कोरोना सुपर पावर र ट्रमको बोलीको अडानमा ह्रास

लेखमणि खड्का
२० औं शताब्दीमा अन्तर्राष्ट्रिय दास प्रथाको अन्त्य तथा स्वतन्त्र सङ्ग्रामका महानायक नेल्सन मण्डेलाले एउटा सम्बादमा भनेका थिए “पश्चिमा गोराहरु बाहिरबाट हेर्दा जति श्वेत देखिन्छन, भित्री रूपमा उतिधेरै पापी छन् । हामी काला जाती (अस्वेत) हरु आदिम कालदेखी नै अफ्रिकाको भुमिपुत्र हौं । हामीसँग यथेष्ट भुमी, प्राकृतिक स्रोत साधन र स्वतन्त्रता थियो, सगसगै गरिबी पनि । यहि हाम्रो गरिबिलाई हतियार बनाएर गोराहरु हामीलाई सहयोग गर्न भनि आए । हामीलाई आँखा चिम्लन लगाए , ईमानदार हामी अस्वेतहरुले आँखा चिम्लियौ । गरिबी अन्त्यको लोभले उनिहरुले जसो जसो भने, आँखा चिम्लिएर हामीले पनि त्यसै त्यसै गरिरह्यौ । जब उनिहरुले अब आँखा खोल्न भने । हामीले आँखा खोलेर हेर्दा हाम्रो हातमा बाइबल थियो, उनीहरुको हातमा भुमी थियो । “नेल्सन मण्डेलाको यो भनाईले पश्चिमा गोराहरुको साम्राज्यवादी रणनीतिको पर्दाफास गर्छ । अफ्रिकाको भुमिमा त्यहाँका आदिबासी अस्वेतहरुमाथी गोराहरुले गरेको निर्मम धोका थियो त्यो । कालाहरुको भुमिमा गोराहरुको बाइबल आयो, अफ्रिकनको हातबाट भुमी पनि गुम्यो । परिणामतः त्यहाका आदिबासी धर्तिपुत्र अस्वेतहरु सदियौसम्म गोराहरुको दास बन्न बिबश बने । निकै कहालिलाग्दो दास जीवन जिउन बाध्य पारिए । मानवजातिको बिश्व इतिहासमा उपनिबेशबाट बन्धित रहि सबैभन्दा जर्जर जीवन बिताउन बाध्य पारिएका मानिसहरु अफ्रिकनमुलका काला जातिहरु नै थिए ।
पृष्ठभुमिमा उल्लेख गरिएको यो सन्दर्भले साम्राज्यवादको असली चरित्र र स्वाधीन राष्ट्रमाथिको धोकादारी हस्तक्षेप तथा आक्रमणको चित्र प्रष्ट्याउँछ । स्वाधीन र सार्बभौम मुलुकमाथि गरिने जालझेल पूर्ण षडयन्त्र तथा हातमा ललिपत देखाएर मुखमा कालकुट बिष पिलाउने साम्राज्यवादको विशेषता हो । स्वाधीनता, धर्म, सामाजिक बिशेषता, अर्थतन्त्र तथा आदिम भुमिमाथी घोषित अघोषित नियन्त्रण गरेर आफू अनुकूल ब्यबस्था चलाउनु नै अन्तर्राष्ट्रिय साम्राज्यवादका प्रमुख चरित्रहरु हुन । शक्ति र पुजिको एकीकृत गरि सारा भुमण्डल भरी आफ्नो पहुँच र शक्ति बिस्तार गर्नको लागि गरिने धोका ,छल र सैन्य तथा राजनैतिक हस्तक्षेप यसका मुख्य अस्त्रहरु हुन् । यहि छल र कपटपूर्ण रणनीतिमाथी बिजय प्राप्त गर्दै जादा दोस्रो बिश्वयुद्ध पछि, मुख्यतः सन १९५६ मा स्वेज नहरमाथिको बेलायती असफल हस्तक्षेपको परिणामस्वरूप अमेरिकाले महाशक्तिको ताज खोस्यो । दोस्रो बिश्वयुद्धले जबरजस्त एउटा अजिङ्ग सिंह जस्तो यु.एस.