द्वन्द्व पीडितहरुलाई परिचय पत्र प्रदान

द्वन्द्व पीडितहरुलाई परिचय पत्र प्रदान


This image has an empty alt attribute; its file name is j2.jpg

१८ असोज, लिबाङ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपालद्वारा रोल्पा जिल्लाका द्वन्द्व पीडितहरुलाई परिचय पत्र आज लिबाङमा वितरण गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज बहादुर बुढा भन्नुभयो,‘तत्कालीन सरकार र विद्रोही पक्षय बिच विस्तृत शान्ति सम्झौता पश्चात् तीन वटा महत्वपूर्ण कार्यमध्ये संविधान लेखन, सेना संमायोजन पूरा भइसकेको छ । तर, अर्काे महत्वपूर्ण कार्य युद्वको क्रममा घटेका घट्नाहरुलाई निरुपण कार्य वर्षऔंसम्म पनि पूरा हुन सकेको छैन । आयोगले विभिन्न समयमा गरी धेरै काम गरी सकेको छ । आयोगले निरन्तर जिम्मेवारी निर्वाह गर्ने क्रममा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट पीडितहरुलाई परिचय पत्र वितरण कार्य पनि सहरानीय कार्य सुरुवात भएको छ । यो खुसी कुरा हो ।’ पीडितहरुलाई परिपुरणका लागि व्यवस्था भएको रु ३ लाखले मात्र पीडितलाई राहत नपुग्ने भएकोले उहाँले परिपुरणका लागि आवश्यक राहत राशिको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । तत्कालीन नेकपा (माओवादी) पार्टीको नेतृत्वमा सञ्चालन जनयुद्वको जगमा राज्य व्यवस्था परिवर्तन भएको छ । तर, शान्ति सम्झौताको महत्वपूर्ण कार्य सत्य निरुपण तथा मेलमिलापको काम बाँकी कार्य पूरा गरी शान्ति, समृद्धिमा मुलकलाई अगाडि बढाउनु पर्ने उहाँले जोड दिनुभयो । राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय प्रशासनसँग समन्वय र सहकार्यमा सत्य निरुपण तथा मेलमिलापको बाँकी कार्य पूरा गर्न सहज बन्ने उहाँको सुझाव थियो ।

This image has an empty alt attribute; its file name is j1.jpg

कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख अतिथि पुर्ण के.सी, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेपाली कांग्रेस रोल्पा जिल्लाका उप सभापति किशोर कुमार विष्ट, नेकपा (माओवदी केन्द्र) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगर, जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यलय प्रमुख प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी, जिल्ला समन्वय समिति रोल्पाका समन्वय अधिकारी तिर्थराज खनाल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको निर्वतमान अध्यक्ष महेश न्यौपाने, पूर्व अध्यक्ष खेम बुढामगर लगायत सरोकारवाला निकायहरुको अतिथ्यता थियो । जनयुद्वको समयमा विद्रोही र राज्य पक्षयबाट पीडितहरुलाई परिचय वितरण गरिएको आयोजकले बताएको छ । आयोगले ६३ हजार ७१८ वटा उजुरी परेको छ । ति उजुरीहरुको अध्ययन तथा अनुसन्धान आयोगले गरिरहेको छ ।
साथै रोल्पा जिल्लाबाट आयोगमा २ हजार २ सयभन्दा बढि उजुरी दर्ता भएका छन् । ति उजुरीमध्ये १४ जना पीडितहरुको अध्ययन अनुसन्धानबाट पीडित परिचय पत्र बनेकोले भोली दिउसो १ः०० बजेसम्म ति पीडितहरुलाई परिचय पत्र प्रदान गरी सक्ने आयोगको तयारी छ । बाँकी उजुरीहरुको अध्ययन अनुसन्धानबाट परिचय पत्र निर्माण गरी पीडितलाई प्रदान गर्ने आयोगको तयारी रहेको छ । कार्यक्रम आयोगका सदस्य विष्णु पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विश्व घिमिरेले गर्नुभएको थियो स्वागत शाखा अधिकृत भगवती ज्ञावलीले गर्नभएको थियो ।

You may also like