खद्क प्रसाद शर्मा ओलीलाई पार्टीको विधान विपरित अगाडि बढ्ने अधिकार छैनः नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञावली

खद्क प्रसाद शर्मा ओलीलाई पार्टीको विधान विपरित अगाडि बढ्ने अधिकार छैनः नेकपा (एमाले) उपाध्यक्ष युवराज ज्ञावली
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is c1-1024x768.jpg


नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष युवराज ज्ञावलीले पार्टीको अध्यक्ष खद्क प्रसाद शर्मा ओलीलाई पार्टीको विधान विपरित अगाडि बढ्ने अधिकार नभएको बताउनुभयो । उहाँले अध्यक्ष ओलीलाई नेता कार्यकर्ताहरुले विधान अनुसार अगाडि बढ्न सुझाव दिँदै आएको अवस्था छ तर, सुझावलाई वेवास्ता गर्दै विधान परित अगाडि बढ्न खोजेमा पार्टीले जस्तो सुकै कदम अगाडि बढाउने उद्घोष गर्नुभयो ।
उहाँले यस्तो धारणा प्रेस चौतारी नेपाल रोल्पाले शुक्रबार लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनुभएको हो । उहाँले पार्टीको अध्यक्ष एवम् संघीय सरकारको प्रधानमन्त्री खद्क प्रसाद शर्माले पार्टीको विधान विपरित र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको भावना विपरित असंवैधानिक कदम प्रतिनिधिसभा विघटन गरेर संवैधानिक संकट सिर्जना गरेको बताउनुभयो । तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा सञ्चालन भएको महान जनयुद्व र दोस्रो जनआन्दोन जंगमा संघीय लोकतान्त्रिक गणतन्त्र संविधान जारी भएको थियो तर, अहङकारी, स्वच्छेचारी, प्रतिगमनकारी ओलीले संघीय व्यवस्था धरापमा पारेको उहाँले बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र संविधानको संरक्षणका लागि नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र, नेपाली कांग्रेस पार्टीहरु जिम्मेवारी भूमिका निर्वाह गर्दै आएको उपाध्यक्ष ज्ञावलीले बताउनुभयो । उहाँले पार्टीको विधान विपरित सिंह दरबारमा बसेर विभिन्न निर्णयहरु सच्याएर गलति सुधार गरेको अवस्थामा मात्र ओलीलाई पार्टीको अध्यक्ष स्वीकार्न सक्ने धारणा व्यक्त गर्नुभयो । देशव्यापी नेकपा (एमाले) लाई सुदृढीकरण र विस्तार अभियान सञ्चालन भइरहेको अवस्थामा पार्टी विभाजन गर्ने माधव नेपाल समूहको योजना छैन तर, अध्यक्ष ओली समूहले दबाउँदै अगाडि बढेको अवस्थामा जस्तो सुकै कदम अगाडि बढाउने उहाँले उद्घोष गर्नुभयो । सुखी जनता समृद्ध नेपाल कम्युनिष्ट पार्टीहरुको अपरिहार्यता भएकोले कुन समयमा सबै कम्युनिष्ट पार्टीहरु एक हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) रोल्पा जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगर, सचिव ओमराज घर्तीमगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा अध्यक्ष नवीन रोका मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढा, निवर्तमान अध्यक्ष द्वोय मानसिंह विश्वकर्मा, महेश न्यौपाने, प्रेस संगठन नेपाल रोल्पाको संयोजक देवी गुरुङ, प्रेस युनियन रोल्पाको अध्यक्ष लोकेन्द्र चन्द, प्रगतिशिल पत्रकार संघको प्रतितिनिधि मिनराज रोका लगायत पत्रकारहरुको सहभागी थियो । प्रेस चौतारी नेपालको प्रतिनिधि भिम कुमार वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अनिता बुढामगरले गर्नुभएको थियो ।

You may also like