प्रोग्रेसिभ इन्जिनिरिङ एशोसियन नेपालको टदर्थ जिल्ला कार्य समिति गठन

प्रोग्रेसिभ इन्जिनिरिङ एशोसियन नेपालको टदर्थ जिल्ला कार्य समिति गठन
भाद्र २१ गते ।


प्रोग्रेसिभ इन्जिनिरिङ एशोसियसन नेपालको जिल्ला भेला शुक्रबार लिबाङमा सम्पन्न भएको छ । भेलाले मुक्तिराम कवरको अध्यक्षतामा नौं सदस्य जिल्ला कार्य समिति गठन भएको छ ।
यस भेलाको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले भन्नुभयो,‘इन्जिनियर धेरै हुनुहुन्छ । तर, तपाईहरु परिवर्तकारी इन्जिनियर भएको हुँदा नागरिकको भावना अनुसार अगाडि बढ्नुपर्छ । संघीय संरचना अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरिरेकोले यि सरकारहरुलाई सफल बनाउने जिम्मेवारी पनि इन्जिनियहरुको अग्रपंक्ति रहेको छ ।’ अर्का अतिथि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला सचिव हरि प्रसाद घर्तीले केही ठेकदारको वेवास्ताले धेरै योजनाहरु समयमा सम्पन्न नहुँदा विकासमा धेरै पछाडि परेका छौं । अब विगतका कार्यशैलिलाई परिवर्तन गरी अगाडि बढ्नुको कुनै विकल्प नभएकोले सोही अनुसार इन्जिनियरहरुले पनि भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्ण भूमिकाबाट नै समृद्धको दिशामा अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै, यस भेलाबाट प्रोग्रेसिभ इन्जिनिरिङ एशोसियन नेपाल जिल्ला कार्य समितिको सचिवमा सुरेश घर्ती, कोषध्यक्ष मीना योगी, सदस्यहरु पिताम्बर पुन, सन्तोष कुमार चौधरी, मदन भण्डारी, आशिष पौड्याल, ओमकार वली र अर्जनु श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

This image has an empty alt attribute; its file name is i2-1024x768.jpg

त्यस्तै, यस भेलामा विभिन्न कार्यालयहरुमा कार्यरत इन्जिनियरहरुको सहभागित थियो । प्रोग्रेसिभ इन्जिनिरिङ एशोसियन नेपाल प्रदेश नं. ५ कमिटीको उपाध्यक्ष रामधन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन प्रदेश कमिटी सदस्य सितल श्रेष्ठले गर्नुभएको थियो ।

You may also like