गजल

गजल

This image has an empty alt attribute; its file name is IMG_20210819_172344-1-1024x801.jpg


साच्चिकै राम्री छौ, स्वर्गकी परि हौ तिमी
रुख माथि फुल्ने, फूल सुनाखरि हौ तिमी

तनाब तेन्सन हुँदा, सधैं सधैं हसाइ दिन्छौ
चर्को घाममा सितल, दिने झरी हौ तिमी

इमानदारी मिल्नसार, बानी व्यवहार रैछ
समाजको मुख रसाउने, रसबरि हौ तिमी

बोली वचन झनै राम्रो, वयान गर्ने शब्द छैन
सुरिलो स्वरमा गाउने, कोइली चरी हौ तिमी
–एम.पि पुन“विवश“
माडी–६ कोर्चाबाङ,रोल्पा ।

You may also like