ए. नाउँको महाशक्ति जन्मायो । उसको शक्ति सामु सारा बिश्व त्राही त्राही भयो । हिटलरको पतन संगै पुरातन युरोपेली साम्राज्य पनि नयाँ उदाएको अमेरिकि महाशक्तिसँग एकागार भयो, जसले दुनियाँमा निगम पुजिबादलाई जन्माएर संसारभर शक्तिको व्यापार गर्न थाल्यो । यसैलाई उसले डेमोक्रेसीको नाउँ दियो । उसको विरुद्धमा जो बोल्यो, उसलाई ठाँउको ठाउँ श्रृङ्खलाबद्द समाप्त पार्दै गयो । उसका सुरुवाती तथा पछिल्ला जालझेल, षड्यन्त्र र छलछाम युक्त साम्राज्यवादी हस्तक्षेप र प्रहारका प्रतिनिधिमुलक श्रृङ्खलाहरु यस्ता रहे ।
१.सन १९४९ मा माओत्सेतुङको नेतृत्वमा चिनमा सन्चालित सर्बहारा साँस्कृतिक क्रान्तिले सफलता चुमे सगै तत्कालिक चिनको सत्तासिन कुमिङ्ताङ पार्टी र त्यसका नेता च्याङ काई सेक सत्ताच्युत भएर ताइवान निर्वासित भए । भर्खरै महाशक्तिको ताज पहिरिएको अमेरिका र उसका अनुयायी पश्चिमा गोराहरुलाई माओत्सेतुङको बिजय र च्याङ्काई सेकको पतन मन परेको थिएन । समाजबादी अर्थ ब्यबस्था र समानुपातिक बितरण प्रणालीको विरुद्धमा उदारीकरण र निगमपुजिबादको अभ्यासलाई बिश्वब्यापी बनाउदै लगेका पश्चिमाहरुको लागि चीन र माओत्सेतुङ ठूलो अबरोध बनेका थिए । जसरी तसरी कुनै पनि हालतमा साम्राज्यवादले चिनियाँ समाजबादलाई ढाल्न र नेतृत्वको बिलभिकरण गराउन चाहन्थ्यो । चिनको साँस्कृतिक क्रान्तिको सफलतापछि माओत्सेतुङ चीनका राष्ट्रपति र चाउ एनलाई प्रधानमन्त्री बने । माओत्सेतुङका मुख्य बिश्वासपात्र र बैकल्पिक नेतृत्व चाउ एनलाई नै थिए । दोस्रो बिश्वयुद्धको अन्त्य पछि बिट्रीस उपनिवेशबाट एसियाली तथा अफ्रिकि राष्ट्रहरु धमाधम उपनिबेश मुक्त हुँदै थिए । यहि क्रममा एसिया तथा अफ्रिकाका उपनिवेश मुक्त २५ राष्ट्रहरुको संयुक्त सम्मेलन सन १९५५ अप्रिल १८ देखि २४ सम्म इन्डोनेसियाको बाङ्दुङमा हुँदै थियो । जसमा चिनियाँ प्रधानमन्त्री चाउ एनलाई पनि उपस्थिति हुँदैथिए । चाउ एनलाई चिनबाट बाङ्दुङ ल्याउनकोलागि ११ अप्रिलमा “कास्मिर प्रीन्सेस” जहाज चार्टर गरि हङकङको काइटाक बिमानस्थल पठाइयो, जतिबेला हङकङ ब्रिटेन उपनिवेशमै थियो । पश्चिमा गोराहरुको गठजोरमा ताइवानमा निर्वासित जीवन बिताइरहेका च्याङ्काई सेकले चाउ एनलाईको हत्या योजना मिलाईसकेका थिए । उक्त चार्टर कास्मिर प्रीन्सेस जहाज, काइटाक विमानस्थलमा ओर्लिसकेपछी ताइवानी गुप्तचर “केएमटि” का एजेन्ट मार्फत तत्कालीन हङकङ एयरक्राफ्टका मेकानिकल इन्जिनियर चाउ टाइमिङले उक्त कास्मिर प्रीन्सेस जहाजको फ्युल ट्याङ्किमा टाइम बम फिट गरिसकेका थिए । तर संयोगले उक्त बिमानमा सवार हुने भनिएका प्रमुख ब्यक्ती चिनियाँ प्रधानमन्त्री चाउ एनलाई अन्तिम समयमा एपिन्डिसाइड भएर पेट दुखेको कारण राजधानी बेइजिङ्बाट काइटाक विमानस्थल आउन नसक्ने र वाङ्दुङ सम्मेलनको