नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा नेपाली काँग्रेस पार्टी विभिन्न जिम्मेवारीमा रहेका १३ जना कार्यकर्ता  पार्टी प्रवेश  

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा नेपाली काँग्रेस पार्टी विभिन्न जिम्मेवारीमा रहेका १३ जना कार्यकर्ता  पार्टी प्रवेश
साउन ३ गते
लिबाङ–रोल्पा

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) गंगादेव गाउँपालिका ५ नं. वडा कमिटीमा नेपाली काँग्रेस पार्टीको विभिन्न जिम्मोरीमा रहेका १३ जना सक्रिय कार्यकताहरुले पार्टी परित्याग गरी पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रम आज सिमखोलामा सम्पन्न भएको छ ।
यस कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) ५ नं. प्रदेश कमिटी सदस्य एवं गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले नव पार्टी प्रवेशिहरुलाई अबिर लगाएर स्वागत सहित सपथ ग्रहण खुवाउनुभयो । उहाँले नेपाली काँग्रेस पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) मा प्रवेश गर्नुले कम्युनिष्टले जनताको विश्वास जितेको पुष्टि भएको बताउनुभयो । सिमखोलामा विद्यालय सुधार गर्न स्थानीय सरकारले लगानी गरेको र खानेपानीको व्यवस्थापन एवं सिमखोला भिरगाउँ सडक ट्रयाक खोल्ने समेत कार्यक्रममा उहाँले प्रतिवद्वता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य निम बहादुर डाँगीले राज्य व्यवस्था परिवर्तनमा कम्युनिष्टले ठूलो योगदान गरेकोले जनतामा कम्युनिष्ट प्रति विश्वास बढेको दाबी गर्दै नव पार्टी प्रवेशीहरुलाई पार्टीमा ससम्मान जिम्मेवारि दिने बताउनुभयो । त्यसैगरी नव पार्टी प्रवेश गर्नुहुने रतु खत्रीले नेपाली काँग्रेस पार्टीमा २०५७ सालदेखि क्रियाशिल पूर्वक योगदान गरेपनि पार्टी मूल्याङ्कन नगरेकोले पार्टी परित्याग गरेको बताउनुभयो । अर्का पार्टी प्रवेशी हरि बहादुर खत्री, राजेन्द्र कुमार पुनले परिवर्तन भनेको कम्युनिष्टबाट मात्रै हुने भएकोले ध्रुवीकरण हुनु परेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा )रोल्पा जिल्ला कमिटी सदस्य निम बहादुर डाँगी, गाउँ कमिटी सदस्य एवं ५ नं. वडा अध्यक्ष मान बहादुर डागी, गाउँ कमिटी सदस्यहरु मस्त बहादुर खड्का, दिपेश बि.क,,पल बहादुर वली, बालाराम खत्री सहितको वडा कमिटी सदस्यहरुको आतिथ्यता थियो । नेपाली काँग्रेस पार्टीको विभिन्न जिम्मेवारीमा रहेका १३ जना कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा पार्टी प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गर्नु हुनेमा रतु खत्री, हरि बहादुर खत्री, नेपाल शिक्षक संघ गंगादेव सभापति राजेन्द्र कुमार पुन, साधारण सदस्य मन बहादुर खत्री, पवित्रा कुमारी खत्री, मनिसा खत्री, गीता खत्री, राम बहादुर डाँगी, त्रिभुवन खत्री, पम्फा खत्री, तिलक खत्रीले नेपाली पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)मा प्रवेश गर्नुभएको हो । ५ नम्बर वडा कमिटी सचीव वीर बहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) गंगादेव गाउँ कमिटी सदस्य अशोक वली परिवर्तनले गर्नुभएको थियो ।

You may also like