सुनछहरी गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

सुनछहरी गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न
जेठ, ९ गते
पोबाङ–रोल्पा ।


सुनछहरी गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक हिजो सम्पन्न भएको छ । बैठकले नोबेल कोरोना भाइरस सम्बन्धि जनहितमा विभिन्न निर्णयहरु पारित भएका छन् ।
यस समितिको बैठकबाट नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार लिबाङमा सम्पन्न बैठकबाट पारित निर्णयहरुलाई सहित यस समितिको गत बिहीबारको बैठकको निर्णयहरुलाई कार्यन्वयसँगै थप निर्णयहरु पारित भएका छन् । गाउँपालिकामा खाद्यन्न तथा निर्माण सामाग्री ढुवानीको लागि तय गरिएको ढुवानी अनुमति संख्या निर्धारण सहित समय तालिका बनाई सञ्चालन गर्ने निर्णय पारित भएको थियो । तर, यस गाउँपालिकाका खाद्यन्न निर्माण सामाग्री ढुवानी गर्ने सवारीहरुले आफुखुसी ढुवानी अनुमति बिना ओसार प्रसार गर्ने गरिएको भन्ने सूचना सम्बन्धित निकायमा सूचना आएको हुँदा यस्तो क्रियाकलापहरु रोक्नको लागि सुरक्षा निकायलाई अनुरोध गर्ने, त्यस्तै कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुबाट खाद्यन्न तथा निर्माण सामाग्री आपूर्ति नगर्ने नगराउने तथा उक्त सवारीलाई ढुवानी पास उपलब्ध नगराउने, यस गाउँपालिकाबाट सञ्चालन रहेका योजना तथा अन्य भुक्तानीको लागि गाउँपालिका अन्तर्गत रहेका बैंकहरुले सुरक्षित उपाय अपनाउँदै सामाजिक दुरी कायम राखी दैनिक कारोबार गर्नको लागि अनुरोध गर्ने, त्यो पनि सम्भव नभए एक दिनको फरकमा बैङ्किङ कारोबार सञ्चालनको लागि अनुरोध गर्ने, विश्वमा कोरोना भाइरस कहरको कारण मानसिक तथा सामाजिक रुपमा विक्षप्त रहेको बेलामा प्रमाणित नभएका मनोत्रास फैलाउने खालका सामाजिक सञ्जाल मार्फत भ्रामक खबर फैलाउने गतिविधिहरु बढेको सन्दर्भमा यस्तो भ्रामक खबरको पछाडि नलाग्न सूचना सम्प्रेषण गर्ने र यस्तो भ्रामक खबर सम्प्रेषण गर्नेलाई स्थानीय प्रशासन मार्फत कारवाही गर्ने, भाइरस संक्रमणको अवस्थामा स्थानीय व्यापारीहरुले कालो बजारी गरिरहेको गुनासो आएको हुँदा तत्काल बजार अनुगमनको लागि गाउँपालिकाको अनुगमन समितिलाई निर्देशन दिने साथै बन्दाबन्दीको अवसरमा खोजी शान्ति सामाजिक सद्भाव खल्बलाउने खालका गतिविधिहरु भएको गुनासो आएकोले सुरक्षा निकायलाई आफ्नो गतिविधिहरुलाई बढाउन अनुरोध गर्ने निर्णयहरू पारित भएका छन् । 

साथै बैठकबाट भाइरस रोकथाम नियन्त्रणको लागि भारत सहित अन्य तेस्रो मुलुकबाट फर्किन सक्ने संख्यालाई मध्यनजर राख्दै पहिलो चरणमा बाहिरी गाम, भित्री गाम र स्युरीको लागि सुनछहरी प्राथमिक विद्यालय स्युरी, सेरम र जैमाकसलामा नमूना माध्यमिक विद्यालय जैमाकसला र फगाम जेलबाङमा भुमे थाला जेलबाङमा क्वारेन्टाइन निर्माणको सिफारिस सम्पन्न बैठकबाट निर्णयहरु पारित भएका छन् ।  क्वारेन्टाइन स्थलमा मदिरा जन्य पदार्थ निषेधको लागि स्थानीय प्रशासनले सुरक्षा व्यवस्थापन गर्न सुरक्षा निकायसँग समन्वय गर्ने, लक डाउनको समयवधि थप हुँदै गयो भने प्रत्येक वडामा एक ओटा क्वारेन्टाइन स्थापना गर्ने, भाइरस रोकथाम तथा नियन्त्रणको लागि कार्ययोजना अनुरुप वडा स्तरमा क्वारेन्टाइन व्यवस्थापन कार्यदल, क्वारेन्टाइन स्वास्थ्य कार्यदल, क्वारेन्टाइन सुरक्षा कार्यदल तथा क्वारेन्टाइन सञ्चार तथा समन्वय कार्यदल गठन गरी प्रत्येक वडामा ति विभिन्न कार्यदल गठन गरी सदस्यहरुको नाम ठेगाना र सम्पर्क नम्बर गाउँपालिकामा यथाशीघ्र पठाउने, ५ नं. प्रदेश नेपाल आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय कुलप्रसाद के.सी.बाट प्राप्त सात क्विन्टल चामल र तीन पेटी तेल यस गाउँपालिकाको खाद्यन्न बैंकमा राख्ने, भाइरसको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरु तत्काल खरिद गरि आपूर्तिको व्यवस्था मिलाउने निर्णय पारित भएको छ । यस गाउँपालिका अध्यक्ष एवं विपद् व्यवस्थापन समितिको अध्यक्ष आशबहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष पबित्रा घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, अध्यक्षहरु, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि झने घर्ती, नेपाली काँग्रेका प्रतिनिधि रेगबहादुर पुन, ईलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज मोहम्मद रदिफ अन्सारी, उद्योग वाणिज्य संघ सुनछहरी गाउँपालिका अध्यक्ष रमेश बुढामगर, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिमबहादुर बिष्ट, रोल्पा समाचार साप्ताहिकका समाचारदाता जुनिश कुमार बिष्टल सहित सरोकारवाला निकायहरुको सहभागिता थियो ।

You may also like