राेल्पाकाे पुर्व पश्चिम जाेड्ने मुख्य सडककाे परेमा खाेलामा  पुल नुहँदा वषार्तमा मानिसहरू जाेखिमपूर्ण यात्रा गर्न बाध्य

राेल्पाकाे पुर्व पश्चिम जाेड्ने मुख्य सडककाे परेमा खाेलामा  पुल नुहँदा वषार्तमा मानिसहरू जाेखिमपूर्ण यात्रा गर्न बाध्य
साउन ८ गते
लिबाङ–रोल्पा


रोल्पा जिल्लामा शान्ति प्रक्रिया सँगसँगै भौतिक विकास धेरै भएको छ । तर, नागरिकको स–साना आवश्यकताहरु अझै पूरा हुन सकेका छैनन् । यस्ता रोल्पा नगरपालिका–७ स्थित परेमा खोलामा वर्षात समयमा सहजै आवतजावत गर्न मिल्ने पुलको आवश्यक छ ।
यस खोलामा पुल नहुँदा वर्षातको समयमा पैदल तथा मोटर साइकलको यात्रुहरु खोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यस खोलमा वारपारका लागि एउटा पुलको आवश्यक छ । माडी गाउँपालिका–६ कोर्चाबाङ रोल्पा निबासी दलबहादुर बि.क.ले भन्नुभयो,‘म केही दिनदेखि लिबाङमा ज्याला मजदुरी गर्दै आएको छु । काम विशेषले म घर पुग्नु पर्ने भयो । नियमित वर्षातको कारण खोला नालाहरुमा पानीको बहाब बढेको छ । तर, वर्षातको प्रभावह नगरी म घरतिरको यात्रामा निस्केँ । सडक खण्डमा माथिबाट पहिलो, ढुङ्गा खस्ला ! भनेर म धेरै सजक हुँदै वरपर त हेरेँ । सिमसिम वर्षतको कारण परेमा खोलाको पानीको बहाब कति बढेको छ ? भन्ने प्रश्नले मलाई धेरै सतायो । म यस्तै यस्तै प्रश्नहरुका साथ परेमा खोलामा पुगेँ । तर, म यो खोलामा एक्कलै खोला तर्ने आँट पनि आएन । अन्य साथिहरु नभएकोले म आत्म बल सहित खोला तरेँ । खोला तर्दै गर्दा धेरै डर लागेयो । तर, खोला पार गर्नेको कुनै विकल्प नै थिएन । यस्तै यस्तै डरको बीचमा खोला तँ पार गरेँ । यो खोलामा पानीको बहाब धेरै भए त मलाई खोलाले बगाउथ्यो ।’
‘यस जिल्लामा विगतको तुलनामा भौतिक विकास धेरै भएको छ । तर, यो खोलामा मानिस आवतजावतका लागि सानो पुल निर्माणमा किन ध्यान पुगेको छैन ? धेरै योजनामा विनियोजित वजेट समयमा नै कार्यन्वय नभई फ्रिज भएका छन् । यस्ता अति आवश्यक ठाउँमा वजेट विनियोजितिर ध्यान वडा कार्यालय, नगरपालिकाको ध्यान दिनु पर्छ’ उहाँले भन्नुभयो,‘यो खोलाको छेउमा छहरा बनेकोले मानिसलाई पानीको बहाबले ढलायो भने बाच्ने आशा छैन । यो खोलामा ठूलो पुल निर्माण गर्न आवश्यक छैन । तर, मानिसहरु सहज आवतजावत गर्न मिल्ने पुल निर्माण गर्न आवश्यक छ । नागरिकको आधारभूत आवश्यकता समयमा नै पूरा भए सरकार गाउँ गाउँमा आएको महशुस गर्न सक्छन् । आफ्नो ज्यानको सुरक्षामा आम नागरिकहरुलाई सहयोग पुग्ने थियो ।’ वडा अध्यक्ष गणसिंह पुनमगरले भन्नुभयो¬‘यो खोलामा पानीको बहाब बढेमा मानिसहरुलाई आवतजावतमा समस्या छ । पछिल्लो समयमा स्थानीयबासीहरुबाट यस क्षेत्रमा मानिस आवतजावतमा सहज बन्ने गरी पुल निर्माण गर्नुपर्ने छ । आगामी आर्थिक वर्षमा संघीय सरकार, प्रदेश सरकार र नगरपालिकामा  वडा कार्यालयबाट विशेष पहल गदर्नछ ।’
पछिल्लो समयमा स–साना योजनाहरुमा त जनप्रतिनिधिहरुले वजेट विनियोजनमा प्राथमिकता पर्दैन । तर, नागरिकको माग सम्बोधन नुहँदा निराशमै छन् । विगतदेखि यस जिल्लाको पश्चिम क्षेत्रका मानिसहरु लिबाङसम्म पुग्ने यो खोलाको बाटो पनि एक हो । तर, यस खोलामा वारपारमा पुलको व्यवस्था नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । पक्की पुलको व्यवस्था नभएपनि काठे पुल निर्माणले ति क्षेत्रका नागरिकहरुको यात्रामा थप सहजता बनेयो । सडक विस्तारसँगै यो खोला फराकिलो बनेको हुँदा काठे पुलको व्यवस्थापनमा त्यति उपयुक्त छैन । वर्षातको समयमा पनि यातायात साधानहरु नियमित सञ्चालनले धेरै मानिसहरुलाई पुलको माग भएन । तर, नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि जारी यातायातका साधानहरु बन्द हुँदा वर्षात समयमा मानिसहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । पानीको बहाब बढि भएको अवस्थामा जिप, मोटर साइकललाई नै बगाउन सक्ने क्षमता भएको खोलामा मानिसको त के उपया पो लाग्छ र ? खोलाको सडक खण्डबाट यातायता साधान वा मानिसलाई पानीको बहाबले ढल्यो भने बाच्ने आशा नै छैन ।