उपस्थितलाई रद्द गरिदिएको जानकारी दिइयो । चाउ एनलाई बाहेक अन्य चिनियाँ मण्डललाई लिएर सो जहाज पुर्ब निर्धारित समयमै उड्यो र इन्डोनेसियाको नातिना टापु नजिकै जाँदा बिस्फोट भएर समुद्रमा खस्यो । यस योजनामा हत्या गर्ने भनिएका प्रधानमन्त्री चाउ संयोगले अन्तिम समयमा पेट दुखेको कारण बाचे भने अन्य ११ जना चिनियाँ प्रतिनिधिहरुको भने मृत्यु भयो ।
२. दोस्रो बिश्वयुद्धपछि सारा बिश्व समाजबादी धार र पुजिबादी धारमा बिभक्त बन्यो । समाजबादी आन्दोलनको प्रतिनिधित्व चीन , क्युवा, भेनेजुयला , सोभियत संघ (भलै पछि सोभियत संघ विघटन भयो) ले गरे भने पुजिबादी ब्यबस्थाको प्रतिनिधित्व यु.एस.ए. , यु.के. लगायत अधिकाङ्स पश्चिमा राष्ट्रहरुले गरे । पृष्ठक्षेत्रका तेस्रो ध्रुवीय बिपन्न मुलुकहरु यिनिहरुको शीतयुद्धको चेपुवामा परि रहे । प्रायः राजनीतिका चतुर पुजिवादी खेलाडिको सामु समाजबादी मुलुकहरुले तृकडम गर्न जानेनन । परिणामतस् संसारमा समाजबादी कम्युनिस्टहरु रक्षात्मक अबस्थामा पुगे । यिनिहरुमा मुख्य कमजोरी के रह्यो भने, समाजवादी आन्दोलनको सफलता सगै कम्युनिस्टहरुले मुख्य नेतृत्व पछि बैकल्पिक नेतृत्व बिकास गर्न र नेतृत्व हस्तान्तरण गर्नमा परिपक्वता देखाएनन । फलतः सोभियत संघको बिघटन भयो भने प्रतिक्रान्ती पनि जन्मियो । पुजीवाद संसारभर जबर्जस्त हाबी हुँदै गयो । बिश्व साम्राज्यवादले समाजबादी आन्दोलनका लिडरहरुलाई जहाँ सकिन्छ, एक एक गर्दै सफाय गर्दैजाने रणनीति लियो । यहि क्रममा सन १९५५ मा कास्मिर प्रीन्सेस जहाज दुर्घटनाबाट जोगिएका चिनियाँ प्रधानमन्त्री चाउ एनलाई लाई भारतमा रहेको बेला खानामा मन्द बीष राखेर पुनः हत्या गर्ने असफल प्रयास गर्यो । क्युवाका समाजवादी नेता तथा राष्ट्रपति फिडेल क्यास्ट्रोलाई उनको जिवनकाल भर पटकपटक गरि ३१० पटक असफल हत्या प्रयास गर्यो । क्युवाले आज पनि अमेरिकाको नाकाबन्द ब्यहोरिरहेको छ र यहि अन्तर्रा्ष्ट्रिय नाकाबन्दीको बिच आत्मनिर्भर अर्थतन्त्रको मजबुत बिकास गर्न क्युवाको समाजबादी ब्यबस्था सफल भएको छ । साम्राज्यवादी हस्तक्षेपको सिलसिलामा भेनेजुयला माथिको असफल सैन्य आक्रमण र ह्युगो चावेजको उदय साम्राज्यवादीहरुलाई टाउको दुखाई बन्यो । समाजबादका प्रबक्तरहरुलाई सफाया गर्ने साम्राज्यवादी नीति चल्दै गयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका दार्श्निक तथा क्युवाको समाजबादी क्रान्तिमा क्यास्ट्रोको मुख्य सहयोगी बनेर लडेका योद्धा चे ग्वाभाराको बोलिभियामा गरिएको हत्या र पेरुको माओवादी आन्दोलनका अगुवा गोन्जालोलाई गिरफ्तार पछि आजीवन काराबासमा बन्धक बनाइदा अन्तर्रा्ष्ट्रिय सामाजबादी आन्दोलन रक्षात्मक अबस्थामा पुग्यो । अहिले पनि भेनेजुयलाका बर्तमान राष्ट्रपति मदुरोलाई गिरफ्तार गर्नेलाई डेढ करोड इनामदिने ट्रम्पको हालैको घोषणाले साम्राज्यवादी दादागिरी कतिसम्म नाङ्गो छ भन्ने प्रस्ट्याएको छ ।
