रोल्पामा ४५८ जनामा कोरोना संक्रमित पुष्टि, ३६ जना निको र ७ जनाको मृत्यु


मानसिंह विश्वकर्मा
जेठ ४ रोल्पा

कोरोनाको दोस्रो चरणको लहर नेपालमा तीव्र रुपमा फैलिएको बेला रोल्पा जिल्लामा मंगलबार १९ जना थप पुष्टि भएपछि हालसम्म ४४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय रोल्पाले दिएको जानकारी अनुसार आजसम्ममा गतेसम्ममा ४५८ जनामा पुष्टि भएको जनाइएको हो । छ भने ७ जनाको मृत्यु भएको बताएको छ ।
मंगलवारसम्मको रिपोर्ट अनुसार हालसम्म ६१२ जनाको पी.सी.आर. परिक्षण गर्दा ३०० जनामा संक्रिमत पुष्टि भएको हो । यस्तै ४८८ जनामा एन्टीजेन्ट परिक्षण गर्दा २०१ जनामा संक्रिमत पुष्टि भए संगै रोल्पा जिल्लामा ४५८ जना सक्रिय संक्रमित पुष्टि जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ । हालसम्म संक्रमितहरु ३७५ जना होम आइसोलेशनमै रहेका छन् भने जिल्ला अस्पताल रेउघामा ६ जना र रोल्पा जिल्लाका विभिन्न आइसोलेशनमा ७७ गरी ३७५ जना उपचारमा रहे पनि ति संक्रमितहरुको अवस्था समान्य एवं सुधार उन्मुख रहेको प्रशासन कार्यालय रोल्पाले बताएको छ । हालसम्म ३६ जना निको भएका छन् । जिल्लामा ७६ बेड संख्या रहेको छ । रोल्पा जिल्लामा अक्सीजनको संख्या ८१ वटा रहेका छन् भने १८ वटा एम्बुलेन्स जिल्ला भित्र रहेको बताइएको छ ।

This image has an empty alt attribute; its file name is korana-4-1-666x1024.jpg


रोल्पा जिल्लामा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिएकोले रोल्पा जिल्लामा पनि जेठ २० गतेसम्म निषेधाज्ञाको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बताउनुभो । रोल्पा जिल्लामा पनि कोरोना भाइरसले महामारीको रुपमा लिदै गरेकोले आफै सचेत हुनका लागि प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।

You may also like