धेरै मानिसहरु आफ्नो मुर्खताकै कारण जवरजस्ति खोला तर्ने आँट गर्दछन् । यो मुर्खता नै जीवनभरिको कम्जोरी मात्र होइन सदाका लागि घर परिवार, आफन्तजनबाट टाढा बन्नु पर्ने कुनै समय हुन सक्छ । यस्ता जोखिमपूर्ण कुरामा समयमा नै ध्यान दिन आवश्यक छ । होइन, भने हतारमा निर्णय गर्ने र फुर्सदमा पछुतोको कुनै विकल्पन छैन । राज्य पुर्नर संरचना पश्चात् धेरै काम स्थानीयतहमा हुने भएकोले यस सडक खण्डमा विगतको तुलनामा मानिसहरुको चहलपहलमा कमी छ । तर, सडक विस्तारले गर्दा यो समयमा पनि घर्तीगाउँ, मिरुल, कुरेली, थबाङ, बागमाराम, तालाबाङ सहित पश्चिम क्षेत्रमा नियमित रुपमा जिपहरु सञ्चालन छन् । पदैल यात्राहरुको संख्या घट्दै जाँदा यस खोलामा सानो पुल निर्माण कार्यमा चाँसो नदिन सक्छन् । पछिल्लो समयमा माडिचौर, घापा, निम्री, माठ्ला, दाङमाङ, कोर्चाबाङतिर, भाबाङतिरका मानिसहरु पदैल यात्रा गर्दै आएका छन् । घर्तीगाउँ आसपासका मानिसहरु सदरमुकाम लिबाङसँग जोड्ने महत्वपूर्ण खोला हो । तर, विगतमा सडक विस्तार नुहँदा पनि विगतमा पनि वर्षातको समयमा जोखिमै मोलेर खोला तर्न बाध्य थिए । यस खोलामा मानिसहरुलाई सहजै रुपमा आवतजावत गर्न मिल्न सक्ने पुल निर्माण गर्न सकिएमा आम नागरिकहरु ढुक्क भएर यात्रा गर्न सक्थे भने घरपरिवारलाई पनि आफन्तको यात्रा सुरक्षित छ भनेर ढुक्क हुन्थे । यसतर्फ सम्बन्धित निकायको समयमा ध्यान पुग्न आवश्यक छ ।

You may also like