३. २० औं शताब्दी भर समाजबादको पतनको निम्ति यस्ता थुप्रै साम्राज्यवादी आक्रमण र हस्तक्षेप बढ्दै गए । पछिल्लो समय साम्राज्यवादी हस्तक्षेप यसरी बढ्यो कि, समाजबादको पर्खाल ढाल्नको लागि मात्र होइन, आफुलाई मन नपर्ने मुलुकहरुलाई विभिन्न बहानामा आक्रमण गर्ने र सिध्याउने नीति अख्तियार गरियो । सन २००० को आसपास अमेरिकी डेमोक्र्याट राष्ट्रपति बिल क्वीन्टल ह्वाइटहाउसमा रहेको बेला अन्तर्रािष्र्टय आतंकवाद निमिट्यान्न पार्न भन्दै स्वतन्त्र अस्तित्वमा रहेर मुस्लिम सत्ता चलाईरहेको दक्षिण एसियायी राष्ट्र अफगानिस्तानमा आक्रमण गर्यो । तालिबानी सत्तालाई च्युत गरायो । बिसौ हजार अफगानिस्तानि नागरिकहरुको मृत्यु भयो । बिल क्विन्टनले खोजेको ओसामा बिन लादेनलाई न अमेरिकी फौजले भेट्यो, न त उसले भनेको आतंकवाद कै अन्त्य भयो । बरु अफगानिस्तान र त्यस वरपर रहेका मुस्लिम राष्ट्रहरुमा साम्प्रदायिक द्वन्दको बीउ रोप्यो । अफगानिस्तानमा कहिल्यै ननिभ्ने गृहयुद्धको आगो सल्क्यो । अफगानिस्तानको सामाजिक तथा आर्थिक बिकासको गति अबरुद्ध भयो । अहिले दक्षिण एसियाको मानव बिकास सुचाङ्कको सबभन्दा पुछारमा अफगानिस्तान छ ।
४. बिल क्विन्टनको कार्यकाल पछि क्विन्टनले बिगारेको पद्धति सुधार गर्ने भनी सन २००० पछि २००८ सम्म रिपब्लिकन उम्मेदवार जुनियर जर्ज डब्लु बुश दुई कार्यकाल अमेरिकाको राष्ट्रपतिको रूपमा राज गरे । उनको अन्तर्राष्ट्रिय सम्बन्धमाथीको रणनीति पनि बदलिएन । बिल क्विन्टनले अन्त्य गर्न नसकेको अन्तर्रा्ष्ट्रिय आतंकबादलाई आफुले साम्यपार्ने उदघोष गरे र उनको निशानामा पर्यो “इराक” । इराकमा आगो लगाए । तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई फासिमा झुण्ड्याय । दशौ हजार इराकी मारिए । शान्त र समृद्ध रहेको इराकमा द्वन्द जन्माए । आफू अनुकुलको सत्ता निर्माण गरि अमेरिकी सेनालाई स्थायित्व दिए । खासमा त्यो आतंकबाद अन्त्य गर्नुभन्दा पनि तेल माथिको हस्तक्षेप थियो ।
५. जर्ज डब्लु बुशको कार्यकाल पछि सन २००८ देखि २०१६ सम्म अमेरिकाको सत्ताको बगडोर डेमोक्र्यािर्टक उम्मेदवार बाराक ओबामाले सम्हाले । अब्राहम लिङ्कन पछिका अमेरिकी इतिहासमै दोस्रो अश्वेत राष्ट्रपति ओबामा अलिक बौद्धिक, कुटिल र योजनाकार मानिन्थे । उनको कार्यकालमा अमेरिकाको आर्थिक उत्पादन र जि.डि.पि. मा ठूलो परिवर्तन भएपनी अमेरिकी साम्राज्यवादी बिदेशनीतिमा कुनै परिबर्तन भएन । ओबामाको कार्यकालमा उनी आफैंले मध्यपुर्बमा द्वन्द र युद्धको आगो झोसे । त्यो आगोले सारा मध्यपुर्बलाई राजनैतिक रूपमा खरानी पार्यो । लिबियाका शासक “गद्दाफी” ले आत्मसमर्पण गर्दागर्दै पनि सडकमा चारीचारी गोलि हानेर मारे । त्यही सिलसिलामा दन्किएको सिरियाको आगोले झण्डै लाखौं मानिसलाई खाईसक्यो । तर निभ्ने छाटकाट छैन ।
