वीर बलभन्द्र माध्यमिक विद्यालय थबाङमा अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७७

वीर बलभन्द्र माध्यमिक विद्यालय थबाङमा अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७७
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा


रोल्पा, थबाङ गाउँपालिका १ नं. वडा वीर बलभन्द्र माध्यमिक विद्यालयमा ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड–२०७७ विविध खेलकुद प्रतियोगितामा १७ गते उद्घाटनको तयारी गाउँपालिकाले गरेको छ ।
प्रतियोगितामा गाउँपालिका स्थित तोकिएका सामुदायिक तथा संस्थागत विद्यालयहरु सहभागी हुने भएका छन् । थबाङ गाउँपालिकाको आयोजना तथा वीर बलभद्र माध्यमिक विद्यालयको व्यवस्थापन तथा संयोजनमा १७ गतेदेखि सञ्चालनको तयारी गाउँपालिकाले गरेको छ । कार्यक्रममा समावेश खेलकुदहरु भलिबल छात्रा÷छात्र, एथ्लेटिक्स छात्र–१ सय मि, २ सय मि, ४ सय मि, ८ सय मि, १ हजार ५ सय मि, ३ हजार मि, ४ हजार १ सय मि रिले, ४ हजार ४ सय मि रिले, छात्रा– १ सय मि, २ सय मि, ४ सय मि, ८ मि, १ हजार ५ सय मि, ३ हजार मि, ४ हजार १ सय मि रिले, ४ हजार ४ सय मि रिले, फिल्ड छात्र– हाइजम्प, लङ्जम्प, त्रिपलजम्प, ज्यावलिन थ्रो, सटपट, छात्रा– हाइजम्, लङजम्प, त्रिपलजम्प, ज्यावलिन थ्रो, सटपट, मार्सल÷तेक्वान्दो– छात्र ग्४५ के.जी, ग् ४८ के.जी, ग्५१ के.जी, छात्रा– ग्४२ के.जी, ग्४४ के.जी, ग्४६ के.जी, आधारभूत तहको लागि ६–८ भलिबल छात्रा÷छात्र, क्वड्डी छात्रा÷छात्र, हाजिरीजवाफ आयोजना गरेको गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटनको दिन १ र २ नं. वडा स्थित सहभागी विद्यालयका सबै विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई उपस्थितिका लागि गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
त्यसैगरी प्रतियोगिता आयोजकले विभिन्न किसिमका नियमहरु पनि निर्धारण गरेको छ । तोकिएका सबै विद्यालय अनिवार्य रुपमा सहभागी हुनुपर्ने छ, सहभागिहरु विद्यालयको पोशाकमा हुनुपर्ने छ, सहभागिहरु विद्यालयको र राष्ट्रिय झण्डाको साथ हुनुपर्ने छ, खेलाडीहरु खेल पोशाकमा हुनुपर्ने छ, भलिबल खेलमा सहभागी संख्या नौं जना हुनुपर्ने छ, भलिबल खेल नक आउट सिस्टम अनुसार खेलाइने छ, खेल अवधिभर कुनै विवाद आएमा आयोजकको निर्णय अन्तिम हुनेछ, प्रत्येक इभेन्टमा सहभागी हुने खेलाडीको फाराम प्रधानाध्यापकले प्रभाणित गरी सिफारिस गरिएको हुुनुपर्ने छ, सहभागीहरुको उमेर १८ वर्ष पूरा नभएको हुनुपर्ने छ, भलिबल र क्वड्डी बाहेक खेलमा एक विद्यालयले ३ जना भन्दा बढी खेलाडी सहभागी गराउन पाइने छैन, विद्यार्थीको साथमा कम्तिमा १ जना शिक्षक अनिवार्य हुनुपर्ने छ, तेक्वान्दो र क्वड्डी खेलामा सहभागीको लागि अभिभावकको मञ्जुरी हुनुपर्ने छ, हाजिरीजवाफमा सहभागी विद्यालयबाट कम्तिमा एक जना छात्र सहित तीन जना सहभागी हुनुपर्ने छ, क्वाड्डी खेलमा ११ जना हुनुपर्ने छ, सहभागी विद्यालयहरुको परिचयपत्र सहित हुनुपर्ने छ । सुनिता महतारा ९८४३८९७७७३, ९८१०९१४३७७, कुल बहादुर वली ९८४९०४२७६० र विद्यालय व्यवस्थापन समिति अध्यक्ष उद्य घर्तीसँग सम्पर्क गर्न आयोजकले अनुरोध गरेको गाउँपालिका प्रेस संयोजक विमलराज डाँगीले बताउनुभयो ।

You may also like