँग गाउँपालिका अध्यक्ष कार्यक्रमले गाउँपालिकामा गुणस्तरीय शिक्षा हासिलमा थप सहयोग पुग्ने भएको छ । सोही क्रममा सुनिल स्मृति गाउँपालिका स्थित जनज्योति माध्यामिक विद्यालय गजुल र चन्द्र प्रभा माध्यामिक विद्यालय मिझिङमा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तिको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका भित्रका एस.ई.ई.को तयारीमा रहेका विद्यार्थीहरुको समस्याहरु के–के रहेका छन् र त्यसको समाधान गर्ने उद्वेश्य अनुसार नै यो कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष घर्तिले बताउनुभयो ।


गाउँपालिका अध्यक्ष घर्तिको एक टोली चन्द्र प्रभा मा.वि.को प्राङ्गनमा पुग्दा दोश्रो घण्टीको शिक्षण क्रियाकलाप सुरुवात भएको थियो । अध्यक्ष र शिक्षा शाखा प्रमुख केशवराज पोख्रेल कक्षा १० भित्र प्रवेश गर्नुभयो, दोश्रो घण्टीमा अंग्रेजी बिषयको पढाई चलिरहेको थियो । अध्यक्ष घर्ति सहितको टोली कक्षा कोठाको प्रवेश गरी विद्यार्थीसँगै बस्नु भयो र अङ्ग्रेजी विषयको कक्षा लिनु भयो, अगाडि शिक्षकले पढाइ नै रहनुभयो । तेश्रो घण्टी लाग्यो र शिक्षकले आफ्नो दैनिक कार्य योजना अनुसार पहिलो घण्टी सक्याउनुभयो र शिक्षकलाइ अध्यक्ष सहितको टोली सुझाव तथा सल्लाह दिनुभयो र शिक्षक कक्षा बाहिर निस्कनुभयो ।
त्यसैगरी जनज्योति मा.वि. गजुल रोल्पामा पुग्दा तेश्रो घण्टीको पठन पाठन सञ्चालन भई रहेको समयमा अध्यक्ष र शिक्षा शाखा प्रमुख कक्षा कोठा भित्र प्रवेश गर्नुभयो । विद्यालयमा पाँचौ घण्टी स्वास्थ्य तथा जनसंख्या विषयको पढाई चलिरहेको थियो अध्यक्ष घर्र्तिले विद्यार्थीसँगै स्वास्थ्य तथा जनसंख्या विषयका कक्षा लिनुभयो ।

आफ्नो दैनिक कार्य योजना अनुसार आफ्नो पढाइ सक्नुभयो र अध्यक्ष सहितको टोलिले शिक्षकालाई आवश्यक सल्लाह सुझाव दिनुभयो र कक्षा शिक्षक कक्षा कोठा बाहिर निस्कनुभयो । दुवै विद्यालयमा विद्यार्थीसँग अध्यक्ष कार्यक्रमका लागि अनुमति लिदै अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले समग्र कार्यक्रमबारे विद्यार्थीहरुलाई सहजिकरण गर्नु भएको थियो । विद्यार्थीहरुले क्रमश आफ्नो जिज्ञासा र समस्याहरु अध्यक्ष र शिक्षा शाखा प्रमुखलाई क्रमश राख्नुभएको थियो र अध्यक्ष तथा शिक्षा शाखा प्रमुखले विद्यार्थीहरुबाट आएका जवाफहरु प्रष्टसँग दिनुभएको थियो र केही विद्यार्थीहरुले उठाएको समस्याहरुको समेत समाधान गर्नुभएको प्रेस संयोजक भारद्धाजले बताउनुभयो ।

You may also like