६. यु.एस.ए. को संविधान अनुसार एउटा ब्यक्ति दुई कार्यकाल भन्दा बढि कार्यकारी हुन पाउदैन। तसर्थ ओबामाको दुई कार्यकाल पछि सन २०१६ मा बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट डेमोक्र्याट उम्मेदवार हिलारी क्विन्टनलाई पराजित गर्दै ह्वाइटहाउसको यात्रा तय गरे । बास्तवमा रियलस्टेड ब्यापारी ट्रम्प, राजनीतिज्ञ भन्दा पनि ब्यापारी बढ्ता थिए । उनको यो आफ्नो कार्यकालमा पनि बिदेशनितिलाई यथावत राखे । उत्तर कोरिया र इरान तिर आँखा गाडेका ट्रम्पले पछिल्लो समय उत्तर कोरियाबाट परिस्थितिजन्य कारणले गढेका आँखा पछाडी हटाई इरान तिर सोझ्याय । परिणामतस् पहिलो चरणमा दुई महिना अघि इरानी सेनापती “जनरल सुलेमानी” लाई ड्रोन आक्रमणमा पारी ठहरै पार्यो । इरानले आफ्ना सेनापती र बर्तमान इरानी राष्ट्रपति खुमेनि पछिका बैकल्पिक नेता मानिएका सुलेमानीको हत्यामा ३ दिने राष्ट्रिय शोक मनाएर अमेरिका विरुद्ध हत्याको बदला लिने घोषणा गर्यो । यो द्वन्दले चर्को रुपलिदै थियो तर यहि बिचमा चिनको हुवेइ प्रान्तको उहान सहरबाट उत्पति भएको कोभिड ज्ञढ भाइरसको चपेटामा स्वयं इरान, अमेरिका लगायत सारा बिश्व सङ्कटमा धकेलिदा इरान अमेरिका जुहारीले नयाँ रुप लियो । अचम्म त के भने, दोस्रो बिश्वयुद्ध पछि सारा दुनियाँभर एकछत्र शक्तिको राज गरेर तहल्का मच्चाउने, मिसाइल र ड्रोन बाट जसलाई चाह्यो त्यसैलाई निमिट्यान्न पार्ने महाशक्ति राष्ट्र अमेरिकाको त्यो महाशक्तिको घमण्डलाई, एउटा अत्यन्त सुक्ष्म ४ माइक्रोनको भाइरसले हायलकायल पारिदियो। उसको मिसाइल, ड्रोन र सुपरपावरले केही गर्न सकेन । अमेरिकामात्रै होइन, उसको एस म्यानको रूपमा रहेका सारा शक्तिशाली पश्चिमा युरोपेली राष्ट्रहरुसमेत कोभिड १९ सग त्राहित्राही बनेका छन । सयुक्त राज्य अमेरिका पनि कोभिड १९ लाई नियन्त्रण गर्न सकेको छैन र न्युयोर्क, क्यालिफोर्निया जस्ता ठूला र सम्पन्न सहरमा कोभिड १९ ले आफ्नो अस्तित्व खोज्दै आगो लगाएको छ । तसर्थ बर्तमान दुनियाँमा कोभिड १९ ले अमेरिकाको महाशक्तिको घमण्डको पर्खाललाई एकै झड्कामा भत्काईदिएको छ ।
