माडी गाउँपालिका ५ नंं. वडा आधाभूत तहमा पूर्ण भर्ना वडा घोषणा

भाबाङ रोल्पा
मंसिर ६ गते ।

“हामी सबैको ईच्छा, निःशुल्क र गुणस्तरीय आधारभूत शिक्षा“ भन्ने मुल नारा सहित माडी गाउँपालिका ५ नंं. वडा भाबाङ रोल्पालाई बिहीबार आधाभूत तहमा पूर्ण भर्ना वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ । ४ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु आधारभूत तहमा पूर्ण भर्ना भएका छन् ।
उक्त कार्यक्रमको प्रमुख अतिथि एवं माडी गाउँपालिकाको उपाध्यक्ष धनिकला घर्तीमगरले माडी गाउँपालिका ५ नं. वडा कार्यालय भाबाङ रोल्पाले आधारभूत शिक्षा घोषणाले गाउँपालिकालाई शिक्षा क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।

पछिलो समयमा शिक्षा क्षेत्रमा लागनी भन्दा पनि भौतिक संरचना निर्माणमा वजेट विनियोजट भएको अवस्थामा अब शिक्षा क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिनुपर्ने प्रमुख अतिथि घर्तीमगरले जोड दिनुभयो ।

जसरी वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, संघ संस्था बीचको सहकार्य र समन्वयमा वडालाई आधारभूत शिक्षा वडा घोषणा गर्नु सफल हुनुभएको छ, अब ति भर्नालाई निरन्तरता दिनका लागि पनि सम्बन्धित निकायलाई प्रमुख अतिथि घर्तीमगरले अनुरोध गर्नुभयो । त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि एवं मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाको अध्यक्ष घनश्याम आचार्य लगायतको आतिथ्यता थियो । ९७३ घरधुरी रहेको वडामा जनसंख्या ५ हजार ४४८ रहेको छ भने २ हजार ७२६ जना पुरुष र २ हजार ७२२ रहेको छ । सोही वडामा १८ वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या ३ हजार २४९ रहेको छ ।

८ ओटा सामुदायिक विद्यालयमा जम्मा विद्यार्थी संख्या ९७७ जनामध्ये छात्रा ४६६ र छात्र ५११ रहेको छन् । ४ वर्षदेखि १२ वर्षसम्मका विद्यार्थीको संख्या ६५८ जना रहेका छन् । शैक्षिक सत्र २०७५ को आधारभूत तहको औसत सिकाई उपलब्धी ५६ प्रतिशत रहेको भने कक्षा उत्तिर्ण दर ७९ प्रतिशत रहेको छ । त्यसैगरी कक्षा दोहो¥याउने विद्यार्थी संख्यको दर ८ प्रतिशत छ भने विद्यालय छाड्ने विद्यार्थीको संख्याको दर ६ प्रतिशत रहेको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कार्यक्रममा जनप्रनिधि, विद्यालय व्यवस्थापन समितिको पदाधिकारी, शिक्षक अभिभावक संघको पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी, आमा समूह लगायतका सरोकारवाला निकायहरुको सहभागिता थियो । वडा अध्यक्ष भरतबहादुर मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चलन वडा सचिव अशोश बि.क.ले गर्नुभएको थियो भने स्वागत वडा सदस्या रत्नबहादुर डाँगीले गर्नुभएको थियो ।

You may also like