रोल्पालीले मागे प्रदेशको राजधानी पायक पर्ने तीन जिल्लाको संगम स्थलमा

मानसिंह विश्वकर्मा
फागुन १४ गते रोल्पा

 

 

 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी

               प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी र नामाकरणको विषयमा आम जनताको भावना बुझेर प्रदेश सभाबाट टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । केसीले प्रदेशको राजधानी र नामाकरण पक्ष र प्रतिपक्षको विषय भन्दा पनि आमलाई पायक पर्ने स्थानमा बनाउनको लागि प्रदेश सदस्यहरु लागेको समेत जानकारी गराउनुभयो ।
यस्तो कुरा मन्त्री केसीले प्रदेश नं. ५ को नामाकरण र स्थायी राजधानी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा रोल्पामा बताउनुभएको हो ।
   मन्त्री केसीले प्रदेश सभा सदस्यहरु सबै जिम्मेवारी भएको बताउँदै यस विषयमा संख्याले कुनै प्रभाव नपार्ने बताउँदै प्रदेशभित्रका करि ४५ लाख जनातालाईलाई न्याय हुने र भावि पुस्ताले न्याय गर्ने गरी निर्माण गर्ने बताए । केसीले भनेः–“दुई तिहाइको सख्याबाट मात्रै होइन, बहुमत र अल्पमतको विषय गर्ने छैनौँ, हामी प्रदेश सभामा प्रतिनिधित्व गर्ने पार्टी, सदस्यहरु हामी एकमत छौँ ।”
   रोल्पाबाट निर्वाचित प्रदेश सभा सदस्य समेत रहनुभएकोले भौगलिक सुगमता र रोल्पालीको भावनालाई पनि प्रदेश सभाले पनि सम्वोन गर्ने कुरा बताउँदै रोल्पालीको भावनामा चोट नपु¥याउने बताउनुभयो ।
   मन्त्री प्रदेशको राजधानी र नामारकण हतारमा भावानत्मक रुपमा निर्णय गर्ने र हतारमा पश्चात गर्नेबाट प्रदेश सभा मुक्त रहने प्रण गरेको बताउँदै भन्नुभयोः–“ हतारमा निर्णय गर्ने र फूर्सदमा समीक्षा गर्ने भन्दा पनि हामीले सम्बेदनशीलतामा ख्याल गरौँ, यो संविधान र यो व्यवस्था रहदाँसम्म भावि पुस्ताले समेत सम्मान गर्न सक्ने खालको नाम र स्थानलाई बनाउनु पर्दछ ।”

 

 


सुझाव संकलनको क्रममा प्रदेशका विभिन्न जिल्लामा पुग्नुभएको समितिका संयोजक दिपेन्द्र कुमार पुनमगर

 

यसै अभियानमा निरन्तर रुपमा लागेको प्रदेशसभा सदस्य एवं प्रदेश स्थायी राजधानी एवं नामाकरण समितिका संयोजक दीपेन्द्र कुमार पुनमगर (सिजल) ले प्रदेशको राजधानीको विषयमा सार्वजनिक कार्यक्रममा बोल्दै हिड्ने विषय नभएको जानकारी गर्दै राजनीतिक सहमतिको आधारमा प्रदेश सभाबाट प्रदेशको राजधानी आम जनतालाई पायक पर्ने र प्रदेशवासीको भावनालाई सम्वोधन गर्ने गरी प्रदेशसभाबाटै  टुङ्गो लगाउने बताउनुभयो । उनले आम जनताको धारणा बुझ्ने अभियानमा लागेको बताउनुभयो ।
   यस विषयमा प्रदेश समिति सदस्य एवं प्रदेशसभा सदस्य एवं प्रदेश स्थायी राजधानी एवं नामाकरण समितिका सदस्य विरबहादुर रानामगरले बहुमत र अल्पमतको घेराबाट माथि उठेर आम जनतालाई सुगमता हुने गरी आम सहमतिबाट अगाडि बढ्ने बताउनुभयो । रानाले संघीयताको भावनामर्म भनेको आम जनताको घर आगनमा सेवा प्रदान गर्ने भएकोले स्थानीयतहलाई नै बलियो बनाउनु पर्ने बताउनुभयो ।
    रोल्पामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेश नामाकरण तथा स्थायी राजधानी नामारण समितिका सदस्य दिनेश पन्थीले प्रदेशभरीमा हाल सुझाव संकलन भइरहेको बताउँदै त्यसबाट आएको राय, सुझावलाई प्रदेश सभामा प्रतिवदेन वनाएर पेश गर्ने बताउनुभयो ।
रोल्पाको अन्तरक्रिया कार्यक्रममा सहभागित नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले दाङ जिल्लाको दाङको लमही, भालुबाङ, प्यूठानको दर्भान, अर्घाखाँची जुलुके लगायतको स्थानमा निर्माण गर्न माग गरे भने प्रदेश नं. ५ को नामाकरणको सांस्कृतिक पहिचान मगराँत÷थारुवान प्रदेश राख्नका लागि सुझाव पेश गर्नुभएको छ ।  
    यसैगरी पत्रकार एवं अधिकारकर्मी खेम बुढामगरले संघीयताको मर्म र भावना अनुसारका आम जनतालाई सुगमता हुने गरी निर्धारण गर्न, राजनीतिक दर्शनका आधारमा फैसला गरी आम जनतालाई पायक पर्ने र भावनालाई सम्वोधन हुने गरी निर्धारण गर्नका लागि अनुरोध गरे । यसैगरी बहुबृद्ध एवं समाजसेवी चिन्तामनी आचार्यले पनि भालुबाङ, जुलुके र बांगेसालबीचको भूगोलमा बनाउनको लागि सुझाव दिनुभयो ।
    प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर महाराले रोल्पाली जनताको भावनालाई सम्वोधन गरी अगाडि बढ्न १२ वटै जिल्लालाई पायक पर्ने स्थान रिफारिस गरि दिनका लागि अनुरोध गर्नभयो ।
    यस्तै कार्यक्रममा जिल्ला सम्वयन समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगरले चुनावमा आफ्नो विचार सिद्धान्त अनुसार आफ्नो पार्टी एक स्थानमा आएर क्षेत्रीयताबादबाट मुक्त हुन अनुरोध गर्नुभयो । बुढामगरले भन्नुभयोः–“ नयाँ स्थानमा हुन सक्छ, नयाँ बस्तीमा हुन बनाउनु पर्दछ, सबैको भावनालाई सम्बोधन गर्नुपर्दछ ।

 


समितिले तयार गरेको प्रश्नवालीमा छलफल एवं उत्तर लेख्दै जिल्ला सम्वनय समितिका प्रमुख, जिल्ला सम्वय समितिका सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं सरोकारवाला निकायहरु

 

यसैगरी रोल्पालीले जनयुद्धको समयमा रोल्पालाई केन्द्रीय राजधानी बनाउने सपना देखाएको स्मरण गराउँदै रोल्पालाई बनाउन समेत अनुरोध गरेका छन् । सहभागीले भने ः“रोल्पालाई पनि बनाउँछाँै भन्ने केन्द्रीय राजधानी परिवर्तको लागि ठूलो योगदान गरेको रोल्पामा बनाउन समेत माग गर्दछौँ ।

    कार्यक्रममा रोल्पा जिल्लाका जनप्रतिधिी, राजनीतिज्ञ, कर्मचारी, अधिकारीकर्मी, पत्रकार, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।

You may also like