अहिले कोभिड १९ को शक्ति यतिसम्म बलियो भैदियो कि समाजबादी किल्लाहरुलाई ढाल्न, टुटाउन र विघटनगर्न एकागार भएका बिश्व साम्राज्यवादको अबिचलित घुडापनि डगमगाएका छन । २० औं शताब्दी भन्दा अगाडि विश्व महाशक्तिको ताज पहिरिसकेका स्पेन र इटालीले कोभिड १९ सँगको युद्धमा आफ्नो नियन्त्रण गुमाएका छन भने ब्रिटेन, फ्रान्स, जर्मनी जस्ता कुनैबेलाका महाशक्तिहरु त्राही त्राही बनेका छन । कोभिड ज्ञढ को प्रसारलाई सुरुका केही दिनमा “चिनियाँ भाइरस” भनेर मजाक उडाउने रियलस्टेड ब्यापारी डोनाल्ड ट्रम्पले कोभिड १९ को शक्तिलाई केवल नजरअन्दाज मात्रै गरे, नियन्त्रणको पहल गरेनन् । आजको दिनसम्म आइपुग्दा कोभिड ज्ञढ बाट सङ्क्रमितहुनेहरुको ग्राफमा अमेरिकाले सबैलाई उछिनिसकेको छ र ट्रम्पको घमण्डलाई निस्तेज पार्ने मात्रै होइन, करिब साढे सात दशक देखि एकछत्र राज गरेर पाएको बिश्व महाशक्तिको ताज, अमेरिकाको हातबाट फुत्कने र त्यो उत्तर पुर्बी एसिया तिर सर्ने प्रबल सम्भावना बढ्दै गएको पनि देखिन्छ । यदि अमेरिकाको हातबाट यो शक्ति र पहुँच अन्तै सर्यो भने अमेरिकि पुस्ताहरुमा ट्रम्प एक कुरुप खलनायकको रूपमा चित्रित हुनेछन ।
जतिबेला उहानमा कोभिड १९ को उत्पती भएको र यो अत्यन्त घातक बिषाणु भएको कुरा चिनियाँ डाक्टरहरुले पुष्टि गरे, त्यतिबेला युरोप र अमेरिका बियर पार्टीमा ब्यस्त हुँदै ठट्टा गर्दै थिए । ट्रम्पले त कुटनैतिक मर्यादा नाघ्दै कोभिड १९ को अस्तित्व अस्वीकार गरि चिनियाँ भाइरसको संज्ञा दिए । निकै ठूलो संघर्षपछी चिनले कोभिड १९ सँगको निर्णायक र निर्बिकल्प लडाइँ स्वरुप पुर्णरुपमा लकडाउन गर्दा पश्चिमाहरुले आफ्नो देश लक डाउनको लागि नभएको भन्दै केवल बिजनेसलाई मात्रै जोड दिईरहे । जब युरोप र अमेरिका प्रवेश गरेको कोभिड १९ को आक्रमण, भुसको आगो झैँ पूरा युरोप र अमेरिका सम्म पुगेर दानवी रुप धारण गर्यो तब मात्रै पूरा युरोप अत्तालियो । यतिबेला सम्म चिनले भने कोभिड ज्ञढ सगको लामो संघर्षपछी जित हासिलको सुनिश्चितता प्राप्त गरिसकेको थियो । चिनको अनुभव अनुसार, युरोप र अमेरिकालाई पुर्ण लकडाउनगरि कोभिड १९ प्रसारणहुने चेन लाई ब्रेक गर्नुपर्ने सल्लाहलाई नजरअन्दाज गर्नु युरोप र अमेरिकालाई निकै भारी पर्यो । परिणाम स्वरुप इटाली र स्पेनमा दैनिक हजार मानिसहरु मरिरहेका छन भने सङ्क्रमितको ग्राफमा युएसए सबैभन्दा माथी देखिन्छ । इटालीका प्रधानमन्त्रीले कोभिड १९ सगको यो लडाइँ आफ्नो नियन्त्रण बाट टाढा गैसकेकोले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसग याचना गरेका छन भने पूरा युरोप भर अहिले लक डाउन (कर्फ्यु) जारी गरिएको अबस्था छ ।
