रोल्पा नगरप्रमुख सुरेन्द्र थापा घर्तीले अनौपचारिक अनुगमनमा तिव्रता


रोल्पा समाचारदाता
भाद्र २७ गते


रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीमगरले औपचारिक अनुगमन भन्दा अनौपचारिक अनुगमनमा जोड दिनुभएको छ । विहान, दिउसो, साँझ लगायत लिबाङ बजारमा विहानीको हिडाई होस् वा साझँको हिडाई नगरपालिकाबाट भइरहेका काम कार्यहरुलाई अनुगमन गर्नुभएको छ । औपचारिक भन्दा अनौपचारिक रुपमा अनुगन काम कार्यको चेकजाँच गरी अगाडि बढीरहनुभएको छ ।


बुधबार एक्कासी नेकपा (माओवादी केन्द्र) को कार्यालयमा बैठक सकेर रोल्पा नगरपालिकोका पहलमा शुरुवात गरिएको दुग्ध सहकारी केन्द्र (डेरी) मा प्रवेश गर्नुभयो । त्यस कार्यामा जिल्ला समन्वय सतिकिा प्रमुख सीता आचार्य र संविधान सभा सदस्य दिपक केसीलाई पनि सहभागी बनाउनुभयो । आकस्मिक रुपमा डेरीका कर्मचारीहरुसँग प्रश्न गर्नुभयो । अनौपचारिक सम्वाद यसरी शुरुवात भयो ।


—सुरेन्द्र थापा घर्तीमगर—आजकाल कति लिटर आउँछ ?
—कर्मचारीको जवाफ थियो, आजकाल २५० लिटरदेखि ३०० लिटरसम्म आउँछ ।
—सुरेन्द्र थापा घर्तीमगर बजारमा कति विक्री हुन्छ ?
—कर्मचारीको जवाफ थियो– १५० लिटरदेखि ३०० लिटरसम्म विक्री हुन्छ ?
—सुरेन्द्र थापा घर्तीमगर–अरुबाट के—के बनाउनु हुन्छ के छ छ गर्नुहुन्छ ?
कर्मचारीको जवाफ थियोः पनिर, ध्यू, छुर्पी लगायत बनाउँछाँै ।
—सुरेन्द्र थापा घर्तीमगर–नगरप्रमुखले अझैसम्म ठिकै छ यसको क्वालटी पनि ठिक छ ।
यसरी रोल्पाको लिबाङमा अस्मिता चिया पसलमा चिया खादा दुध कस्तो छ ? भनेर सोध्नुभयो । चिया पसललेको जवाफ ठिकै छ, राम्रो छ ।
सुरेन्द्र थापाको नेतृत्वमा फेरी यात्रा रोल्पा नगर पालिका ४ टुडिखेलदेखि कारागार, ओम शान्ति रोल्पा समाचारको बाटो निर्माणको बारेमा रिपोर्ट बुझ्नका लागि आफै फिल्डमा जानुभएको थियो । बाटो निर्माणको कामले तिव्रता पाएकोमा खुशी व्यक्त गर्नुभयो । सो सडक निर्माणका लागि बीचमा बाटो फराकिलो बनाउनको लागि कारागार र सरकारी वकिल कार्यालय आफै अनुगमन गर्नुभयो । सडक निर्माणलाई फराकिलो बनाउनको लागि कारागार कार्यालयका प्रमुख यामबहादुर केसीसँग भेटगाट गरी समन्वय गरी प्रमुख जिल्ला अधिकारी प्रमाण्ड घिमिरेलाई समेत स्थलबाट फोन गर्नभयो । प्रमुख जिल्ला अधिकारीले पनि आवश्यक समन्वय गरि सडक फराकिलो बनाउने कुरामा सकरात्मक प्रतिक्रिया दिनुभयो ।
पहिले सुन्दा रुखो जस्तै बोल्ने, र मानिने मनमा पाप नभएको भनेर सुपरिचत सुरेन्द्र थापा घर्तीमगर आजकाल यस्तै गरी जनसेवामा जोडिनु भएको छ । राजनीतिक हिसावले निकै सुझबुझका साथ निर्णय लिने सुरेन्द्र थापा घर्तीमगर सबैको कुरा प्राय सुन्ने र सुझाव ग्रहण गर्नु हुन्छ । सबै घटनालाई सुक्ष्म ढंगले अध्ययन गरी निर्णय दिन सक्ने भएकाले गर्दा स्थापित रोल्पाली राजनीतिमा आफ्नो छवि बनाउनुभएको छ ।
सुरेन्द्र थापा घर्तीमगरलाई जसरी संकटमा साथ दिने नेतृत्वको रुपमा जनताले बुझेका छन् । रोल्पा जिल्लामा आउने प्राय संकटमा उहाँलाई पनि सोधनी हुने गरेको जानकारहरु बताउँछन् । रोल्पा नगरपालिकाको जिम्मेवारीमा आएपछि कृषि र शिक्षा, स्वास्थ्यलाई बढी जोड दिनुभएको छ । उहाँ अन्य गाउँ गाउँमा जादा पनि जनताको बीचमा जाने र जनतासँग सहकार्य गर्ने स्वभाव भएका थापा घर्तीमगर औपचारिक काममा भन्दा अनौपचारिक छलफलमा बढी जानकारी हुने र काम गर्न सजिलो हुने तर्क सहित अनौपाचारिक रुपका सहकार्य, मित्रता, कामका छलफललाई तिव्रता दिनुभएको छ ।

You may also like