‘नयाँ सरकार निर्माणको प्रयासमा छाँै’ – पूर्व मन्त्री वर्षमान पुनमगर


मानसिंह विश्वकर्मा
बैशाख ३ रोल्पा लिबाङ

This image has an empty alt attribute; its file name is basmab-1024x473.jpg


पूर्व मन्त्री एवं नेकपा (माओवादी) केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनमगरले देशका राजनीतिक दलहरुमा अग्रगामी र प्रतिगामी शक्तिहरुको बीचमा तिव्र धुव्रीकरणको चलिरहेकोले सरकार निर्माणमा आकार लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयोः–“नेपाली कांग्रेस र जसपा भित्र अग्रगामी विचार व्यवस्थाको रक्षार्थ र व्यवस्थालाई प्रहार गर्ने विचार बीचमा तिव्र रुपमा बहस चलिरहेको छ, केही दिनमै यसले पूणर्ता पाउँछ । सकेसम्म अग्रगामी र व्यवस्थाको रक्षार्थमा लागेका शक्तिको बीच एक भएर नयाँ सरकार दिने कोषिश गर्दछौँ ।”
यस्तो विचार प्रेस संगठन रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको रोल्पाको लिबाङमा शुक्रबार विचार व्यक्त गर्नुभएको हो ।
केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले दिएको समर्थन कानूनी रुपमा मात्रै भएको बताउँदै (माओवादी केन्द्र) ले फिर्ता लिएपछि ओलीले फेरी पनि संसद विगठन गर्ने खतरा रहेकोले गर्दा प्रधानमन्त्री र आफूहरुको राजनीतिक एजेण्डा नै फरक परेकोले गर्दा समर्थन नरहे पनि फिर्ता नलिएको स्पष्ट पार्नुभयो ।
उहाँले (माओवादी केन्द्र) कै कारणले फेरी अस्थिरता आयो भने फेरी देश दुर्घटनामा जाने भएकाले गर्दा त्यसबाट रोक्नका लागि प्रधानमन्त्रीले बहुमत पु¥याउनु भएमा वा आफूहरुको वहुमत हुदाँको दिन फिर्ता लिने रहेको बताउनुभयो ।
उहाँले देशको आन्तिक मामिला देशका राजनीतिक पार्टी नै मिलेर हल गरिने बताउँदै छिमेकी राष्ट्रहरुसंग समुधुर समन्ध राखिने बताउँदै आगामी दिनमा पनि सबै छिमेकी राष्ट्रहरुसंगको समन्धलाई कुतनैतिक पहल गरी समन्ध समदुरीमा राखिने बताउनुभयो ।
नेकपा एमाले माधव नेपालसमूहसँगको पार्टी एकताको बारेमा एमाले भित्रकै आन्तिरिक द्वन्द्वमा निर्भर रहने बताउँदै माधव नेपालको टिम अग्रगामी सोच विचार रहेकाले केही समयपछि भएपनि क्रान्तिकारी, प्रगतिशील कम्युनिष्टहरु बीचमा एकता हुने बताउनुभयो ।
उहाँले संघीय प्रणालीमा सबैलाई अगाडि बढाउन र समावेशी र समानुपातिक हिसावले अगाडि बढाउदा नै सबै देशबासीको विकास हुने भएकोले गर्दा सबैलाई समावेश गराएर लग्नका लागि महत्वपूर्ण रहेको बताउनुभयो ।
रोल्पा जिल्लाको विकासको सन्दर्भमा माडी जललायमा नेपाल सरकारको, चिनिया सरकारको लगानीमा हुने जलविद्युत आयोजना सकरात्मक रुपमा अगाडि बढेको, फुसको छानोमुक्त कार्यक्रम अन्तर्गत कार्यक्रम, रोल्पामा विद्युतको आपुर्तिको समस्यालाई हल गरिने समेत बताउनुभयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी विप्लवको सहकार्य केपी शर्मा ओलीसंग नै बढी हुनुले विप्लवहरुको राजनीति पनि संकटमा ओलीले पु¥याइ दिएको टिप्पनी गर्दै अनुगमान गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष मानसिह विश्वकर्मा, नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महासंघ रोल्पाका सँस्थापक अध्यक्ष काशीराम डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगर लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रेस संगठन रोल्पाका संयोजक देवी गुरुङले गर्नुभएको थियो ।

You may also like