युरोप लगायत सारा बिश्वलाई परेको यो महासङ्कट सग जुध्न प्रायः बिश्व समुदायले सपोर्टको आश गरेको एउटा जबर्जस्त मुलुक चाइना बनेको छ । कोभिड ज्ञढ लाई निकै लामो संघर्षपछी नियन्त्रणगर्न सफल हुनुको अनुभवले पनि चीन तर्फ सारा बिश्वको ध्यान तानिएको छ । बिश्व बजारमा कोभिड १९ सँग लड्न चिकित्सकिय सामानको करिब ९५ प्रतिशत हिस्सा चिनले पुर्ती गर्दैछ भने पहिलेकोभन्दा दस गुणा बढी उत्पादन बढाईरहेको छ । सारा युरोपलाई सङ्कट पर्दा सहयोगको हात दिने मुलुक चाइना बनेको छ । यहि सिलसिलामा कोभिड ज्ञढ बाट आक्रान्त मुलुक इटाली र सर्बियाले कोभिड ज्ञढ सग लड्न चिनको साथ मागे । सर्बियाका राष्ट्रपतिले त सार्बजनिक रुपमै कथित युरोपेली एकतालाई दन्त्यकथाको संज्ञा दिदै भने “हामीलाई बिपतको घडीमा कुनै देशले सहयोग गर्न सक्छ भने त्यो त्यो चीन मात्रै हो ।” चिनले टनका टन स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मिको ठूलो टिम सर्बिया, इटाली लगायत युरोपमा पठायो । चिनको स्वास्थ्यकर्मिको उक्त टोलीलाई सर्बियाका राष्ट्रपति स्वयं विमानस्थल पुगेर आफैंले सम्मान दिदै चिनको राष्ट्रिय झण्डालाई म्वाई खाए । उता अमेरिकामा मदुरोको टाउकोको मूल्य तोक्न डोनाल्ड ट्रम्प ब्यस्त भैरहदा इटालीलाई स्वास्थ्य सहयोग गर्ने पहिलो मुलुक पनि चाइना नै भयो । चाइना सगै क्युवाको डाक्टर र स्वास्थ्यकर्मिको टिम पनि इटाली आइपुग्यो । आजिवन अमेरिकी नाकबन्दी र शीतयुद्ध झेलेर उदायको दक्षिण अमेरिकी समाजबादी मुलुक क्युवा, चिकत्सकिय क्षेत्रमा सारा अमेरिकी प्रायदिप भरी निकै बलियो मानिन्छ । इटाली जाँदै गर्दा क्युवाको स्वास्थ्यकर्मिका कप्तानले भने “हामी फिल्मका हिरो होइनौं, हामीले छुदैमा कोरोना नियन्त्रण हुने । हामी पूजीवादी देशजस्ता भिलेन पनि होइनौं कोठामा बसेर मज्जा लिने । हामी क्रान्तिकारी हौं, त्यसैले केही जोखिम लिएर इटली पसेका छौं, कसैप्रति दया र कसैसितको रिसले होइन अन्तर्राष्ट्रियतावादी मानवतावादको आधारमा काम गर्ने छौं ।”
अन्ततः पुजीवादी ब्यबस्थाको आधार इलाकामा उसका मक्किएका पिलरहरुलाई जोगाउन रक्षाकवज बनेर चीन र क्युवा उसैको आगनमा उभिनुलाई राजनीतिक अर्थमा बिशेष नजरले हेरिन्छ । सारा युरोपको ठुल्दाई अमेरिका र ट्रम्पको आफ्नै सन्काहापनले कोभिड १९ लाई कमजोर आकेर यो बिपत्तिलाई चाइनामाथी प्रहारगर्ने हतियारको रूपमा प्रयोग गर्न खोज्दा बिश्व समुदायको साथ पाउन नसक्नु, उता अमेरिका आफैं पनि कोभिड १९ को सबैभन्दा उच्च जोखिममा पर्नु र यता चिनले कोभिड १९ सँगको युद्धमा सफलता प्राप्त गरेसगै सारा बिश्व र विशेषगरि युरोपको प्रमुख सारथि बन्नु अबको महाशक्तिको ताज चीन तर्फ सोझिने प्रारम्भिक सङ्केत हुनसक्छन् । हाल कोभिड १९ को नियन्त्रण सगै बिश्व बजारमा चिनको एकछत्र प्रभुत्व बिस्तार हुनु र उता अमेरिकामा ३३ लाख रोजगारी कटौतिहुनु पनि चाइनाको उदयको लागि द्वार हुनसक्छ । गतबर्षको बिश्वको औसत आर्थिक वृद्धिदर ३ प्रतिशत भएकोमा चालू बर्ष २०२० मा बिश्वभर कोभिड १९ ले ल्याएको प्रभावले आर्थिक वृद्धिदर कम्तिमा आधाले घटेर १.५ प्रतिशत हुने अनुमान गरिएको र यो महामारीको प्रभाव अझै लामो समय टिकेको अबस्थामा अझै घटेर ०.५ प्रतिशतमा खुम्चने प्रक्षेपण आईएमएफले गरेको अबस्थामा अमेरिकामा रोजगारी कटौती र चाइनाको आक्रमक बजार बिस्तारले चिनको शक्तिमान बाटो फराकिलो भएको सङ्केत गर्छ । बिश्वका पुर्ब परिघटनाहरुलाई हेर्ने हो भने राजनीतिक, सामरिक वा प्राकृतिक यस्तै महाबिपत्तिको क्रममा लिईने रणनैतिक निर्णयहरुको दुरगामी प्रभावको कारण नै शक्तिको फेरबदल हुने गरेको पाईन्छ । दोस्रो बिश्वयुद्धमा गरिएको आणविक शक्तिको बिकास र प्रयोगबाट सर्बशक्तिमान बनेको अमेरिकी शक्ति र अर्थतन्त्रलाई कोभिड ज्ञढ ले परास्त गर्ने अबस्थामा त्यसको स्टेरिङ्ग चाइनाले ह्याण्डलिङ गर्नसक्छ । युरोप र अमेरिकामा सङ्कट गहिरिदैजादा, सामारिक दृष्टिले महत्वपूर्ण उक्त ठाउँमा निर्बिकल्प सहयोगी बनेर भएको चाइनाको उपस्तिथि त्यसको प्रारम्भिक बिन्दु हुनसक्छ । यसको अर्को अर्थ के पनि हुनसक्छ भने, निगम पुजीवाद र बिश्वब्यापिकरणले जन्माएको बर्गिय खाडल र बिभेदलाई निर्मुलपार्न समानतामा अधारित समाजबाद अबको बिकल्प हो भन्ने । महाशक्तिको ताज पहिरिए सगै उसबाट भएका छल, कपट र धोकापुर्ण राजनीति तथा हस्तक्षेप अबको युगमा बस्तुसङ्गत हुन सक्दैनन् । यस अबस्थामा कोभिड ज्ञढ सग पराजित अमेरिकाका भुत्ता मिसाईल र ड्रोनहरुबाट विश्व जगतले ब्यहोरेको क्षतिको प्रतिहिसाव पीडित राष्ट्रहरुले लेखाजोखा पक्कै गर्नेछन । कोभिड १९ सँग लड्नको लागि बिश्व समुदाय एक हुन बिश्व स्वास्थ्य सङ्गठनले गरेको आग्रहबाट पछि हटेका ट्रम्प, अन्ततः २७ मार्चका दिन चिनियाँ राष्ट्रपति सि जिङ्ग पिङ्ग सग टेलिफोन बार्तागरी मिलेर अगाडि जान तयार रहेको कुरालाई आफैंले ट्विट मार्फत सार्बजनिक गर्नुले आफ्नो हठबाट पछि हटेको सत्यलाई जनाउँछ । राजनैतिक रूपमा यसलाई अघोषित आत्मसमर्पणको रूपमा बुझ्न सकिन्छ । कोभिड १९ सँग लड्नकालागी यदि भोलिका दिनमा ट्रम्पले अमेरिकामा लकडाउन घोषणा गरे भने त्यसलाई अनौठो नमाने हुन्छ । यो महासङ्कटको समयमा ह्वाइटहाउसले चाल्ने कदम र उसका बिदेश नितिका कमजोरीहरु बेजिङ्गकालागी मुख्य हतियार हुनसक्छन् । प्रत्येक महासङ्कटले नयाँ सम्भावना जन्माउने हुँदा, कोभिड १९ को लडाइँले सुपर पावरको ताज एटलान्टिक सागरपारीबाट हिमालय पारी तिर सर्यो भने हामी नेपालीले पनि किन नाक नफुलाउने ? किनभने पल्लोघर छिमेकीको घरमा चल्ने बिहे पार्टीको बासना ओल्लोघरमा सजिलै आउँछ ।

You may also like